पच्चीस करोडको हिसाब निकाल्न पसिना पसिना

मतपत्रसहितका निर्वाचन सामग्री छाप्न भनी ०७४ को निर्वाचनको अन्तिम घडीमा किनिएका तीनवटा मेसिन बेवारिस छन् । हाल आयोगमा अत्याधुनिक ती मेशिन चलाउने जनशक्तिसमेत नभएको बताइन्छ ।

बिज्ञापन

आयोगले मंसिरमा हुने चुनावका लागि दुई महिनाअघि असोजमा मात्र मेशिन खरिद गरेको थियो । छोटो समयका लागि किन खरिद गरियो भन्ने विषयले सन्देह उत्पन्न भएको छ ।

बिज्ञापन

आयोगसँग १३ प्रिन्टिङ मेशिन मौजुदा रहेकै अवस्थामा २५ करोड मूल्यका तीनवटा मेशिन थपिएको थियो । १९ असोज ०७४ मा प्रिन्टर खरिदको निर्णय गर्दा स्थानीय निर्वाचन सकिएर प्रतिनिधिसभा र प्रदेशसभाको मात्र बाँकी थियो । जसले गर्दा मतदाता नामावलीसमेत प्रिन्ट हुन सकेन भने त्यसो गर्नलाई समय पनि बाँकी थिएन ।

यसो गर्दा सार्वजनिक खरिद नियमावलीसमेत मिचिएको छ । नियमावलीमा २० लाख रूपैयाँभन्दा बढी लागत अनुमान भएको मालसामान खरिद गर्दा बोलपत्र गर्नुपर्ने व्यवस्था छ । आयोगले ऐनको हवाला दिएर ‘आपत्कालीन परिस्थिति’ भन्दै आए पनि कुनै तथ्य–तथ्यांकले यसलाई पुष्ट्याइँ गर्दैन ।

बिज्ञापन

तीनवटा मेशिन किन्नुअघि दुई करोड १५ लाख रूपैयाँ खर्चेर आयोगले १३ थान प्रिन्टर मर्मत गरेको तथ्यसमेत बाहिरिएको छ । मेशिन आउन विलम्व भएपछि प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनतर्फको मतपत्र छपाइ कार्य जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट गरिएको थियो ।जनआस्था साप्ताहिकबाट

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

आचारसंहिता लाग्नु अघि सिंहदरबारमा मध्यरातीसम्म काम : अगाडि बढ्यो महाप्रवन्धक नियुक्ति प्रक्रिया

प्रधानमन्त्री रोजगार कार्यक्रम खारेज

खेलकुद मन्त्रीले बुझाए राजीनामा,सञ्चारमन्त्री छलफलमै

यूएईका श्रम काउन्सेलर सिंहदरबार फिर्ता,नयाँ नियुक्तिका लागि मन्त्रालयले माग्यो आवेदन

५८ शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस

निर्वाचन आचारसंहिता लागू : सरकारी नियुक्ति सरुवा, बढुवामा आजदेखि लगाम

आठ सहसचिवहरुको सरुवा

८ सहसचिवहरूको सरुवा

बिशेष