‘संघीय निजामती सेवा विद्येयक संघीयता अनुकुल छैन’

संघीयता विज्ञ तथा राष्ट्रिय सभाका सदस्य समेत रहेर काम गरिसकेका खिमलाल देवकोटाले संघीय निजामती सेवा विद्येयक संघीयता अनुकुल नभएको टिप्पणी गरेका छन् ।

बिज्ञापन

कर्मचारी प्रेस डटकमसँग कुराकानी गर्दै देवकोटाले हिजो खारेज भइसकेका शिक्षा विभाग,जिल्ला शिक्षा कार्यालयहरु अहिले ब्युताइएर संघीयतामा नपुग्ने जिकिर गरेका छन् । एकातिर सिंहदरबारको अधिकार गाँउ गाँउमा पुर्याउने भनिने अर्काेतिर उनीहरुको कार्यक्षेत्र दोहोरोपना हुने गरी राखेर मुलुकमा संघीयता कार्यन्वयन नहुने टिप्पणी गरेका हुन ।उनले स्थानीय तहमा समेत केन्द्रबाटै १० बर्षसम्म प्रमुख प्रशासकीय अधिकृत खटन पटन गराउने प्रस्ताव संविधान मर्म विपरित रहेको टिप्पणी गरेका हुन । यस्का अलवा विद्येयकका कतिपय दफाहरु समेत संघीयताको मर्म विपरित रहेको टिप्पणी गरेका हुन ।

बिज्ञापन

उनले स्थानीय तहमा खटिने प्रमुख प्रशासकीय अधिकृतको खटन गटन गर्ने अधिकार तलको सरकारसँगै हुनुपर्ने बताए । एकातिर संघीयता भन्ने अर्काेतिर केन्द्रबाट कर्मचारी खटन पटन गर्ने ? अनि संघीयता मजभुत हुन्छ ? प्रदेश र स्थानीय तहमा संघले कर्मचारी खटाउँदा उक्त कर्मचारी जस्ले नियुक्ति गरेको हो,उ सोही प्रति जिम्मेवार र उत्तरदायी हुने उल्लेख गर्दै पालिकाको प्रमुख प्रशासकीय अधिकृत केन्द्रको नभई प्रदेशको हुनुपर्दछ भन्ने राय दिएका छन् ।
यसरी खटन गटन गरिएका कर्मचारीलाई कम्तिमा दुई बर्षसम्म नचलाउन पनि उनले प्रस्ताव गरेका हुन ।

कर्मचारी समायोजन ऐन ०७५ अनुसार समायोजनपछि रिक्त रहेका स्थानमा तत तत् निकायले आफैं पदपूर्ति गर्ने भनियो । बाँकी कर्मचारी तेरो जिम्मेवारी भनियो तर समायोजन भएका कर्मचारी पनि सरुवा गर्दिने,फिर्ता गर्ने भयो । केन्द्रबाटै खटन पटन हुन थाल्यो । प्रदेश लोकसेवाबाट पदपूर्ति गर्नका लागि झण्डै एक बर्ष ढिला गरी गठन भयो । ती निकायलाई काम गर्न दिइएन । संघीय कानुन बनेन,प्रदेशको कानुन त बनेको छ तर त्यो संघीयता अनुकुल भएन भनिँदैछ । त्यस्को ओनरसिप छैन । सबैलाई चीर्नका लागि संघीय निजामती विद्येयक ल्याइदिनुपर्देथ्यो पहिला ।

बिज्ञापन

अर्काेतिर हिजो २०/३० लाख बजेट हुँदा पनि त्यही खरदार,सुब्बा,अहिले २०/३० करोड बजेट वित्तिय स्रोत माथिबाट छुट्टाइँदा पनि तिनै खरदार÷सुब्बा । स्थानीय तहमा कम्तिमा उपसचिव तहको कर्मचारी हुनुपर्दछ भनेर सिफारिस गरेको भए पनि कार्यन्वयन हुन नसकेकोमा उनले दुखेसो पोखे । सिंहदरबारमा काम छैन,कर्मचारीहरु काम विहिन भएर बसिरहेका छन् । तल समस्यै समस्या छ,कर्मचारी छैन ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

परराष्ट्रको दरबन्दी घटाउने सरकारको तयारीमा मन्त्रालयकै ‘अडान’, ओएन्डएम अलपत्र

‘२४ घण्टामै उपकरण, पहिरो पन्छाएर सडक सञ्चालन’ : चरिकोट डिभिजनको एक वर्षे यात्रा

अर्थ मन्त्रालयमा उपसचिव सरुवाको तयारी, करिब ६० जनाको सूची बन्दै

सल्लाहकारले सल्लाह दिन्छन कि ब्युरोक्रेसी हल्लाउछन् ?

१३ मन्त्रालयको कटौती,चार मन्त्रालयमा थपिए २२९ दरबन्दी

कुन सेवामा कति दरबन्दी कटौती ?

४७ उपसचिवको सरुवा : २३ लाई पठाइयो नगरपालिका, स्थानीय तहबाट १८ आए संघीय मन्त्रालय

वीवाइडीले कर छलेको पृष्टि : रसुवा भन्सारमा १९ करोड २७ लाख दाखिला

बिशेष