शिक्षकहरुलाई शिक्षाविद् कोइरालाको प्रश्न :-‘तपाईहरु बुद्धिजीवि कि बुद्धुजीवि ?’

हालै सार्वजनिक भएको एसईईको नतिजामा झण्डै ५२ प्रतिशत बढी विद्यार्थी अनुत्र्तिण भए । यसरी विद्यार्थी अनुत्र्तिण हुनुमा विद्यार्थी,पाठ्यक्रम,पाठ्यसामाग्री होइन शिक्षकको सबैभन्दा ठूलो दोष गुरु – विद्यानाथ कोइराला । तर्क गर्दछन्,‘हसिँयाले घाँस काटेन भने दोष उदाउन,चलाउन नजान्नेकै हो, बनाउने मान्छेको के दोष ?
हालैमात्र सार्वजनिक भएको एसईईको नतिजा अनुसार गणितमा १ लाख ७७ हजार ९८५,विज्ञानमा १ लाख २६ हजार ९ सय ३३,अग्रेजीमा १ लाख १३ हजार ३८३,नेपालीमा ७९ हजारले ३५ अंक कटाउन सकेनन् । यसमा शिक्षकको सबैभन्दा ठूलो कमजोरी छ भन्छन्,प्रध्यापक कोइराला । हसिँयाले घाँस काटेन भने दोष उदाउन,चलाउन नजान्ने कै होला । बनाउने मान्छेको के दोष ? पाठ्यक्रम बनाएको बस्तु न हो । पाठ्यक्रम,पाठ्यबस्तु मरेको चिज,जिँउदो शिक्षकहरु हुन । मरेको बस्तुलाई उजिल्याउन,धार लगाउन जान्छन् भनेर नै शिक्षकलाई राखेको हो । नेपाल बहुभाषा,बहु संष्कृति,बहु जात भएको मुलुक । देशैभर एउटै पाठ्यक्रम,पाठ्यपुस्तक लागू गर्न कठिनाई छ । सबै चिजबिज जान्ने त त्यही शिक्षक हो । कोइरालाले आफूले शिक्षकहरुलाई सदैव एउटै प्रश्न गर्ने गरेको बताए । तपाईहरु बुद्धिजीवि कि बुद्धुजीवि ! बुद्धिजीवि हो भने बुद्धि उपयोग गर्नुहोस,बुद्धुजीवि हो भने निहुँ खोज्नुहोस । नाम बुद्धिजीवि काम बुद्धुजीवि नहोस ।

बिज्ञापन

एसईईको नतिजा खस्कनुको पछाडि शिक्षकको पढाउने तरिका नमिलेको जबाफ दिन्छन् उनी । शिक्षकले पढाउने शैली र विद्यार्थीले पढ्ने शैली पूरै बदलिसक्यो । शिक्षक किताबमा आधारित भएर पढाउँछ,विद्यार्थी किताबभन्दा बाहिर दौडिसक्यो । शिक्षक किताबै समात्छ,विद्यार्थी मोवाइल समात्ने भइसक्यो । पढाउने तरिका मिलेन । विद्यार्थी फेरियो,शिक्षक जस्ताको त्यस्तै भए पछि के लाग्छ ? अर्काेतिर शिक्षकलाई नपढाए पनि हुन्छ भन्ने सन्देश गएको छ । निरन्तर मूल्यांकन छ,लेटर ग्रेडिङ्ग छ फेल हुँदैनन् भन्ने भाष्य शिक्षकले बुझे । पढेर के हुन्छ,यो शिक्षाले बेरोजगार उत्पादन हुन्छ भन्यो राजनीतिले । त्यही कारण नपढे पनि चल्छ भन्ने भयो । जे शिक्षकले पढाएन उस्कैमा नतिजा विग्रिएको हो । शिक्षक विद्यार्थीलाई दोष लगाएर उम्किएला तर मैले दोष लगाउने शिक्षकलाई हो,किनकी हामीले पालेको तिनै शिक्षकलाई हो । गर्नुपर्ने,जान्नुपर्ने तिनैले हो । सम्मान पाउने उनैले गाली पनि उनैले पाउने हो ।

बिज्ञापन

अर्काे प्रश्नमा कोइराला नीजि र सार्वजनिक विद्यालयको तुलना नै हुन नसक्ने बताउँछन् । प्राइभेट पैसाका लागि कुद्छ । फेल भएको खण्डमा गयो । त्यही कारण लगाम,समर्पण छ । प्राइभेटको व्यवस्थापनले शिक्षकलाई उजिल्याउनका लागि कि डण्डा लगाउँछ वा समय समयमा कोचिङ्ग,तालिम गर्दछ । सरकारी स्कूलले जिरी नगरपालिकामा प्रति महिना पाँच हजार खर्च गर्दछ । प्यूठान नगरपालिकाले प्रति विद्यार्थी प्रतिमहिना २७ सय ३० रुपैंया खर्च गर्दछ । निजीले कति लिन्छ ? अब लाज हुने स्थिति भइसक्यो । अझैं हामी नीजिले धेरै शुल्क लियो भन्दैछन् । पार्टीले बोलउँदा कार्यक्रममा जान मिल्ने,विद्यार्थी एसईईमा पास भए भनेर छुट्टी लिन मिल्ने । अनि सरकारी शिक्षकले नीजिले कसरी पढाँउछन् भनेर हेर्न नमिल्ने ? लगानीको भाष्यमा बोल्न सक्ने अबस्था रहेन । सिमरा जितपुर नगरपालिकाले एउटा सर्भे गर्दा ७१ प्रतिशत शिक्षकको नीजिमा लगानी भेटियो । ६९ प्रतिशत जनप्रतिनिधिको नीजिमा लगानी छ । अब कस्लाई भन्न जाने ? नीजिका लागि दौड हो,सरकारीका लागि जागिर । नीजिले नेतालाई पालेका छन् ।

हालै एसईईको नतिजा पछि दुई जना केटाकेटीले आत्महत्याको बाटो रोजे । यो भनेको, हाम्रा केटाकेटीहरु बढ्दा संवेगी भए । विकल्प दिन सकिएन । तिमी फेल भयौं,पढिखान्नौ तर गरिखान सक्छौं । गरिखाने बाटो यो हो भन्न सकिन्छ । अहिले त इन्टरनेटबाटै सबै कुरा सिक्न सकिन्छ । त्यतातिर जोड्न सकेनौं । गरिब जिन्दगी जिएको मान्छे हो,उसले पढ्यो कि पढेन भन्ने होइन नि पढेको कुरालाई जोड्न जानेन । उसले अग्रेजी जानेर भनेर के चिन्ता नाच्न सक्छ,गाउन सक्छ वा दौडन सक्छ नि । तेरिया मगरलाई नाच्न,मेनुका पौडेललाई गाउन कस्ले सिकायो ? यस्तो समयमा त्यही पूराना कुरा दोह्रोउन मिल्छ र ?

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।