सांसद गुरुङको निलम्बन फुकुवा,भ्रष्टाचार मुद्धामा निलम्बित कर्मचारीको हकमा बन्न सक्छ नजिर ?

 

बिज्ञापन

नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । भ्रष्टाचार मुद्दा खेपिरहेका काँग्रेस सांसदको निलम्बन फुकुवा भएको हो । यो संगै संघीय संसद सचिवालयले नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गरेको छ ।

बिज्ञापन

संघीय संसदमा महासचिव पद्म प्रसाद पाण्डेयले बुधबार सूचना जारी गर्दै सर्वोच्चको आदेशअनुसार निलम्बन फुकुवा गरेको सूचनाजारी गरेका हुन् ।

मनाङवाट प्रतिनिधि सभामा निर्वाचित भएका गुरुङलाई स्वत निलम्वन हुने भनि गरेको ,संघीय संसद र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्र बदर हुने आदेश सर्वोच्चले १६ चैत्रमा गरेको हो ।

बिज्ञापन

न्यायाधीशद्धय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासले २०७९ पुस ८ देखि भ्रष्टाचार मुद्दाका कारण स्वत निलम्वन रहेको भनि संसद सचिवलयवाट जारी भएको सुचना र अख्तियारवाट सोही दिन भएको निर्णय नेपालको स‌विधान अनुकुल नभएको सर्वोच्चको दावी गर्दै उनको निलम्बन फुकुवा भएको बताएको हा् ।

संसद सचिवालयले गरेको निलम्बनविरुद्ध गुरुङले दायर गरेको रिटमा सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलासले निलम्बन फुकुवा गर्न अन्तरिम आदेश दिएको थियो । यो सँगै संघीय संसद सचिवालयले उनको निलम्बन आज फुकुवा गरेको हो ।

भ्रष्टाचार मुद्दा बोकेरै चुनाव लडेका गुरुङलाई संसद सचिवालयले १२ पुस २०७९ मा पदमुक्त गरेको थियो । त्यसविरुद्ध उनी सर्वोच्च पुगेका थिए ।अदालतले उनको पक्षमा निर्णय सुनाएर संघीय संसद सचिवालयले निलम्बन फुकुवा गरेसँगै अब संसद बैठकमा सहभागी हुने बाटो खुलेको छ । सर्वोच्चको फैसला संघीय संसदमा लिखित रुपमा पुगेपछी गुरुङ अब बस्ने बैठकहरुमा सहभागी हुन पाउने छन् ।

यसअघि विशेष अदालतले उनलाई भृकुटीमण्डपस्थित फनपार्कको जग्गा भाडामा लगाउँदा भ्रष्टाचार गरेको भन्दै दोषी ठहर गरेको थियो । सोही आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संसद सचिवालयलाई पत्र लेखेर मनाङबाट निर्वाचित सांसद गुरुङलाई पदमुक्त गर्न भनेको थियो ।
भ्रष्टाचार मुद्धामा दोषी ठहर काँग्रेसका सांसदको मुद्धा बदर भयो । सांसद पद कायम भयो । उसो हो भने अख्तियार र विशेषबाट भ्रष्टचारी ठहर भएका कर्मचारीले जागिर खान वा लोकसेवा लड्न पाउँछन कि पाउँदैनन् ? यसैलाई नजिर मान्न सकिन्छ कि सकिँदैन ?

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ मा लेखिएको छ, ‘कुनै राष्ट्रसेवक दफा २८ को उपदफा (१) को खण्ड (ग) दफा ३० को उपदफा (३) तथा दफा ३१ बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निजउपर दफा ३६ बमोजिम मुद्दा दायर भएकोमा त्यस्तो राष्ट्रसेवक सो मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहनेछ ।’
अहिले पनि भ्रष्टाचार मुद्धाका कारण २०१ कर्मचारीहरु निलम्बनमा छन् । यस्ता कर्मचारीका हकमा यो नजिर बन्छ कि बन्दैन ?

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एमालेकै सांसदले मागे संघीय मामिलामन्त्री गुप्ताको बर्खास्ती

मन्त्रिपरिषद्को बैठक बस्दै

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइयो

फाँसीको डोरीमा टाँगिएको न्याय

विधेयक समीक्षा बिना पारित भयो भने लोकतान्त्रिक प्रतिवादमा जान्छौं: उपाध्यक्ष ओली

मन्त्री गुप्ताविरुद्ध घुस लिएको आरोपमा अख्तियारमा उजुरी, प्रमाणसहित कारबाहीको माग

ती गोकुल,यी राजकुमार

विशेष समिति बनेको सात दिन : सचिवसँग लियो पहिलो बयान

बिशेष