कर्मचारी र नेताका आडमा कौडीको भाउमा सार्वजनिक जग्गा हत्याउँदै चन्द्र ढकाल

स्थिति यस्तो छ कि व्यवसायीले जहाँ जहाँको जङ्गल र डाँडाकाँडा माग्छन्,सोही ठाउँ कौडीको भाउमा पाइहाल्छन । केपी शर्मा ओली,शेरबहादुर देउवादेखि प्रचण्डसम्मको विश्वास जित्न सफल बागलुङ्गे एउटा व्यापारीले अहिले सिंङ्गो देश घुमाइरहेका छन् । उनले हालसमम केवलकारकै नाममा विभिन्न पाँच वटा स्थानका जग्गा कौडीको भाउमा हात पारिसकेका छन् ।

बिज्ञापन

०५५ सालमा मनकामना केवलकार सञ्चालनमा आएको थियो । चितवनको कुरिनटारको चेरेबाट गोरखाको मनकामना मन्दिरसम्म २.८ किलोमिटरको लामो केवलकार सञ्चालनको १७ बर्षपछि चन्द्र ढकालको आँखामा प¥र्यो चन्दागिरी डाँडो । भोलेश्वर बाबाको नाममा ०७३ सालमा चन्द्रागिरी केवलकार सञ्चालनमा ल्याए । शासकदेखि प्रशासकहरुलाई हातमा लिएर उनले कौडीको भाउमा चन्द्रागिरी डाँडो नै हत्याए । तत्कालीन वनमन्त्री दीपक बोहरालाई प्रयोग गरी कौडीको चन्द्रागिरीको डाँडो नै हत्याएका थिए । उनले प्रतिरोपनी रु २१ मा ४० बर्षसम्मका लागि लिजमा हत्याउन सफल भएका छन् । ३६ रोपनी जमिन कौडीको भाउमा हात पारेका हुन ढकालले । सम्झौता पत्र अनुसार चन्द्रागिरी केवलकारले शुरुको वर्षमा वार्षिक १ लाख ८० हजार अर्थात प्रति महिना २१ रुपैयाँ तिर्ने गरी सम्झौता भएको भेटिन्छ । कौडीको भाउमा ३६ हजार हेक्टर जमिन हत्याएर ढकालले त्यहाँ अहिले केवलकार, भ्युटावर, रिसोर्टलगायत विभिन्न उद्योग चलाउँदै आएको छ ।

बिज्ञापन

यस पछि चन्द्र ढकाल केवलकारमा लगानी गर्न हौसिदै आएका छन् । ढकालको समूहले बुटवलको गोलपार्कदेखि पाल्पाको वसन्तपुर डाँडासम्ममा हाल निर्माणाधीन अवस्थामा रहेको लुम्बिनी केवलकार,नवलपरासीको मौलाकालिकामा, पोखरा,कर्णालीको चिसापानी,स्वर्गद्धारीमा केवलकार बनाउने खेलोमेलो मिलाइसकेका छन् ।
पूर्व सचिव तथा हालका मुख्यसचिव बैकुण्ठ अर्याल,मधुकुमार मरासिनी,एकनारायण अर्याल,पेमनारायण कँडेल चन्द्र ढकालका हितमा काम गर्ने प्रशासकहरु हुन भनिन्छ । उनै ढकालले पेमनारायण कँडेल सचिव हुँदा उनीसँग सेटिङ्ग मिलाएर अधिकांश ठाउँमा केवलकार खोल्दै आएका छन् ।

ढकालले ताप्लेजुङमा बनाउन लागेको पाथिभरा दर्शन केवलकार प्रा.लि निर्माण गर्न लाग्दै छन् । त्यहाँ स्थानीयको अवरोधपछि उनी मिलाइदिनुप¥र्यो भन्दै एउटा समूह नै बोकेर अस्ति वन मन्त्रालयमा छिरेका थिए । ०७५ पुस १६ को मन्त्रिपरिषद्को बैठकले ताप्लेजुङ्गको प्रशिद्ध धार्मिक स्थल पाथिभरासम्म केवलकार निर्माणका लागि वन क्षेत्रको जग्गा प्रयोग गर्न दिने निर्णय गरेको थियो । २ बर्षसम्ममा निर्माण नगरे स्वत अनुमति रद्ध हुने सम्झौता थियो । तर लामो समयसम्म ओगटेर बसेका ढकालले त्यहाँ केवलकार निर्माण प्रक्रिया अगाडि बढाएसँगै स्थानीय मुक्कुमलुङ संयुक्त सङ्घर्ष समितिसहित छ समूहले त्यहाँ विरोध गरिरहेको छ ।

बिज्ञापन

उनीहरुले पाथीभरा केबलकार खारेजी संयुक्त सङ्घर्ष समिति, किराँच याक्थुङ चुम्लुङ सङ्घीय समिति, लिम्बू थरगत संस्था (याक्थुङ सयङ), पहिचानसहितको प्रदेश नं १ पुनः नामाङ्कन समिति तथा किराँत धर्म तथा साहित्य उत्थान सङ्घ र मुक्कुमलुङ तान्सेःप चुम्भो लगायतका दर्जन भन्दा बढी संघ, संस्था रहेका छन् ।

यस्तै ढकालकै लगानीमा अर्काे केवलकार निर्माण हुँदैछ सिक्लेस अन्नपूर्ण केबलकार प्रालिले मादी गाउँपालिका–१ को सिक्लेस गाउँस्थित प्वरयुममा तल्लो स्टेसन, वडा नम्बर २ को धर्मशालानजिक बीचको स्टेसन र वडा नम्बर २ कै डाँडामा माथिल्लो स्टेसन रहने गरी ६.४१६ किलोमिटर लामो केबलकार निर्माणका लागि प्रक्रिया अगाडि बढाएको छ । यो कम्पनीलाई केबलकार निर्माणका लागि विस्तृत वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन तयार गर्न मन्त्रिपरिषद्ले २०७८ असोज १४ मा स्वीकृति दिने निर्णय गरेको थियो । यो केबलकार अन्नपूर्ण संरक्षण आयोजनाभित्र पर्दछ । पर्यावरणका हिसाबले संसारकै चर्चित पदमार्गमा पर्ने अन्नपूर्ण पदमार्ग रहेको चर्चित अन्नपूर्ण संरक्षण आयोजनाले ओगट्ने क्षेत्र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको मातहतमा पर्छ । तर, व्यवसायीले जहाँ जहाँको जङ्गल र डाँडाकाँडा माग्छन्,सोही ठाउँ कौडीको भाउमा दिनु भनेको बदमासी भएको पूर्व प्रशासकहरु टिप्पणी गर्दछन् ।

संरक्षित क्षेत्रभित्रका भौतिक पूर्वाधार निर्माण एवं सञ्चालनसम्बन्धी कार्यनीति, २०६५ मा नेपाल सरकारको राष्ट्रिय प्राथमिकताप्राप्त आयोजनाबाहेक अन्य आयोजना सञ्चालन गर्न राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, संरक्षित क्षेत्र र मध्यवर्ती क्षेत्रको जग्गा उपलब्ध नगराइने उल्लेख छ । ढकाल यतिले अझैं अघाएका छैनन् । उनी सातै प्रदेशमा सात वटा केवलकार निर्माण गर्ने घोषणा गर्दै हिडिरहेका छन् ।ढकालको लगानी रहेको डिस होम यस अघि नै पटक पटक कर छलीमा मुछिएको कम्पनी हो ।  तर राजनीतिक आडमा उनलाई संरक्षण गरिँदै आएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।