भ्रष्टाचारका २५ ठूला काण्ड छानबिन गर्ने शक्तिशाली आयोग गठन गर्ने सरकारको तयारी

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले विभिन्न २५ वटा काण्डको छानबिनका लागि शक्तिशाली आयोग बनाउने तयारी भइरहेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भ्रष्टाचार नियन्त्रणको काम आफूले निरन्तर गरिरहेको बताए ।

बिज्ञापन

उनले भने कुनै पनि कालखण्डमा भएकामध्‍ये भ्रष्टाचारका २५ वटा काण्डहरुलाई छानबिन गर्नका निमित्त शक्तिशाली आयोग गठन गर्ने तयारी भइरहेको छ ।मेरो र उसको नभनी सबैका पालामा चर्चामा आएका प्रत्येक प्रकरणको छानबिनका लागि राजनीतिक नेतृत्व तयार हुने र अख्तियार प्राप्त नेतृत्वले राजनीतिक स्वार्थ प्रेरित नभइ निष्पक्ष अनुसन्धान र अभियोजन गर्ने हो भने न्यूनीकरण हुँदै भ्रष्टाचार नियन्त्रण सम्भव रहेको जनाउँदै कुनै पनि कालखण्डमा भएकामध्ये २५ वटा काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी भइरहेको गृहमन्त्री लामिछानेले बताए ।

बिज्ञापन

एक पक्षले मात्रै सक्रियताका साथ काम गर्दैमा भ्रष्टाचार नियन्त्रण सम्भव नहुने भन्दै पर्याप्त कानूनी आधार, स्रोतसाधनसहित भएका संरचनाहरुको स्तरोन्नति आवश्यक रहेको उनले बताए ।

उनले भ्रष्टाचारमा संलग्नहरुमाथि कारबाही गर्न निर्मम भएर लाग्ने, कोही पनि बेचैन हुनु नपर्ने बताउँदै भ्रष्टाचारमा संलग्न जोसुकै मानिसहरु भए पनि त्यसमा निर्मम भएर कारबाही गरिने बताए ।

बिज्ञापन

यता काँग्रेसका सांसद प्रदीप पौडेललेगृहमन्त्री लामिछानेको पासपोर्टका विषयमा प्रश्न राख्दा यी दुबै बिषय अदालतमा विचराधीन भएको भन्दै बोल्न चाहेनन् ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सरकारी करारका कर्मचारीलाई पनि सामाजिक सुरक्षा कोषको दायरामा ल्याउनुपर्छ

निमित्त प्रशासकीय अधिकृत,लेखापालसहित तीन विरुद्ध भ्रष्टाचार मुद्धा दायर

अदालत पुग्नुपर्ने करोडौं राजश्व छलीको फाइल किन पठाइयो लाजिम्पाट ?

मेयर नेपालीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा,डेढ अर्ब विगो

ग्लोबल आइएमई बैंकद्वारा ८ प्रतिशत नगद लाभांश घोषणा

बागमती प्रदेश विश्वविद्यालयः अपेक्षा र चक्रवात

प्रदेशका उपसचिवलाई संघीय मन्त्रालयले गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाएपछि

केभिआर समिट च्यालेन्जसमा डेनियर र एनी पहिलो

बिशेष