पछिल्लो एक महिनामै १ अर्ब ६३ करोड रकमान्तर

चालु आर्थिक वर्ष सकिन तीन महिना बाँकी छ तर पूँजीगत खर्च सुस्त छ । सोही कारण बजेट खर्च बढाउन अर्थमन्त्रालय सक्रिय छ । अर्थले पछिल्लो एक महिनामै सरकारी निकायबाट १ अर्ब ६३ करोड रकमान्तर गरी खर्च भएको छ । यस्तै, २ अर्ब ६३ करोडको कार्यक्रम संशोधन गरिएको छ ।

बिज्ञापन

कुल रकमान्तर भएको १ खर्ब ६३ अर्ब रुपैयाँमध्ये सबैभन्दा बढी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट भएको छ । स्वास्थ्य मन्त्रालयमातहतका सरकारी निकायले ६४ करोड ४१ लाख रुपैयाँ रकमान्तर गरेका छन् । त्यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ४८ करोड ८६ लाखको रकमान्तर गरेको छ ।

बिज्ञापन

२८ स्थानीय तहका लागि पालिकाअन्तर्गत निर्माणाधीन आधारभूत अस्पतालको कार्यप्रगति तथा मोबिलाइजेसन भुक्तानीको रकमान्तर गरिएको छ । उक्त शीर्षकमा ४९ करोड २४ लाख ३१ हजार रुपैयाँ खर्च भएको छ ।

छात्रावृत्ति करारमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको पारिश्रमिक र भत्ता भुक्तानी गर्न स्वास्थ्य क्षेत्र सुधार कार्यक्रमका लागि ३२ लाख रुपैयाँ रकमान्तर भएको छ । यस्तै, मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यासर रोगी र मेरूदण्ड पक्षघातका बिरामीहरूलाई औषधि उपचार खर्चबापत मासिक ५ हजार रुपैयाँका दरले उपलब्ध गराइने रकम भुक्तानी गर्न १४ करोड ८५ लाख निकासा भएको छ ।

बिज्ञापन

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत महाकाली कोरिडोर (ब्रम्हदेव–झुलाघाट–दार्चुला–टिङकर) अन्तर्गत विकास निर्माण निर्देशनालयका लागि ७० लाख रुपैयाँ रकमान्तर गरी खर्च भएको छ । सडक निर्माणको दायित्व प्राथमिकताका आधारमा भुक्तानी गर्न सडक डिभिजन, घोराही ९दाङ० लाई ९ करोड ४ लाख रुपैयाँ पैसा निकासा दिइएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सीईओ ज्योतिप्रकाश पाण्डेलाई धरौटीमा छाड्न आदेश

बरण्डामा हाकिमको बथान

प्रधानमन्त्री कार्यालयमा सात घण्टा थुनिएको घटनामा प्रमुख आयुक्तले दिए जबाफ

मन्त्रीको टिप्पणी : कर्मचारीतन्त्रमा डिसिजन प्यारालाइसिस देखिन्छ

भ्रष्टाचार बढ्नुमा सरकार, अदालत र महालेखा कार्यालय जिम्मेवार छन्

जागिर अवधि बर्ष दिन बाँकी रहेका सचिव,उपसचिवदेखि तीन सहसचिवद्धारा एकै पटक राजीनामा

पीआर होल्डर चार अधिकृतपछि खरिदारमाथि एक्सन

तीन विभागका महानिर्देशक हेरफेर,नेपाललाई निमित्त

बिशेष