सम्पत्ति छानबिन गर्ने भए ‘संसदीय छानबिन समिति’पनि बनाऔं:- विश्वप्रकाश - Karmacharipress

सम्पत्ति छानबिन गर्ने भए ‘संसदीय छानबिन समिति’पनि बनाऔं:- विश्वप्रकाश

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम सांसद विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीले उठाइरहेको सार्वजनिक पद धारण गर्नेको सम्पत्ति उपर उच्चस्तरीय छानबिन समितिको स्वागत गरेका छन् ।

बिज्ञापन

मंगलबार सामाजिक संजालमा भनेका छन्,‘विगतदेखि हामी सबैले माग गर्दै आएको ०४७ यता सार्वजनिक पद धारण गर्नेको सम्पत्ति उपर उच्चस्तरीय छानबिन समितिको माग रास्वपाले अहिले जो अघि सारेको छ, त्यो उपयुक्त छ । गठन गरौं ।’

बिज्ञापन

त्यस्तै उनले सहकारी ठगीबारे ‘संसदीय छानविन समिति’ गठन गरौं पनि भनेका छन् । रास्वपाको मागप्रति समर्थन गर्दै शर्माले छानविन समितिका लागि दबाब बढाएका हुन् ।

नेपाली कांग्रेसको मंगलबार बसेको संसदीय दलको बैठकले पनि सहकारीको रकम दुरुपयोग, हिनामिना र ठगी गर्ने कार्यमा सरकारमा वहाल रहेका मन्त्री समेत संलग्न रहेकाले संसदीय छानबिन समिति माग गरेकोछ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

वर्षौंदेखि उपत्यकामै जरा गाडेका कर्मचारीमाथि प्रश्न, सरुवाबाट कसले जोगाइरहेको छ?

बाढीमा खट्नेको समेत काटियो आधा तलब

संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग

२ सयको जागिर खाएपछि सरकारले ल्यायो साविक व्यवस्था जगाउने विधेयक

कार्यालय समयकै कामको अतिरिक्त भत्ता लिने प्रथा बन्द गर्नुपर्छ: सांसद सिंह

मुस्ताङ भन्सारमा ‘सेटिङ’को साम्राज्य : गाडीपिच्छे लाखौँको खेल, करोडौँ राजस्व जोखिममा

सरुवा वोर्ड गठन गरी सरापबाट बचाइदिनुहोस सरकार : रास्वपा महामन्त्री

प्रतिनिधि सभामा २ विधेयक,राष्ट्रियसभामा लोक सेवाको प्रतिवेदन पेस हुँदै

बिशेष