मालपोतको १ करोड १९ लाख राजश्व आफ्नै गोजीमा हाल्ने लेखा अधिकृतविरुद्ध मुद्दा दर्ता

राजस्व रकम हिनामिना गरेको आरोपमा मालपोत कार्यालय चितवनका तत्कालीन लेखा अधिकृत रिठ्ठे दर्जीसहित तीन जनाविरुद्ध साढे चार करोड रुपैयाँ बिगो मागदाबीसहित अख्तियारले मुद्दा दर्ता गरेको थियो ।

बिज्ञापन

विशेष अदालतको गत साउन १४ गतेको फैसलाले दर्जीलाई उक्त अभियोगमा दोषी ठहर गर्दै सात वर्ष कैद र एक करोड १७ लाख २४ हजार ५३८ रुपैयाँ जरिवाना तोकिदियो । अन्य दुईले भने सफाइ पाएका थिए ।उनले राज्यमा दाखिला गर्नुपर्ने १ करोड १७ लाख राजश्व हिनामिना गरी आफ्नै गोजीमा हालेका थिए ।

बिज्ञापन

राजश्वबापत उठेको पैसा दाखिल नगरी नक्कली भौचर पेश गरी हिनामिना गरेका थिए । ०७४–७५ मा मालपोत कार्यालय भरतपुरमा लेखा अधिकृत हुँदा ५९ वर्षीय परियारले राजस्व उठेको पैसा नक्कली बैंक भौचर रेकर्डमा राखेर हिनामिना गरेको आरोप छ ।

घरमा पनि उनको सम्बन्ध राम्रो नरहेको बुझिएको छ । छोराले नै रिठ्ठेविरुद्ध अंश मुद्दा हालेका छन् । दर्जी र उनको परिवारका सदस्यका नाममा रहेको सम्पत्ति रोक्का गरिसकिएको कार्यालयले जनाएको छ । दर्जीको नाममा रहेको भरतपुर १० ‘ग’ को कित्ता नं ६२९ को १६ धुर जग्गा मालपोत ऐन २४ को दफा ७ बमोजिम रोक्का गरिएको उनले बताए । उनले साझेदारी गरेर सञ्चालन गरेको भरतपुर १० मा रहेको सप्तगण्डकी डिपार्टमेन्ट स्टोर्सको समेत सम्पूर्ण बैंक खाता रोक्का गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

शाखा अधिकृतलाई धरौटीमा छाड्न आदेश दिएपछि अदालतमै पिइन युवतीले बिष

गोकर्णमा पनि गडबडी : कौडीको भाउमा २७२२ रोपनी जग्गा २५ वर्षका यति होल्डिङ्सलाई

ट्रमा सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट डा. रिजालद्वारा पदबाट राजीनामा

निलम्बन प्रक्रियामा उपसचिव, कीर्ते प्रकरणमा प्रहरी अनुसन्धानमा तानिए महानिर्देशक

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

हाजिरपछि बेपत्ता उपसचिव, कार्यालय ताला र साँचो अलपत्र

मालपोत कार्यालय चाबहिलका प्रमुख र नासुद्वारा समाचार खण्डन

हस्तान्तरणपछि PIS Portal सञ्चालनमा प्रदेश सरकार सक्रिय, ३५ दिनमै १०.६ प्रतिशतले वृद्धि

बिशेष