३ जना उच्च प्रहरी अधिकृत घर जाँदै

नेपाल प्रहरीका ३ जना उच्च प्रहरी अधिकृतहरु यसैसाता अवकाशमा जाने भएका छन् । दुईजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र १ प्रहरी नायव महानिरीक्षक (डीआईजी) ५६ बर्षे उमेरहदका घर जान लागेका हुन् ।

बिज्ञापन

प्रहरी कितखाना अनुसार एआईजी र डीआईजीको ५६ बर्षे उमेरहदका कारण यहि बैशाख ५ गतेदेखि एआईजी सन्दीप भण्डारी अनिवार्य अवकाशमा जाने भएका छन्। त्यस्तै बैशाख ७ गतेदेखी एआईजी मिरा चौधरी थारु र डीआईजी बिकासराज खनालले पनि अनिवार्य अवकाश पाउनेछन्।प्रशासन विभाग प्रमुख एआईजी मिरा चौधरी, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सन्दिप भण्डारी र गण्डकी प्रदेशका डीआईजी विकाशराज खनाल जिम्मेवारीमा कार्यरत छन् ।

बिज्ञापन

तिनैजना उच्च अधिकृहरु आईजीपी बसन्त कुँवरसँगै २०५१ चैत ५ मा प्रहरीमा प्रवेश गरेका थिए ।नेपाल प्रहरीमा उमेर हद हेरफेर गर्ने र ३० वर्षे पनि हटाउने प्रक्रिया बिचमै रोकिएपछि उनीहरुको अवकास निश्चित भएको हो। नयाँ प्रहरी ऐन नबनेमा आईजीपीकै ब्याचका अन्य एआईजीहरु पनि उनीभन्दा पहिले नै अवकासमा जानेछन्।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख श्यामलाल ज्ञवाली र किरण बज्राचार्य पनि आईजीपी भन्दा पहिले नै अवकास हुनेछन्।आईजीपी कुँवर पहिलो नम्बरमा डीआईजी बढुवा हुँदा २०७९ असार ८ गते उनीहरु पनि बढुवा सिफारिस भएका थिए।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

घर जान लागेका मुख्यसचिवले रोकिदिए समाजकल्याण परिषद्को सदस्य सचिवको पुन: नियुक्ति

यस्ता छन् मन्त्रिपरिषद्का २५ निर्णय

मुख्यसचिव अर्याल विदामा नबस्ने,१० मंसिरसम्म कुर्सीमै बस्ने,को होलान नयाँ मुख्यसचिव ?

५२ बर्षपछि सिंहदरबारभित्र सर्दै स्वास्थ्य मन्त्रालय,कटेजमै मन्त्री- सचिवको कार्यकक्ष तयार

एमाले नेता रोक्न जेन जीहरुद्धारा विमानस्थल घेराऊ,प्रशासनले लगायो कर्फ्यू

कार्यकाल सकिएकै भोलिपल्टै विवादित भट्टलाई अर्काे चार बर्षका लागि नियुक्ति

अदालतमै घुस खाने नायब सुब्बा अख्तियारको फन्दामा

अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस

बिशेष