विश्वको सर्वोच्च शिखर जुन नेपाल र चीन बीच पर्छ, यसको आरोहणको चर्चा जति हुने गर्छ त्यति चर्चा यो शिखरको भएको पाईदैन त नभनौ तर त्यसरी यो आकाशे शिखरको चर्चा हुने गरेको छैन। यो शिखरलाई विश्वको विभिन्न ठाऊबाट आरोहण गर्ने गरिन्छ। यसलाई अधिकांशले उडेरै आरोहण गर्ने गर्छन् भने कतिले आधार शिविर मेक्सिकोलाई बनाएर पनि पैदलै यात्रा तय गर्छन्, यी दुई यात्रामा फरक के छ भने पहिलो यात्रा २/३ दिन मै टुंगिन्छ भने दोश्रो यात्रामा ५/६ महिना लाग्नु सामान्य मानिन्छ। पहिलो यात्रामा करीव ३६ हजार फिटको उचाई पार गरेर जानु पर्छ तर दोश्रोमा सामान्य उचाई तय गरे पुग्ने हुन्छ।
बिज्ञापन
विश्वको सर्वोच्च शिखर भन्दा करीव ७००० फिट अग्लो दूरी तय गर्नु परे पनि यसमा लेक लाग्ने डर भने हुदैन। म स्वयंले हालै पार गरेको यो शिखर काठमांडौबाट शुरू भयो। सफलताको कामनाका साथ माला खादा लगाएर शुरू भएको यो यात्राको गाईड कतार एयर थियो। यात्राका सामान चेकजाच गर्ने क्रममा सामानको तौलको विषयलाई लिएर विवाद हुदा अली नमजा लाग्यो, त्यहाका केही भरीया हरूले थप ज्याला माग्दै थिए तर भरपाई बिना मैले दिन नमान्दा बिबाद भएकोमा केही सामान झिकेर म ट्रेकिंग पर्मिट माग्ने ठाऊमा लाम लागे। त्यहा अन्य शिखर चढ्नेहरू र म संगै चढ्नेहरूको भिड थियो तर पनि विना झन्झट पर्मिट पाएर अगाडि बढे। केही अगाडि बढे पछि यात्रुहरूको सुरक्षा चेक हुदै रहेछ, त्यो भिड छिचोल्न साथ बेश क्याम्प आई पुग्यो। बेश क्याम्पमा बिभिन्न आकाशे पहाडका आरोहीहरू भेटिए तर ती मध्ये त्यसैलाई बेश क्याम्प बनाउनेहरू अधिक थिए र त्यसमा प्रायः यूवा जनशक्ति थिए। राता र सेता अक्षता र खादा भिरेका यूवाहरूको भिडले हाम्रो सरकारलाई गिज्याई रहेको थियो कि घर मै ईलम दिएको भए उनीहरूले देशको राजधानीलाई अरु देशको आकाश चढ्ने बेश क्याम्प बनाउनु पर्ने थिएन। तर हामीले चढ्ने आकाशे पहाड भने अली परकै भएकोले यस पछिको स्थानलाई बेश क्याम्प बनाउनु परेको थियो। हामी के यूवा के पाका सबै जनाले कतार नामको पोर्टरलाई भारी बोकाएर हिड्यौ। हामी पश्चिम नेपालका भागहरू हेर्दै भारतीय आकाश छिचोल्दै पाकिस्तान, अफगानिस्तान हुदै कतारको राजधानी दोहालाई बेश क्याम्प बनायौ। ११,५७१ वर्ग किमी क्षेत्रफल भएको कतारको राजधानी दोहाबाट विश्वभर हवाई यात्रा तय हुने गर्छ। करीब २०० हवाई जहाजले सेवा गर्ने कतार एयर संग अन्तर्राष्ट्रिय उडानमा १७० वटा हवाई जहाज भएको पाईन्छ।
बिज्ञापन
वास्तवमा कतार नामको भरिया र हाम्रो नेवानि नामको भरीयाहरू करीव एकै पटक जन्मेका होलान् तर कतारले विश्व भर आफ्ना भरियाका हातहरू फैल्याएको छ भने हाम्रो एक दुई पाईला मै सुस्ताएर बसेको छ। तर हामीले अरूलाई भरिया बनाउन सकेकोमा गर्व मानेर बसेका छौ। यसरी हामीले सांझको ६ बजे तयार गरेको यात्रा करीव साढे चार घण्टामा दोहा भन्ने अर्को बेश क्याम्पमा पुगे पछि अलमलियो। यो क्याम्पबाट हामी संगै आएका यात्रीहरू तितर वितर भए कति यतै हराए कति भने हामी संगै भारीहरू मिलाउदै अलमलिए। अर्को भरिया खोज्न अन्य चाजो पाजो मिलाउन हामी संग करीब ५ घण्टाको समय थियो। यसै बीचमा रेष्ट रूम तिर छिरेको त त्यहा हाम्रै भाषा बोल्ने यूवाहरू आफ्नो घरका सपनाहरू सुनाउदै रहेछन्, त्यस्तै त्यहा पानी, चिया, खाजा खाने ठाऊ, अलि पाका यात्रुहरू ओसार्ने काम गर्नेहरू, सुरक्षा जांचमा खटिनेहरू सबै जना हाम्रै भाषा बोल्नेहरू नै भेटिए।
२०० जना भन्दा बढी नै आरोही बोकेर उड्न तयार भएको बोईंग ७०९ नामको भरीया खोज्दै हिड्ने क्रममा अलमल परेका विषयहरूको सोधी खोजी गर्न हामीलाई दोभाषे पनि चाहिएन र अंग्रेजी बोल्न पनि परेन। यो कामको लागि हाम्रै भाषा बोल्नेहरू प्रसस्तै भेटायौ। यसरी सुरक्षाको लाईन पार गर्दै हामी र हाम्रा सामान देखाउदै हामी अन्तिम बेश क्याम्पमा जम्मा भयौ। हामी करीब २०० जना बिभिन्न देशबाट आएका थियौ र सबै जनाले आकासे शिखर चढ्दै थियौ। यहां यो दोहालाई बेश क्याम्प बनाएर आकाशे शिखर नाप्ने हामी जस्ता धेरै टोली थिए तर समय भने एउटै नहुन सक्थ्यो।
बिज्ञापन
करीब ५ घण्टाको प्रतीक्षा पछि हाम्रो यात्रा शुरू भयो। हामी क्रमशः उचाई तय गर्दै गयौ। हाम्रो यात्रा दोहा हुदै यूरोप तिर लाग्यो। हाम्रो अगाडि राखिएको स्क्रिनले हामी उडेको उचाई, हामी उडीरहेको देशको आकाशलाई प्रति घण्टा ९०० किमीको दरमा यात्रा गरेको देखाई रहेको थियो, हामी ३५ हजार देखि ३७ हजार फिटको उचाईबाट यात्रा तय गरी रहेका थियौ, हामीले करीव १४ घण्टामा झण्डै १३ हजार किमीको दूरी पार गर्दै थियौ। हामी कतारबाट उड्दै गर्दा अस्ताई रहेको सूर्यलाई पछ्याई रहदा सूर्यको प्रकाश संगै उडेको भान हुन्थ्यो। वर्षा याम भएको र हाम्रो उडान वादल माथि भएर होला हाम्रो मुनी कालो वादल र यसमा देखिने चट्यांगको झिल्काले दृश्य रमाईलो बनाई रहेको थियो। पश्चिमबाट आएको सूर्यको प्रकाश बादल माथि देखिदा जहाजको झ्यालबाट पहेंला ताल तलैयाको आकृति बादलमा पर्दा बेग्लै अनुभूति हुन्थ्यो।
यसरी यात्रा तय भै रहदा समय समयमा क्याविन क्र्यूका सदस्हरूले खानापिना ल्याएर यात्रुलाई सन्तुष्ट पारी रहेका हुन्थे। जहाज भित्रको वतानुकूलताले त्यति धेरै उचाईको यात्रा पनि सजिलो भएको थियो। लामो समयको जहाज यात्रालाई सहज बनाउन हरेक यात्रुको अगाडि राखिएको स्क्रिनबाट मनोरन्जन लिन सकिन्थ्यो। यस प्रकार करीब ३७ हजार उचाईको आकासे शिखर सहज तरीकाबाट तय गर्दै करीव १४ घण्टामा दोहा क्याम्पबाट थालिएको यात्रा डिसीमा बिसर्जन गरियो।