नेपालको विकासमा गैर आवासीय नेपालीको भूमिका

नेपाल भन्दा बाहिर बसेका नेपालीलाई गैर आवासीय नेपाली भनिन्छ। नेपालको संविधानको धारा १४ ले सार्क मुलुक बाहेकका देशको नागरिकता लिएका नेपाली नागरिकलाई गैर आवासीय नेपाली नागरिक मानेको देखिन्छ।यस प्रकार नेपालका नगरिक २ प्रकारका हुने देखियो, एक, नेपाल भित्र बसोबास गर्ने आवासीय नागरिक र अर्को नेपालको सीमाना बाहिर बस्ने गैर आवासीय नेपाली नागरिक। झण्डै एक करोड नेपालीहरू गैर आवासीय रूपमा विदेशमा रहेको अनुमान छ। यसरी विदेशिने मध्ये अधिकांश देशमा बेरोजगार भएको हुनाले विदेशिएका छन् भने त्यसै गरी अध्ययन र प्राविधिक सीप आर्जन गर्न विदेशिनेको संख्या समेत उल्लेख्य रहेको छ। आफूले आर्जन गरेको सीप र ज्ञानको उपयोग नेपाल मै गर्न सक्ने वातावरण बनेको भए यस्ता नेपाली नेपाल मै फर्कने थिए तर यस्तो वातावरण नभएका कारण उनीहरू उतै बसेर आफूले सिकेको ज्ञान र सीपलाई त्यतै ब्यबसायमा परिणत गर्न थाले ।

बिज्ञापन

यस्तो परिवेशले वर्षेनी बढोत्तरी पाउदै गरेका कारण यसरी विदेशिने नेपालीको संख्या क्रमशः बृद्धी हुदै गयो र नेपालमा Brain Drain को समस्या थपिदै गयो। नेपालमा बौद्धिक पलायनताको समस्या यति बिकराल हुदै गयो कि यहा प्राविधिक जन शक्तिको मात्र हैन राजनीतिक जनशक्तिको समेत खडेरी पर्न थाल्यो। पढे लेखेका नेपाली नेपालमा रहन सक्ने वातावरण देखिएन, आर्यघाटमा पुग्ने उमेरकाले सरकार र राष्ट्रको जिम्मेवारी लिनु पर्ने स्थिति देखियो। देशको ब्यापार अत्यधिक घाटामा जान थाल्यो, राज्यको ढिकुटी खाली हुन थाल्यो, आन्तरिक आयले राज्यको प्रशासनिक खर्च धान्न मुस्किल हुन थाल्यो। विकास निर्माणका कामहरूले कार्यरूप पाउन सकेनन्। वैदेशिक लगानीहरू क्रमशः घट्न थाले। राज्य र यसका अंगहरूमा सुशासन र पारदर्शिताको अभाव रहन गयो। वैदेशिक सहयोगहरूमा औपनिवेशिक लक्षणहरू देखिन थाले। मुलुकको अर्थतन्त्र विप्रेषणमा आधारित हुन थाल्यो। यसरी देशको विकास निर्माणमा लागानीको अभाव हुन थाल्यो ।

बिज्ञापन

लगानीकर्ताहरू चाहे स्वदेशी हुन वा विदेशी सबैलाई आफ्नो लगानी सुरक्षित होस् भन्ने अपेक्षा हुन्छ। त्यस्तो वातावरण बनाउने प्रयास सरकारले गरेको होला तर यस्तो वातावरणबाट लगानीकर्ताहरू ढुक्क हुन सकेको पाईएन। देशको विकासमा निजी क्षेत्र ढुक्क भएर लगानी गर्न सक्ने वातावरण एका तिर छैन भने देशमा प्राविधिक जनशक्तिको समेत प्रसस्त अभाव रहेको तथ्य अर्को तिर छर्लंग छ। यस्तो अबस्थामा नेपाललाई नाफा कमाएर पलायन हुने हैन कि नेपालको सुख दुःखमा साथ दिने किसिमको लगानीकर्ता चाहिन्छ। यही तथ्यलाई दृष्टिगत गरेर नेपालका संविधान निर्माताले नेपालको संविधानमा गैर आवासीय नेपालीलाई नेपाल भित्र्याउन गैर आवासीय नेपाली नागरिकताको प्रावधान राखेको हुनु पर्छ। हाम्रो छिमेकी देश भारतले गैर भारतीय नागरिकहरुलाई आफ्नो देशको विकास निर्माणमा गरेको उपयोग फलदायी भएको पाईएको छ। भारतले गैर आवासीय भारतीयको माध्यमबाट आफ्नो देशको Startup business, Remittances, Medicine, Technology, Research ,Artificial Intelligence, IT and Innovation , Think Tanks and Advisory Role, Cultural and Social Development जस्ता क्षेत्रमा सहयोग लिएको छ। यसरी सहयोग लिनका लागि NRIs को निम्ति अनुकूल वातावरण बनाई दिएको पनि पाईन्छ। यस किसिमको ब्यबस्था भारतले मात्र हैन , विश्वका अन्य देशहरूले पनि अबलम्बन गरेका छन् । Globalization को अशर विश्वव्यापी रहेको सन्दर्भमा गैर आवासीय नागरिकहरूको भूमिका सर्वत्र बढेको पाईन्छ। यही अवधारणालाई दृष्टिगत गरेर नेपालले पनि संविधान मै आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार समेतको गैर आवासीय नेपाली नागरिकता दिने प्रावधान राखेको हो तर संविधान द्वारा प्रदत्त यी अधिकारमा समेत संकूचन आउने गरी वर्तमान सरकारले सम्बन्धित ऐन नियममा संशोधन गरेको पाईन्छ ।

नेपालको विकासमा गैर आवासीय नेपालीको सहयोग लिन खोजिएको हो भने उनीहरूलाई संविधानले दिएका अधिकारहरूमा if, but, commas राख्नुको औचित्य छैन। आफू वा आफ्ना अग्रज जन्मेको मातृभूमि जन्म दिने आमा सरह हुन्। त्यहाबाट विदेशिनु पर्दाको पींडा हरेक नागरिकले एयर पोर्टमा देखाउने मलिन अनुहार, घांटीको कुण्ठामा लुकाएर आएका हुन्छन्। स्वदेशमा अडिन पाएको भए यस्तो मलिन अनुहार लिएर विदेशिनु पर्ने थिएन होला। हाम्रा विधि निर्माताले यो परिस्थितिलाई अनदेखा गरी वाध्यतावस विदेशिनु परेका नेपालीहरूलाई कथित अछूतको कोटीमा राख्न खोज्दैछन्। गैर आवासीय नेपालीहरूका विषयमा संविधानमा उल्लेखित भावना र मर्मको विपरित नागरिकता ऐन, अध्यागमन ऐन समेतमा परिमार्जन गरेका छन्। नेपालको संविधानको धारा १८(१) मा सबै नागरिक कानूनको दृष्टिमा समान हुने कुरा स्पष्ट हुदा हुदै राज्यले आवासीय र गैर आवासीय नेपाली नागरिक उपर विभेद गरेको पाईन्छ। सरकारले हालै अध्यादेश मार्फत संशोधन गरेका ऐनमा गैर आवासीय नेपाली नागरिकहरूलाई नेपाल प्रवेश गर्दा प्रवेश आज्ञा (Visa) लिनु पर्ने ब्यबस्थाले संवैधानिक हकलाई Chalanges गरेको पाईन्छ। यसरी नेपालीलाई नेपाल प्रवेश गर्दा मूल ढोका मै भित्रबाट चुकूल लगाउने सरकारी प्रवृत्तिले गैर आवासीय नेपाली उपर हेर्ने सरकारी रवैया सकारात्मक देखिदैन।

बिज्ञापन

सरकारको सोचाइमा विदेश गएका नेपाली नेपालमा रहे बसे भने आफ्नो कमी कमजोरी अझै उदांगिने डर सरकारमा बसेकाहरूलाई भए जस्तो बुझिन्छ। त्यसैले उनीहरू नेपालमा स्थायी रूपमा वसोवास गरेर नेपालको विकास निर्माणमा लागी रहुन भन्ने सोचबाट सरकार परै रहेको देखिन्छ। गैर आवासीय नेपालीलाई राजनीतिक अधिकार नदिएको भए पनि नेपालको राजनीतिमा समेत गैर आवासीय नेपालीहरूको परोक्ष प्रभाव परेको दृश्य गएको चुनावमा देखियो र आगामी दिनमा समेत यो प्रभाव अझै बढ्ने निश्चित छ। यसबाट पुराना नेता र दलहरू पक्कै झस्किएको हुनु पर्छ। यही कारणले सरकारमा हाल रहेकाहरू गैर आवासीय नेपालीहरू उपर उदार नदेखिएका हुन सक्छन् तर उनीहरूमा देखिएको यस प्रकारको शंका उपशंकाले नेपाल र नेपालीको कदापि भलो गर्दैन। त्यसैले नेपालको आर्थिक विकासमा गैर आवासीय नेपालीको भूमिकालाई ठोस रूपमा अगाडि बढाउनुको बिकल्प देखिदैन।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रीका स्वकीयका अगाडि सचिव र सहसचिव निरिह

२० भदौंभित्र सहसचिव र उपसचिव पदको माग आकृति फाराम पठाउन सामान्यको परिपत्र

मन्त्री न्यौपाने भन्छिन्ः अब एक वर्ष नपुग्दै कसैको सरुवा हुँदैन

‘अब एक वर्ष दिन नपुगी कुनै कर्मचारीको सरुवा हुँदैन’ : मन्त्री न्यौपाने

भ्रष्टाचार मुद्धामा मुख्य सचिवलाई उन्मुक्ति दिएको भन्दै सर्वाेच्च पुग्यो अख्तियार

“नाडा अटो शोमा फ्लाइङ कारको नाममा ड्रोन देखाएर ठगी, पूर्वसचिव उपाध्यायको टिप्पणी

दुई मन्त्री हेरफेर गर्ने तयारी,नयाँ नाम प्रधानमन्त्रीको गोजीमा

निजामती पुरस्कारमा ‘स्वार्थको द्धन्द’ : इमान्दार वञ्चित, नजिकका पुरस्कृत

बिशेष