रसुवा भन्सारबाट ४ जना तानिएको छ भने ३ जना खटाइएको छ । भन्सार विभागले तीनजना अधिकृत र एकजना नासुलाई तानेको छ। एकथरी प्रज्ञापन बनाएर भित्र अर्कैथरी सामान हालेर पास गराएको भन्दै विभागले उनीहरुलाई तानेको छ।
बिज्ञापन
भन्सार अधिकृतहरु नगेन्द्र जैसी, शिवम श्रेष्ठ र हंश रावल त्यस्तै नासु लोकबहादुर बिष्टलाई विभागले तानेको छ। उनीहरूको ठाउँमा महेशपुर भन्सार कार्यालयका बुद्धिकुमार चुडाल, चोभार भन्सार कार्यालयका खड्ग माझी र भन्सार विभागका ठाकुर गौतमलाई रसुवा भन्सार कार्यालय पठाइएको छ। उनीहरुलाई कामकाजको लागी पठाइएको हो । उनीहरू सबै एमाले निकट रहेको स्रोतले बताएको छ।