सामान्यको बरण्डामा अझैं डेढ दर्जन कर्मचारी,प्रधानमन्त्री कार्यालयको निर्देशनकै अवज्ञा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अझैं डेढ दर्जन कर्मचारीको व्यवस्थापन गर्न सकेको छैन । मन्त्रालयले १२ उपसचिवसहित अधिकृत स्तरका ६ कर्मचारीहरुलाई अझैं जिम्मेवारी दिन नसकेको हो ।

बिज्ञापन

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई तीन दिनभित्र कर्मचारी व्यवस्थापन मिलाउन निर्देशन दिएको भए पनि यो बीचमा मन्त्रालयले ३० उपसचिव र २२ अधिकृतहरुको सरुवा तथा पदस्थापन गरेको थियो ।
यद्यपि अझैं मन्त्रालयले १२ जना उपसचिवलाई बरण्डामा राखिरहेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार,अझैं उपसचिव तहका ज्ञानराज लम्साल, सुमन अधिकारी, डिल्लीराम बेलवासे, लीला बल्लभ न्यौपाने, हरिप्रसाद चापागाई, कृष्णप्रसाद सुवेदी, पदम बजगाईं, बिमलप्रसाद बराल,ध्रुव गिरी, गणेशप्रसाद अर्याल, गंगाधर पौडेल लगायतका उपसचिवहरु बरण्डामा राखिएको छ । यस्तै रमेश नेपाल, राजन घिमिरे, गणेशचन्द्र मिश्र, ध्रुव खनाल, डिल्ली राम पन्थीहरु अझैं पनि बरण्डामा छन् ।

बिज्ञापन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका शासकीय सुधार महाशाखाका सहसचिव किरण रूपाखेतीले हस्ताक्षर गरेको पत्रमा भनिएको थियो स्वीकृत भएबमोजिमको पद र श्रेणीको कर्मचारीको पदस्थापन नगरी त्योभन्दा तल्लो श्रेणी र पदका कर्मचारीलाई जिम्मेवारी दिएर काम गराउने प्रवृत्ति बढ्दै गएको छ,’ प्रधानमन्त्री कार्यालयका भनिएको छ ।तीन दिनभित्र कर्मचारी व्यवस्थापन गरिसक्न र उक्त व्यवस्थापन भए नभएको अनुगमन गरी चौथो दिन प्रतिवेदन पेस गर्न केन्द्रलाई लिखित रूपमै कार्यार्थ दिइएको भए पनि अझैं बरण्डामा रहेका सबै कर्मचारीको व्यवस्थापन गर्न नसकेको हो मन्त्रालयले ।
मन्त्रालयले उपसचिव र शाखा अधिकृत गरी ५२ कर्मचारी खटन पटन गर्दा जम्मा ९ जना अधिकृतहरुलाई मात्र स्थानीय तहमा खटाइएको छ । मन्त्रालयका अनुसार अझैं पनि २५० बढी स्थानीय तह निमित्तकै भरमा चलिरहेको छ । मन्त्रालयका अनुसार उपसचिव तहको दरबन्दी रहेका १३२ स्थानीय तहमा अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृत बनाइएको छ भने ११८ वटा गाउँपालिकामा निमित्तकै भरमा चलिरहेको छ । यस्तै सहसचिवको दरबन्दी रहेको ११ वटा उपमहानगरपालिकामध्ये १० वटामा प्रमुख प्रशासकीय अधिकृत पद रिक्त छन् । पछिल्लो समय मन्त्रालयमा निमित्त हाकिम राख्ने खेतीपाती चलिरहेको बताइन्छ । जस्तो सर्लाहीको हरिपुर नगरपालिकाको कार्यालयमा तीन महिनादेखि प्रमुखविहीन छन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले करिब तीन महिनाअघि प्रमुख प्रशासकीय अधिकृत उपसचिव ओमप्रकाश महतोको सरुवा भयो । सरुवा भएपछि कसैलाई खटाएन । सर्लाहीका सङघीय सांसद रामप्रकाश चौधरीले आफ्नो क्षेत्रको नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पठाउन तीन महिनादेखि सङघीय मन्त्री राजकुमार गुप्तालाई भन्दै आए पनि कहिले मन्त्रालयको सचिव बहाना त कहिले फाँटवाला कर्मचारीको बहाना देखाएर जिम्मेवारीबाट पन्छिने गरेका छन् । गढीमाई नगरपालिका रौतहटमा प्रमुख प्रशासकीय अधिकृत पनि तीन महिनादेखि प्रमुखविहीन बनेको छ । नेपाली कांग्रेस मधेस प्रदेश सभापति कृष्णप्रसाद यादवको नगरपालिका पनि प्रमुखविहीन छन् । मन्त्रालयले प्रमुख प्रशासकीय खटाउन नसक्दा कृषि, स्वास्थ्य, पशु, शिक्षा, आयुर्वेद समूहका कर्मचारीले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी चलाइरहेका छन् ।

उसो त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र सचिव भरत सुवेदीबीच बोलचालै बन्द भएका खबर बाहिरिरहेका छन् ।मन्त्री र सचिवबीचको द्धन्दको फाइदा चाहिँ उपसचिव कमल भट्टराईहरुले उठाइहेको कर्मचारीहरु चर्चा गर्दछन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।