३ जना उच्च प्रहरी अधिकृत घर जाँदै

नेपाल प्रहरीका ३ जना उच्च प्रहरी अधिकृतहरु यसैसाता अवकाशमा जाने भएका छन् । दुईजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र १ प्रहरी नायव महानिरीक्षक (डीआईजी) ५६ बर्षे उमेरहदका घर जान लागेका हुन् ।

बिज्ञापन

प्रहरी कितखाना अनुसार एआईजी र डीआईजीको ५६ बर्षे उमेरहदका कारण यहि बैशाख ५ गतेदेखि एआईजी सन्दीप भण्डारी अनिवार्य अवकाशमा जाने भएका छन्। त्यस्तै बैशाख ७ गतेदेखी एआईजी मिरा चौधरी थारु र डीआईजी बिकासराज खनालले पनि अनिवार्य अवकाश पाउनेछन्।प्रशासन विभाग प्रमुख एआईजी मिरा चौधरी, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सन्दिप भण्डारी र गण्डकी प्रदेशका डीआईजी विकाशराज खनाल जिम्मेवारीमा कार्यरत छन् ।

बिज्ञापन

तिनैजना उच्च अधिकृहरु आईजीपी बसन्त कुँवरसँगै २०५१ चैत ५ मा प्रहरीमा प्रवेश गरेका थिए ।नेपाल प्रहरीमा उमेर हद हेरफेर गर्ने र ३० वर्षे पनि हटाउने प्रक्रिया बिचमै रोकिएपछि उनीहरुको अवकास निश्चित भएको हो। नयाँ प्रहरी ऐन नबनेमा आईजीपीकै ब्याचका अन्य एआईजीहरु पनि उनीभन्दा पहिले नै अवकासमा जानेछन्।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख श्यामलाल ज्ञवाली र किरण बज्राचार्य पनि आईजीपी भन्दा पहिले नै अवकास हुनेछन्।आईजीपी कुँवर पहिलो नम्बरमा डीआईजी बढुवा हुँदा २०७९ असार ८ गते उनीहरु पनि बढुवा सिफारिस भएका थिए।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्थानीय सेवामा कार्यरत कर्मचारीहरूको सरुवा मापदण्ड संशोधन

१५ सेकेन्डले बाँचेको जीवन : १५ सेकेन्डले हराएका मेरा साथीहरूको खोजीमा

भोटेकोशी प्रलयमा परी १६० राष्ट्रसेवक वेपत्ता,चारको मृत्यु

उपसचिव सिडियो,उनकै मातहतमा खटाइयो सहसचिव

निजामती सेवा दिवसका सम्पूर्ण कार्यक्रम रद्ध

६४ हजार घुस रकमसहित पक्राउ परिन शाखा प्रमुख

भोटेकोशी बाढीको क्षति मूल्याङ्कनदेखि वैकल्पिक राजमार्ग सञ्चालनसम्म, बागमती सरकारका सात निर्णय

रसुवा र धादिङलाई वैकल्पिक मार्गबाट सडक सञ्जालमा जोडिसक्यौँः सडक डिभिजन प्रमुख शर्मा

बिशेष