३४ उपसचिवको पदस्थापन :- १६ सिंहदरबारमै,९ लाई प्रमुख प्रशासकीय अधिकृत

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३४ शाखा अधिकृतको पदस्थापन गरेको छ । मन्त्रालयले उपसचिवमा बढुवा भएका ३४ जना नेपाल प्रशासन सेवा, समान्य प्रशासन समूहका कर्मचारीहरुलाई विभिन्न मन्त्रालय,निकाय तथा स्थानीय तहमा पदस्थापन गरेको हो ।

बिज्ञापन

कार्यक्षमता मूल्यांकनका आधारमा उपसचिवमा उक्लिएका मध्ये ९ जनालाई प्रमुख प्रशासकीय अधिकृतका रुपमा स्थानीय तहमा खटाएको छ ।पदस्थापनको सूची अनुसार,१६ उपसचिवलाई सिंहदरबारकै मन्त्रालयमा पदस्थापनको अवसर पाएका छन् । बाँकी बढुवा भएका उपसचिवहरुलाई जिल्लास्थित कार्यालय,प्रदेश कार्यालयमा खटाइएको छ ।

बिज्ञापन

सामान्य प्रशासनबाट प्राप्त सूची अनुसार ती सबैलाई काजमा स्थानीय तहमा खटाइएको हो । जसअनुसार,पितानाथ लुइटेललाई कोहल्वी नगरपालिका,बारा,रामदत्त भट्टलाई पर्सा नगरपालिका,खेमराज देवकोटलाई कृष्णनगर नगरपालिका,महेशबहादुर वमलाई भीमदत्त नगरपालिका,बिष्णुप्रसाद सुवेदीलाई फिदिम नगरपालिकामा खटाइएको छ ।
यस्तै जयकान्त झा लहान नगरपालिकामा खटाइँदा सबिन सिंह चौधरीलाई मायादेवी गाउँपालिकामा पठाइएको छ । सिकिन्द्र साहलाई बिदेह नगरपालिका र चिरञ्जिवी घिमिरे ताराखोला गाउँपालिकामा कामकाजका लागि खटाइएको छ ।
पदस्थापनको सूची अनुसार,१६ उपसचिवलाई सिंहदरबारकै मन्त्रालयमा पदस्थापनको अवसर पाएका छन् । जसमा युवराज अर्याललाई उद्योग वाणिज्य मन्त्रालय,सुरज श्रेष्ठलाई सञ्चार,मन्दिरा पोखरेललाई राष्ट्रिय सर्तकता केन्द्र,धनेश्वर पौडेल अध्यागमन त्रि अ वि,गणेशबहादुर कटवाल कृषि तथा पुशपक्षी,तुलसी भट्टराई संघीय मामिला तथा सामान्य प्रशासन,कुमार भट्टराई निर्वाचन आयोग,मेघराज पन्त कृषि तथा पशुपक्षीमै पदस्थापन हुन सफल भएका छन् ।
यस्तै,पोषण लामिछाने उर्जा तथा जलश्रोत,मुक्ति प्रसाद खनाल सञ्चार,चिरञ्जिवी नेपाल सामान्य प्रशासनमै,लिलाधर अवस्थि सामान्य प्रशासन (अतिरिक्त),सुशीला पौडेललाई खानेपानी मन्त्रालय,रीता लम्साल सामान्य प्रशासन (अतिरिक्त),विष्णु कुमारी भुसाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदस्थापन भएका छन् । बाँकी उपसचिवहरुलाई जिल्ला तथा प्रदेश कार्यालयहरुमा पदस्थापन गरिएको सामान्य प्रशासनले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रालयको संख्या कटौती हुने भए पछि उच्च प्रशासकहरुको निदहराम

पहिलो क्याविनेटमै सार्वजनिक सेवा प्रवाहमा ऐतिहासिक निर्णय गर्दैछन् बालेन

आजै मन्त्रीको नाम टुंग्याउने रास्वपाको तयारी,को को छन् चर्चामा ?

अधिकृत र बिचौलियाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नयाँ मन्त्रीलाई छैन क्वार्टर : घर हुनेलाई सुविधा, नहुनेलाई भाडामा

अदालतका सुब्बालाई बहालवाला तीन सचिवभन्दा माथिल्लो पदमा नियुक्ति, मध्यराती पदभार ग्रहण

प्रमुख प्रशासकीय अधिकृतलाई मेयरको आग्रह ‘घर बस्दा बस्दै दिक्क लाग्यो होला,अफिस आउनुहोस’

प्रधानमन्त्रीको शपथ कार्यक्रमको प्रबन्ध मिलाइदिन मुख्य सचिवलाई रास्वपा महामन्त्रीको पत्र

बिशेष