खानेपानी आयोजनाका हाकिमसहित ५ विरुद्ध भ्रष्टाचार मुद्धा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिंचाइ तथा ऊर्जा विकास कार्यालय मुगुका प्रमुख राजिव रिमालसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बिज्ञापन

पाँच जनाको मिलेमतोमा आयोजनाको ५ लाख ६१ हजार ४८१ रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

बिज्ञापन

मुगुको सोरु गाउँपालिका ५ स्थित नेर सिंचाइ आयोजनाको पाइपलाइन निर्माणका क्रममा गलत विवरण बुझाइ उपभोक्ता समितिलाई गैरकानुनी लाभ र सरकारलाई हानी नोक्सानी पुर्‍याएको अख्तियारले दाबी गरेको छ ।आर्थिक वर्ष २०७८र ०७९ मा सोरु गाउँपालिकाको वडा नम्बर ५ मा सिँचाई आयोजनामा निर्माणमा अनियमितता भएको आयोगको दाबी छ । सिचाइ आयोजनाको पाइपलाइन १७ सय हुनुपर्नेमा ८१२ मिटर मात्रै बनाएको र पूरा भएको भनी झूठो विवरण पेश गरी पहिलो, दोस्रो बिल स्वीकृत गरेर ५ लाख ६१ हजार रुपैयाँ अनियमितता गरेको अख्तियारले जनाएको छ ।

अख्तियारले रिमालका साथै सव–इन्जिनियर नरबहादुर लावड, उपभोक्ता समितिका अध्यक्ष तेजबहादुर शाही, उपाध्यक्ष हिराबहादुर शाही र सचिव तीर्थबहादुर शाहीलाई प्रतिवादी बनाएर मुद्धा दायर गरेको हो ।

बिज्ञापन

आरोप पत्रमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ बमोजिम उक्त रकम जफत गरि कैद र जरिवानाको माग गरिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

प्रशासनका सहसचिव धमाधम बढूवा,प्राविधिकतर्फ ठप्प

मधेश प्रदेशका ३१ शाखा अधिकृतको सरुवा

६२ शाखा अधिकृतको सरुवा : ३८ लाई स्थानीय तह खटाइँदा २२ भित्रिए सिंहदरबार

झापा प्रशासनको ‘शून्य बाँकी आवेदन’ अभियान, बिहान ७ देखि बेलुकी ६ बजेसम्म सेवा

२६ उपसचिवको जिम्मेवारी फेरियो, १६ जनालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

संसद्को बजेट अधिवेशन अन्त्यको तयारी,के हुन्छ संघीय निजामती सेवा विधेयक ?

सिँचाईको सीडीईहरुको सरुवाको गृहकार्य

थप दुई सहसचिवले दिए राजीनामा

बिशेष