शिक्षासेवी बलराम पराजुली स्मृतिग्रन्थ प्रकाशित

भोजपुर जिल्लाको अरुण गाउँपालिका–४, चरम्बीका ख्यातिप्राप्त शिक्षासेवी बलराम पराजुलीका योगदानहरूका बारेमा विभिन्न व्यक्तित्वहरूद्वारा लिखित लेखरचनाहरू समेटेर ‘समाजसेवी तथा शिक्षासेवी बलराम पराजुली’ नामक स्मृतिग्रन्थ प्रकाशित गरिएको छ ।
बलरामले आफ्ना पिता विष्णुलाल पराजुलीको प्रेरणाबाट प्रेरित भएर गाउँमा शिक्षाका लागि महत्वपूर्ण योगदान पु¥याएका थिए । उनले गाउँमा मुठी दान उठाएर २०११ सालमा विद्यालय स्थापना गरेका थिए । यसका साथै, उनी आधुनिक कृषि अभियानका कुशल अभियन्तासमेत थिए । उनै समाजसेवी पराजुलीले समाजमा दिएका योगदानहरूको स्मरण गर्दै ग्रन्थ प्रकाशित गरिएको हो । उक्त ग्रन्थको सम्पादन देवीप्रसाद घिमिरे र रामचन्द्र खनालले गरेका हुन् । वि.सं. १९७२ फागुन १ गते चरम्बीमा जन्मिएका पराजुलीको २०७० साल मंसिर २४ गते निधन भएको थियो ।
५८ जना लेखकले पराजुलीको जीवनी, व्यक्तित्व र योगदानका बारेमा चर्चा गरेका छन् । स्वयं बलराम पराजुलीले लेखेको आत्मवृत्तान्त तथा वैराग्य ज्ञानमाला भजनसंग्रहसमेत ग्रन्थमा समेटिएको छ । ३४० पृष्ठको स्मृतिग्रन्थको स्मृति ग्रन्थ उमानाथ पराजुली, चूडामणि पराजुली, देवीसुन्दरी पराजुली (अधिकारी), मणिराम पराजुली र लोकप्रसाद पराजुलीले रहेका छन् ।
पठनीय एवं सामाजिक रूपान्तरणका लागि उपयोगी दस्ताबेजका रूपमा आएको ग्रन्थ इच्छुक पाठकलाई निःशुल्करूपमा उपलब्ध गराइने सम्पादक देवीप्रसाद घिमिरेले बताए ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एमाले महाधिवेशन उद्घाटनमा शीर्ष नेता गएनन्

आफ्नै प्रस्तावबाट व्याक भए ओली

भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दाका प्रतिवादी सहसचिव भट्टराई २५ लाख धरौटीमा रिहा

खल्तीविरुद्ध जेनजीहरु खुलकुदमन्त्रीकहाँ

अस्वभाविक बरियता : अधिवक्ताभन्दा सर्वाेच्चका न्यायधीश तल,पूर्व एआइजी जेनजी मन्त्रीभन्दा पुच्छारमा

१ लाख रुपैयाँ घुस लिएको आरोपमा नापी कार्यालय वीरगन्जका सर्वेक्षक र सहयोगीविरुद्ध मुद्दा दायर

११२ प्रहरी कर्मचारी कारवाहीमा,बढुवा रोक्कासम्मको चेतावनी

सहकारी व्यवस्थापन टोलीसँग स्पष्टीकरण पछि मन्त्रीको सरुवा

बिशेष