सचिव बढुवाका लागि दुई सहसचिव सिफारिस

सचिव बढुवा सिफारिस समितिले दुई सहसचिवलाई सचिव बढुवाका लागि सिफारिस गरेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी तोयम राया महालेखापरीक्षकमा नियुक्त भएसँगै रिक्त रहेको एक सचिवको पद र कायममुकायम महालेखापरीक्षक महेश्वर काफ्ले घर गएसँगै रिक्त हुन पुगेको सचिव पदमा एक एक जना सहसचिवको नाम सिफारिस भएको हो ।

बिज्ञापन

प्रशासनतर्फ रिक्त एक सचिव पदका लागि केदारनाथ शर्माको नाम सिफारिस भएको छ । शर्मा कोशी प्रदेश, विराटनगरका कायम मुकायम प्रमुख सचिवको रुपमा कार्यरत छन् । उनको नाम एकल सिफारिसमा परेको हो । निजामती सेवा ऐनअनुसार कार्यसम्पादन मूल्याङ्कन (८० प्रतिशत) का आधारमा हुने बढुवामा लगातार चार पटकसम्म एक सचिवका लागि तीन वरिष्ठ सहसचिव र पाँचौँ पटक ज्येष्ठता (२) प्रतिशत० बाट एक जना मात्र ज्येष्ठ सहसचिवको नाम सिफारिस गर्ने व्यवस्था अनुसार सबैभन्दा ज्येष्ठ सहसचिव शर्माको नाम मात्रै सिफारिस गरिएको हो ।

बिज्ञापन

यता कायममुकायम महालेखापरीक्षक महेश्वर काफ्ले अनिवार्य अवकाशमा गएसँगै रिक्त हुन पुगेको सचिव पदमा वैकुण्ठ बहादुर अधिकारीको नाम एकल सिफारिस भएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रतिनिधि सभामा पुग्यो सामान्य प्रशासन मन्त्रीको ७८ लाख घुस डिल प्रकरण

तीन दफाले प्रदेश निजामती मारमा,संशोधनका लागि सचिवसहित २० कर्मचारीको ज्ञापन

सात सहसचिवसहित २५ कर्मचारी गृहको बरण्डामा

भदौं अगाडि निजामती विद्येयक पारित हुने सम्भवना क्षीण, कुन- कुन उच्च प्रशासक मारमा ?

राष्ट्रिय सभामा पेश हुँदै निजामती विद्येयक,संशोधनका लागि ७२ घण्टाको समय

इमान्दार कर्मचारीले भ्रष्टाचारको अभियोगबाट कसरी बच्ने ?

इ गणेशराज वस्तीको कविता : त्यही ओछ्यान प्यारो छ

बजेटको घडी

बिशेष