दश सचिवको सरुवा :- पर्यटन ताकेका पुष्कर श्रममा,सामान्यमा भित्रिए पन्थ

सरकारले दश  जना सचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ ।
गत शुक्रवार राती बसेको क्याविनेट बैठकले विभिन्न मन्त्रालयमा कार्यरत सचिवहरुको जिम्मेवारी हेरफेर गरेको हो । जसमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव भरतमणि सुवेदीलाई निर्वाचन आयोगमा पठाएर त्यहाँका सचिव रविलाल पन्थलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ल्याएको छ । पछिल्लो समय मन्त्री राजकुमार गुप्तासँग सम्बन्ध विग्रिएको थियो सुवेदीको । मन्त्री र सचिवबीच बोलाचल नै बन्द भएको स्थिति थियो ।
पन्थ २०६९ साल फागुनमा सहसचिव बनेका रविलाल २०७८ असोजमा सचिवमा बढुवा भएका थिए। भाइ सचिव बनेको ३ वर्षपछि दाजु महादेव सचिवमा बढुवा भएर प्रदेशतिर पठाइएको थियो । यो लटमा उनको पनि सरुवा भएको छ ।

बिज्ञापन

यस्तै सधै छानेर राम्रा मन्त्रालयमा जाने कर्मचारीको परिचय बनाएका कृष्णहरि पुष्कर अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट पर्यटन मन्त्रालयतिर जान जोडबल गरिरहेका थिए तर उनलाई पर्यटनमा लैजान मन्त्री बद्री पाण्डे सकरात्मक नहुँदा मधेसका सदाबहार मन्त्री शरदसिंङ भण्डारीले सम्हालेको श्रममा पुर्याइएको छ । पुष्कर अहिले प्रधानमन्त्री कार्यालयको सुशासन र सुरक्षा हेर्ने जिम्मेवारीमा थिए ।
यस अघि बैकुण्ठ अर्याल मुख्यसचिव दाहिने हुँदा उपराष्ट्रपति कार्यालयमा दुई दिनमात्र हाजिर गरेर श्रमतिर पुगेका मुकुन्द निरौलालाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा थन्काइएको छ । यस्तै
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा महालेखा नियन्त्रक कार्यालयका सचिव विनोदप्रकाश सिंहलाई पठाइएको छ भने त्यहाँका डा गणेशप्रसाद पाण्डेलाई महालेखा नियन्त्रकमा पठाइएको छ ।
गत साउनमा उपराष्ट्रपति कार्यालयमा पुगेकी लक्ष्मीकुमारी बस्नेतलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा खटाइएको छ । मुख्य सचिवबाट रिङ आउट भएका सचिव दिनेश भट्टराईलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको बताइएको छ। यस्तै वागमती प्रदेशका प्रदेश प्रमुख सचिव डा हरिप्रसाद लम्साल र महादेव पन्थलाई सरुवा गरिएको जनाइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पूरानाले शुरु,नयाँलाई जस

२२ जना अधिकृतहरुको सरुवा

विद्युतीय सवारी र भेप तस्करी बारे छानबिन गर्न उपसचिवको संयोजकत्वमा चार सदस्यीय समिति

बीवाईडी प्रकरणमा नयाँ नाम : उत्तरी नाकाका प्रभावशाली क्यारिङ व्यवसायी उद्धव राउतको भूमिकामाथि पनि चासो

कर्मचारीहरुको अध्ययन बिदा र विदेश भ्रमणमा एकरुपता कायम गरिँदै

तस्करीको हब बन्दै कोरला भन्सार,अनुसन्धानको राडारमा दर्जनौं कर्मचारी

प्रमुख प्रशासकीय माथि कार्यकक्षमै दुर्व्यवहार, कर्मचारीद्धारा भर्त्सना

बजेटअघि कर हेरफेरको सूचना चुहिएको आशंका : सशस्त्र प्रहरीद्वारा ७७५ बीवाईडी गाडी नियन्त्रणमा

बिशेष