बुझबुझारथमा सरकारी कर्मचारीको जालझेल:-नयाँ सामान लिने, पत्रु बुझाउने

सरकारी कर्मचारीहरुले कार्यालयको सामानलाई आफ्नै पेवाजस्तो ठान्न थालेपछि अख्तियारले त्यसमा कडाइ गरेको छ ।

बिज्ञापन

कार्यालय प्रयोग प्रायोजनका लागि दिइएका सामान आफ्नै श्रीमती तथा छोरा छोरी र साला सालीका नाममा खोलिएको कार्यालयमा प्रयोग गर्ने, रमनाा भएर हिड्दा समेत सामान नबुझाउने,बुझाउनै परे सरकारी कार्यालयबाट नयाँ सामान लिएर पूरानो र विग्रिएको सामाग्रीमात्र सरकारी कार्यालयमा बुझाउने रोग बढ्दै गएको छ ।

बिज्ञापन

एक जना अधिकृत शहरी मन्त्रालय मातहत कार्यरत रहँदा सरकारी कामको प्रायोजनका लागि दिएको सेतो नम्बर प्लेटको मोटरसाइकल नै सालोलाई चढ्न दिए । त्यतिमात्र होइन कार्यालयबाट लिएको नयाँ र ब्राण्डेड ल्यापटप समेत आफ्नै श्रीमतीको नाममा खोलिएको कार्यालयमा राखेर रमाना हुँदा ज्वाईको कार्यालयमा प्रयोग नभई पत्रु अबस्थामा रहेको ल्यापटप दिएर उक्त नयाँ ल्यापटपलाई आफ्नो बनाए ।

यस्ता विकृतीहरु धेरै छन्,सरकारी कार्यालय र कर्मचारीका । यी र यस्तै विकृतीमा लगाम लगाउन खोजेको छ अख्तियारले । अख्तियारले सरकारी निकायमा कार्यरत कर्मचारीहरुले सरुवा हुनु अघि आफूले गरेको कामको सबै विवरण बुझाउनु पर्ने भएको छ । आयोग तथा मन्त्रिपरिषद कार्यालयले सबै सरकारी अड्डामा पत्राचार गर्दै कर्मचारीहरुले रमाना लिनु अघि नै सबै विवरण बुझाउनु पर्ने उल्लेख गरेको हो ।

बिज्ञापन
सुझाव कार्यान्वयन सम्बन्धमा

 

सरुवा हुने कर्मचारीहरुको भागमा परेको कामकारवाही सम्बन्धी कागजात तथा जिन्सी सामग्रीहरु उक्त निकायबाट सरुवा हुनु अगावै बरबुझारथ गर्नुपर्ने व्यवस्था छ । कर्मचारीले उक्त बरबुझारथ नै नगरी रमाना लिई सरुवा भई जाने गरेको प्रवृत्ति देखिएकोले आयोग आक्रोशित बनेको हो ।

सो निर्णय अनुसार आयोगले कार्यविधि २०७८ को दफा २५ को खण्ड (ख) को उपखण्ड (१) को प्रयोजनार्थ सुझाव प्रदान गरेको हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

राष्ट्रका लागि लड्ने क्याप्टेन, जीवनका लागि एक्लै योद्धा

दलिय कर्मचारी संगठनको दादागिरी : वरिष्ठ अधिकृत हटाइ युनियन सल्लाहकारलाई प्रमुख बनाउन दबाब

भिषण वर्षाको जोखिमबीच दुई दिन सार्वजनिक बिदा दिन कर्मचारीको सुझाव

भारी वर्षासँगै राजमार्ग अवरुद्ध हुने सम्भावना : सडक विभागको सतर्कता अपिल

नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नागढुंगा सडकखण्ड पहिरोले अवरुद्ध

बागमती र मधेशमा चट्याङसहित वर्षा, मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह

बडादसैँ : धर्मको रक्षा र जीवनलाई प्रेरणा

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

बिशेष