शिक्षकलाई राजनीतिक दलको सदस्य बस्न नमिल्ने, त्यस्तो पाइए कारबाही गर्ने

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यमान कानुन अनुसार कर्मचारी र शिक्षकलाई राजनीतिक दलको सदस्य बस्न नमिल्ने भन्दै त्यस्तो पाइए कारबाही गर्ने प्रतिबद्धता पनि व्यक्त गरेकी छिन् ।

बिज्ञापन

मंगलबार मन्त्रालयमा विश्वविद्यालयहरूको बारेमा विज्ञहरूको सुझाव लिदैँ उनले बताइन् । उनले भनिन्, ‘हाम्रो कानुनमा राखिएको छ र स्पष्ट रुपमा भन्छ कि शिक्षक र कर्मचारीहरु राजनीतिक पार्टीको कुनैपनि कार्यकारीमा बस्नु हुँदैन । शिक्षा ऐनले यो कुरा भन्छ । राजनीतिक दल सम्बन्धीको ऐनले कर्मचारी र शिक्षकलाई सदस्यता नदिनु भन्छ । यो कानुनमा नभएको कुरा होईन्, यो हामीले कसरी गर्ने भन्ने कुरामा ध्यान दिन नसकेको हुनाले गा¥हो भइरहेको मात्रै हो । म शिक्षामन्त्रीको हैसियतले ऐनहरु कार्यान्वयन गर्ने काम गरिहाल्छु । त्यसमा मलाई प्रमाणसहित नाम दिनु त्यो कार्यान्वयनको पाटो म अगाडि लग्छु । यो मेरो प्रतिबद्धता हो ।’

बिज्ञापन

आफू र आफ्नो पार्टी तर्फबाट हस्तक्षेप नहुने प्रतिबद्धता व्यक्त गर्दै अरुबाट भएको छ भने पनि कारबाही गर्ने बताएकी छिन् । उनले भनिन्, ‘म कसैलाई फोन गरेर यसलाई नियुक्ति गर, उसलाई नगर भन्दिन । मेरो पार्टीको कसैलाई त्यस्तो फोन आयो भने मलाई भन्नु भनेको छु । यस्तो काम मेरो पार्टीबाट र मबाट हुदैँ हुदैँन् । अरुले गरेहालेपनि मलाई भन्नु, म पदेन सहकुलपति छु । त्यसैले मापदण्ड बनाएर नियुक्ति प्रक्रिया समान गर्नको लागि प्रयोग गर्छु । यो मेरो प्रतिवद्धता भयो ।

 

बिज्ञापन

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

वार्डेनदेखि जेलरको नियुक्तिमा करोडौं घुस उठाइएको अडियो सार्वजनिक,को- को मुछिए ?

निलम्बनमा परेका नासुको समेत इलाका प्रशासनमा सरुवा

अध्यागन विभागमा तानिए पाँच अफिसर र एक कम्युटर अपरेटर

सिंहदरबारमा अब सचिव- सहसचिवको ‘छड्के प्रवेश’

एसपीलाई भन्सार अधिकृतको च्यालेञ्ज (अडियो संवादसहित)

भदौमै सक्नुपर्ने सरुवा असोजमा पनि जारी, सामान्य प्रशासन मन्त्रालयमा मनपरी

स्थानीय तहमा समायोजन भएका खरिदारको सिडियो कार्यालयमा सरुवा

प्रमुख प्रशासकीय अधिकृत,इन्जिनियरसहित आठ विरुद्ध भ्रष्टाचार मुद्धा दायर

बिशेष