सर्वाेच्च बारमा एमाले ‘क्लिन स्विप’

सर्वोच्च अदालत बार एसोसिएसनको निर्वाचनमा एमाले पत्ता साफ भएको छ । हिजो भएको निर्वाचनमा नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादी निकटका अध्यक्षमा मेघराज पोखरेल विजयी भएका छन्। शनिबार सम्पन्न भएको निर्वाचनबाट निकटतम प्रतिद्वन्द्वी महेश कुमार थापालाई पराजित गर्दै उनी विजयी हुन् । पोखरेलले ३६८ मत प्राप्त गरे।
प्राप्त अन्तिम परिणामअनुसार अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल ३६८ मतसहित निर्वाचित भएका छन् ।निकटतम प्रतिद्वन्दी वरिष्ठ अधिवक्ता महेशकुमार थापाले १८१ र अर्का उम्मेदवार अधिवक्ता प्रेमसिंह धामीले १५ मत प्राप्त गरेका छन्।

बिज्ञापन

त्यसैगरी उपाध्यक्षमा अधिवक्ता अम्मरबहादुर राउत ३४६,सचिवमा अधिवक्ता रमणकुमार कर्ण ३३९, सहसचिवमा अधिवक्ता पुन्देवी अर्याल महर्जन ३३७ र कोषाध्यक्षमा रामचन्द्र पौडेल ३४० मत ल्याएर विजयी भएका छन् ।

बिज्ञापन

महिला सदस्यमा अधिवक्ता शशी बस्नेत,वरिष्ठ अधिवक्ता दुर्गामोहन श्रेष्ठ, वरिष्ठ अधिवक्ता इन्द्रशेखर खड्कासहित अधिवक्ताहरु प्रदीपकुमार श्रेष्ठ, नागेश्वरप्रसाद चौधरी, निर्मलप्रसाद उपाध्याय, ओमकृष्ण श्रेष्ठ,प्रमोद रेग्मी, प्रदीपकुमार राजवंशी र सतिशराज मैनाली पनि आएका छन् । यसरी निर्वाचित हुने पदाधिकारीमध्ये सतिशराज मैनाली एमालेनिकट हुन् ।
नेपाल पत्रकार महासंघको निर्वाचनमा एमालेले नेपाली काँग्रेससँग गठबन्धन गरेर निर्वाचन जितेको थियो भने नेपाल नर्सिङ संघको निर्वाचनमा भने एमालेले माओवादीसँग तालमेल गरेको थियो । सोही शैली अपनाएको भए पनि काँग्रेस एकीकृत समाजवादीका वकिलहरुले निर्वाचन जितेका हुन । सर्वोच्च वारमा काँग्रेस निकट प्रजातान्त्रिक धारका वकिलहरुको वर्चश्व रहेको छ । उच्च अदालत पाटनमा एमाले निकट,काठमाडौं बारमा काँग्रेस निकट र ललितपुर वारमा माओवादी निकट वकिलहरुको वर्चश्व रहेको छ ।

यस्तो समयमा बृहत लोकतान्त्रिक,समाजवादी,समावेशी पेशागत कानुन व्यवसायीहरु एकातिर र एमाले–माओवादी गठबन्धन अर्कोतिर भएर चुनावी प्रतिष्प्रर्धामा होमिएका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

८६ हजार निजामतीमा कोही भेटिएनन् पुरस्कार पाउन योग्य कर्मचारी

यस बर्षको निजामती पुरस्कार पाउने कर्मचारीको नाम किन गुपचुप ?

‘व्यवसायिक र तटस्थ निजामती- प्रभावकारी शासन प्रणाली’

“नागरिकले सेवा होइन,सेवाले नागरिक खोज्ने बेला आएको छ”

योग्यता प्रणालीलाई क्षयीकरण हुन नदिऔं

१४ उपसचिव,८ अधिकृतसहित ५० कर्मचारी सम्मानित

बीमा प्राधिकरणको अध्यक्षका आकाक्षी : पूर्व गृहसचिवदेखि डेपुटी गभर्नरसम्म

पाँच रोपनी सरकारी जग्गा मिचेर सञ्चालित लोयल्टी एकेडेमीमा चल्यो प्राधिकरणको डोजर

बिशेष