रेञ्जरसँग नाम मुछिएकोमा पाण्डेको आपत्ति

रसुवामा रेन्जर नितेन्द्रको आतंक शीर्षकमा त्यस अनलाइनमा प्रकाशित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । माथिल्लो त्रिशूली १ जलविद्युत आयोजनामा कार्यरत म यज्ञ पाण्डेलाई समेत जोडेर सो समाचारमा मलाई समेत विना कारण मुछिएको प्रति घोर आपत्ति छ ।

बिज्ञापन

म पनि कुनै समय मिडियाकर्मीकै रुपमा सक्रिय थिए । गलत कार्यहरुको म आफैं पनि विरोधी हुँ । अहिले यस आयोजनामा कार्यरत छु । संस्थामा कार्यरत रहँदा आजसम्म नैतिक र आर्थिक आचरणमा पूर्ण रूपमा शुद्ध रहेर काम गर्दै आईरहेको छु। आयोजनाको कामको सिलसिलामा लाङटाङ राष्ट्रिय निकुञ्ज मात्र नभई जिल्लाका सरकारी निकायका कर्मचारी, राजनीतिक व्यक्तित्व, सुरक्षा निकाय, पत्रकार, विभिन्न स्थानीय तहसम्म सम्वन्वय गर्ने, भेटघाट हुने र आयोजनालाई सहजिकरण गराउन सहयोग माग्ने काम निरन्तर हुने गरेको छ। तर त्यस बाहेक कुनै पनि व्यक्ति तथा संस्था संग व्यक्तिगत लाभ हानीका बारेमा आजसम्म कुरा नगरेको स्पष्ट पार्न चाहन्छु ।

बिज्ञापन

समाचारमा भनिए जस्तो म कुनै व्यक्ति या संस्था संग जोडिएर यस्ता अनैतिक कार्य नगरेको हुदा गलत सूचना दिने व्यक्तिलाई चुनौती दिदै आवश्यक कानूनी प्रक्रियामा जान अनुरोध समेत गर्दछु। उक्त समाचारमा अनायासै, विना प्रसंग मेरो नाम जोडेर मेरो नैतिक आचरणमा प्रश्न उठ्ने र इज्जतमा समेत दाग लाग्ने गरी समाचार प्रकाशित भएकोमा कडा शब्दमा सो समाचारको खण्डन गर्दछु ।
यज्ञ पाण्डे
माथिल्लो त्रिशुली १, मैलुङ् रसुवा

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

आफू निकटलाई बढुवा गर्न दरबन्दी थपघट

सुशीला सरकारको निर्णयमाथि सर्वाेच्चको’ब्रेक’

गढवामा ९५ लाख भ्रष्टाचार प्रकरण : प्रमुख प्रशासकीय अधिकृत र ठेकेदारविरुद्ध अख्तियारको मुद्दा

बाह्रबिसे नगरपालिकामा अख्तियारको छापा, मेयरमाथि ५ करोड हिनामिनाको आरोप

स्थानीय तहका कर्मचारीलाई समेत पिआइस पोर्टलमा एक्सेस,गण्डकी प्रदेशबाट शुभारम्भ

सरकारी प्रतिवेदन भन्छ – संघमै २० हजार ६ सय जनशक्ति कम,कसरी हुन्छ १० प्रतिशत दरबन्दी कटौती ?

प्रदेशका १४ उपसचिवहरुको सरुवा (सूचीसहित)

‘आइरन चक्की’ सेटिङका सूत्रधार सचिव देवकोटा! १५ करोडको खेल अख्तियारमा

बिशेष