सचिव बढुवाका लागि दुई सहसचिव सिफारिस

सचिव बढुवा सिफारिस समितिले दुई सहसचिवलाई सचिव बढुवाका लागि सिफारिस गरेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी तोयम राया महालेखापरीक्षकमा नियुक्त भएसँगै रिक्त रहेको एक सचिवको पद र कायममुकायम महालेखापरीक्षक महेश्वर काफ्ले घर गएसँगै रिक्त हुन पुगेको सचिव पदमा एक एक जना सहसचिवको नाम सिफारिस भएको हो ।

बिज्ञापन

प्रशासनतर्फ रिक्त एक सचिव पदका लागि केदारनाथ शर्माको नाम सिफारिस भएको छ । शर्मा कोशी प्रदेश, विराटनगरका कायम मुकायम प्रमुख सचिवको रुपमा कार्यरत छन् । उनको नाम एकल सिफारिसमा परेको हो । निजामती सेवा ऐनअनुसार कार्यसम्पादन मूल्याङ्कन (८० प्रतिशत) का आधारमा हुने बढुवामा लगातार चार पटकसम्म एक सचिवका लागि तीन वरिष्ठ सहसचिव र पाँचौँ पटक ज्येष्ठता (२) प्रतिशत० बाट एक जना मात्र ज्येष्ठ सहसचिवको नाम सिफारिस गर्ने व्यवस्था अनुसार सबैभन्दा ज्येष्ठ सहसचिव शर्माको नाम मात्रै सिफारिस गरिएको हो ।

बिज्ञापन

यता कायममुकायम महालेखापरीक्षक महेश्वर काफ्ले अनिवार्य अवकाशमा गएसँगै रिक्त हुन पुगेको सचिव पदमा वैकुण्ठ बहादुर अधिकारीको नाम एकल सिफारिस भएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भानु जयन्तीका अवसरमा छवि वैरागी घिमिरे सम्मानित

कनिष्ठ कार्की मुख्यसचिव भएपछि वरिष्ठ सचिवहरू असन्तुष्ट, बिदामा बसे शर्मा

डिजिटल युगमा अभिव्यक्ति स्वतन्त्रता, उत्तरदायित्व र सभ्यताको नैतिक परीक्षा

ओएनएममै अलमल

करार सेवाका हजारौं कर्मचारी हटाइँदै, आउट सोर्सिङमा भर्ना गर्ने गृहकार्य

निजामती कर्मचारीको कार्यसम्पादनमा आधारित मूल्यांकन अनिवार्य

११२ शाखा अधिकृतको सरुवा : ३१ लाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

पाँच सुकुम्बासी परिवारलाई लालपूर्जा वितरण

बिशेष