फैसलाको पूर्ण पाठ नआउँदै मरासिनीलाई हतार हतार किन लगियो अर्थमा ?

नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा फैसला आएको पर्सीपल्टै सरकारले अर्थ सचिवको जिम्मेवारी मधुकुमार मरासिनीलाई दिएसँगै अख्तियार फायर भएको छ ।

बिज्ञापन

सात महिना अघि अर्थात गत असोज १५ गते अख्तियारले तत्कालीन उद्योग सचिव मधुकुमार मरासिनी,नेपाल टेलिकमका हाकिम सुनिल पौडेलसहित ९ जनालाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्धा चलायो । भ्रष्टाचार र अख्तियार ऐन अनुसार मुद्धा चले लगतै बहालवाला सचिव मरासिनी निलम्बनमा परे । झण्डै सात महिना पछि उनको निलम्बन त फुकुवा भयो । सेवा निवृत्त हुन १७ महिनामात्रै अवधी बाँकी हुँदा उनीविरुद्ध मुद्दा दायर भएको थियो ।

बिज्ञापन

नेशनल पेमेन्ट गेटवे प्रकरणमा भएको २३ करोड भ्रष्टाचार मुद्धामा अख्तियारले उद्योगका तत्कालीन सचिव मरासिनीसहित ९ जनालाई प्रतिवादी बनाएर मुद्धा चलाएको थियो तर विशेषले अस्ति यो प्रकरणमा सुनिल पौडेललाई मात्र भ्रष्टाचारी ठहर गर्दै बाँकीलाई क्लिन चिट दिएको छ । सचिव मरासिनीलाई अख्तियारले गत १५ असोजमा भ्रष्टाचार मुद्धा चलाएको थियो । नेशनल पेमेन्ट गेटवेमा भएको २३ करोड भ्रष्टाचार मुद्धामा तत्कालीन उद्योग सचिव मरासिनीसहित निमबहादुर ओली, रामबहादुर बुढा, सफल श्रेष्ठ, सञ्जय शर्मा, प्रणिता उपाध्याय, रमेश पोखरेल, रामशरण गायक र सुनील पौडेल लगायतले भ्रष्टाचार गरी नेपाल सरकारलाई २३ करोड रुपैयाँभन्दा बढी हानि–नोक्सानी पु¥याएको भन्दै विशेषमा मुद्दा चलाएसँगै निलम्बनमा परेका उनीसहित ८ लाई विशेष अदालतले क्लिन चिट दिएसँगै मरासिनीलाई सरकारले अर्थ सचिवको जिम्मेवारी दिएको हो । बजेट निर्माणको मुखमा सरकारले कृष्णहरि पुष्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएर त्यहाँ मरासिनीलाई ल्याएको हो । फैसलाको पूर्ण पाठ आउनै बँँकी छ । विशेषले आगामी २५ वैशाखमा यो प्रकरणमा सजाय तोक्नका लागि पेशी तोकेको स्थिति छ ।

यो प्रकरणमा सुनिल एक्लैले भ्रष्टाचार गरेको मान्न तयार छैनन्,अख्तियारका अधिकारीहरु । फैसलाको पूर्ण पाठ आए लगतै अख्तियार सर्वाेच्च अदालतमा जाने तयारी गर्दैछ । तर, आज बसेको क्याविनेट बैठकले अर्थ मन्त्रालयको सचिवको जिम्मेवारी मधु मरासिनीलाई दिएको छ । त्यहाँका सचिव कृष्णहरि पुष्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सारेर त्यहाँ मधु मरासिनीलाई लगिएको हो । भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट मरासिनीले क्लिन चिट पाएको भए पनि अन्तिम फैसला नआइसकेको अबस्थामा अर्थ मन्त्रालयको जिम्मेवारी दिएको अख्तियारका अधिकारीहरुलाई चित्त बुझेको छैन ।

बिज्ञापन

मरासिनी बजेट महाशाखाको हाकिम हुँदा गरेको कर्म वापतको  मुद्धा खेपेका थिए । अब जागिरे अवधि १० महिना बाँकी भएका मरासिनीलाई अहिले सोही मन्त्रालयको  सचिवको जिम्मेवारी दिएर फैसलाको पूर्ण पाठ नआउँदै अर्थमै हतारहतार ल्याउनुमा कैफियत छ भन्दैछन्,अधिकारीहरु ।

यो बिषयमा नेपाल सरकारका बाहलवाला एक सचिवले व्यग्य मिश्रित टिप्पणी गर्दै भने,’मुख्य सचिव नै दाहिने भएपछि नेपालको प्रशासन संयन्त्रमा नहुने र नपुग्ने भन्ने के छ र ?’

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सिंहदरबारमा ‘चन्दने’को आतंक,भूमि र सामान्यका कर्मचारी सरुवामा हावी

मुख्य सचिवको अभिव्यक्तिले कर्मचारी ‘आगो’,आन्दोलनका कार्यक्रम घोषणा

सिंहदरबारको ‘कुरुप चित्र’ :- शासक- प्रशासकको असली चरित्र !

चालु आर्थिक बर्षको ९ महिनामा कुन बैंकले कति कमाए नाफा ?

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र आजदेखि बिक्री हुने

कमिसनको लोभमा जनप्रतिनिधि र कर्मचारीको पब्लिकेसन्ससँग साँठगाँठ

अवकाशपछि मुद्दा चलेर भ्रष्टाचारमा दोषी ठहर भए पनि पेन्सन दिने प्रस्ताव

स्थानीय तहका कर्मचारीद्वारा पनि आन्दोलन घोषणा

बिशेष