सरकारका पूर्वमन्त्री, सचिव, उपसचिव नै विदेशको पिआर प्रकरणमा तानिएका छन् । पूर्वमन्त्री समुना श्रेष्ठ, सचिव किरणराज रेग्मी र उपसचिव रामप्रसाद मैनाली र धुलिखेल अस्पतालका कार्यकारी निर्देशक रामकण्ठ माकाजू श्रेष्ठ अहिले पीआर प्रकरणमा मुछिएका छन् । यी उपर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् मातहतको राष्ट्रिय सतर्कता केन्द्रले छानबिन गरेको हो ।
बिज्ञापन
पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठसँग पोल्याण्डको स्थायी आवासीय अनुमति (पिआर) रहेको उल्लेख गर्दै हालिएको उजुरीमाथि छानबिन प्रक्रिया अगाडि बढाइएको छ । मन्त्री श्रेष्ठले २०७५ असार ८ गते पोल्याण्डका नागरिक पाबेल लुकास स्वाकिन्स्कीसँग जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा विवाह दर्ता गरेकी थिइन् ।
बिज्ञापन
पूर्वमन्त्रीका श्रीमान साढे दुई वर्षदेखि एक एक वर्षको म्याद थपेर म्यारिज भीसामा नेपालमा रहेको देखिन्छ । पासपोर्ट नम्बर इएल ९४६८६९३६ का पाबेलले २०२१ डिसेम्बर २ देखि ३६५ दिनको म्यारिज भीसा लिएका थिए । त्यसको एक वर्षपछि सन् २०२२ डिसेम्बर २१ का दिन फेरि ३६५ दिनको सोही भीसा नवीकरण गरेर नेपालमा बसिरहेका छन् । यी सबै विवरणसहित मन्त्रीसँग उताको पीआर रहेको अख्तियार दुरुपयोग दुरुपयोग अनुसन्धान आयोगमा हालिएको उजुरीका आधारमा केन्द्रले छानबिन गरिरहेको छ।
उता सचिव किरणराज रेग्मी समेत यही पिआर प्रकरणले अप्ठ्यारोमा परिरहेका छन् । ०५१ सालबाट निजामती सेवामा पाइला राखेका रक्षासचिव किरण शर्माले अमेरिकाको स्थायी आवासीय अनुमति पत्र लिएको बिषयमा राष्ट्रिय सर्तकता केन्द्रले छानबिन अगाडि बढाएको हो । यो प्रकरणमा सर्तकता केन्द्रमा उजुरी परेसँगै केन्द्रले उनीमाथि छानबिन प्रक्रिया अगाडि बढाएको हो । दुई बर्षदेखि रक्षा सचिवको जिम्मेवारीमा रहेका शर्मासँग अमेरिकाको स्थायी आवासीय अनुमतिपत्र पिआर रहेको स्वीकारेपछि नैतिक र कानुनी विवादमा फसेका छन् । यस्तै पीआर प्रकरणमा जोडिएका विकल पौडेल अहिले खोरमा पुगेका छन् । नालगाँड आयोजनाका हाकिम जागिरै छाडेर फरार भएका छन् ।
बिज्ञापन
पूर्वमन्त्री श्रेष्ठ र धुलिखेल अस्पतालका कार्यकारी निर्देशक माकाजूको पिआरसम्बन्धी उजुरी गत १९ असारमा केन्द्रमा दर्ता भएको थियो । त्यसको दुई दिनअघि १७ असारमा सचिव शर्मा र उपसचिव मैनालीको उजुरी दर्ता भएको थियो । श्रेष्ठले युरोपियन मुलुकको, माकाजूले अस्ट्रिया, शर्माले अमेरिका र मैनालीले बेलायतको पिआर लिएको उजुरी छ । छानबिनका क्रममा केन्द्रले सम्बन्धित व्यक्तिलाई पनि पत्र काटेर जवाफ मागेको थियो । यस क्रममा श्रेष्ठले आफूले युरोपमा विवाह गरेको, तर पिआर भने नलिएको दाबी गरेकी छिन् ।त्यस्तै, रक्षासचिव शर्माले आफूले ०६२ सालमै अमेरिकी पिआर त्यागिसकेको दाबी गरेका छन् ।धुलिखेल अस्पतालका कार्यकारी निर्देशक श्रेष्ठ र उपसचिव मैनालीले भने जवाफ नै नपठाएका केन्द्रले बताएको छ ।
मैनाली यस्ता भाग्यमानी कर्मचारी हुन, जो सदैव आकर्षक कार्यालय, मन्त्रीका सचिवालयमा घुमरे जागिर खाइरहेका छन् । हाल अर्थ मन्त्रालय मातहतकै सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रका वरिष्ठ प्रशिक्षक (राजश्व) का रूपमा कार्यरत छन्, मैनाली । जहाँका हाकिम छन्, भन्सार विभागबाट लखेटिएका शोभाकान्त पौडेल । मैनाली यो बीचको अवधिमा आन्तरिक राजस्व कार्यालय न्यूरोडमा २ बर्ष बसे । त्यहाँबाट बढूवाका लागि नम्बर सुर्खेत आन्तरिक राजस्व कार्यालयमा पुगे र १० महिनामै त्यहाँबाट चाँजोपाँचो मिलाएर रसुवा भन्सारमा पुगे । रसुवा भन्सार कार्यालयबाट फर्किएपछि विभागमा केही महिना बसे । डा प्रकाशरण महत अर्थ मन्त्री हुनासाथ उनी पुनः सबैभन्दा आकर्षक मानिने सुख्खा बन्दरगाह बीरगंजमा पुगे । सीता गुरुङ शहरी विकास मन्त्री हुँदा उनकै सचिवालयमा कार्यरत थिए । रक्षा सचिव शर्माले झैं मैनालीले पनि आफूले सात आठ बर्ष अगाडि नै पीआर त्यागिसकेको बताउँदै आएका छन् ।