जोमसोमको प्रशासन कार्यालयमा आगलागी, एक घाइते

जिल्ला प्रशासन कार्यालय मुस्ताङको आवासगृहमा आज बिहान आगलागी हुँदा एक जना घाइते भएका छन् । जोमसोमस्थित प्रशासन कार्यालयको पुरानो भवनमा आगलागी हुँदा प्रमुख जिल्ला अधिकारीका सुरक्षागार्ड प्रहरी हवल्दार खेमप्रसाद तिवारी घाइते भएका हुन्।

बिज्ञापन

हात र औलामा आगोले पोलेर घाइते भएका तिवारीलाई उपचारका लागि पोखरा पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीले बताए। उनका अनुसार तिवारीको अवस्था खतरामुक्त छ । हवल्दार तिवारी सुत्ने कोठा र त्यहाँ रहेका सामग्री जलेर नष्ट भएका छन् ।

बिज्ञापन

तिवारी आगलागी भएपछि झ्यालबाट हाम फालेर बाहिर निस्कनु भएको थियो । प्रहरी, कर्मचारी र स्थानीयवासीले आगलागीलाई नियन्त्रणमा लिएका थिए । विद्युत् चुहावटका कारण आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको सहायक प्रजिअ सुवेदीले बताए।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

आचारसंहिता लाग्नु अघि सिंहदरबारमा मध्यरातीसम्म काम : अगाडि बढ्यो महाप्रवन्धक नियुक्ति प्रक्रिया

प्रधानमन्त्री रोजगार कार्यक्रम खारेज

खेलकुद मन्त्रीले बुझाए राजीनामा,सञ्चारमन्त्री छलफलमै

यूएईका श्रम काउन्सेलर सिंहदरबार फिर्ता,नयाँ नियुक्तिका लागि मन्त्रालयले माग्यो आवेदन

५८ शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस

निर्वाचन आचारसंहिता लागू : सरकारी नियुक्ति सरुवा, बढुवामा आजदेखि लगाम

आठ सहसचिवहरुको सरुवा

८ सहसचिवहरूको सरुवा

बिशेष