नेपाल धितोपत्र बोर्ड(सेबोन)को अध्यक्ष पदका लागि आवेदन दिएकामध्येबाट ५ जनाको नाम सर्टलिस्टमा छानिएको छ । अध्यक्ष नियुक्तिका लागि गठन भएको सिफारिस समितिले प्रस्तुतीकरण, योग्यता र अनुभवका आधारमा १९ आवेदकमध्येबाट ५ जनाको नाम अध्यक्षका लागि सर्टलिस्ट गरेको हो ।
बिज्ञापन
समितिले चिरञ्जिवी चापागाईं, कृष्णबहादुर कार्की, मुक्तिनाथ श्रेष्ठ, डा. नवराज अधिकारी र सन्तोषनारायण श्रेष्ठको नाम फाइनल गरेको हो । जसमध्ये चापागाईं बिमा समिति (हाल बिमा प्राधिकरण)का पूर्वअध्यक्ष, कार्की नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत, अधिकारी र मुक्ति श्रेष्ठ बोर्डकै कार्यकारी निर्देशक हुन् ।
बिज्ञापन
समितिले अब अन्तिम प्रस्तुतीकरणका आधारमा पाँचमध्ये ३ जनाको नाम बोर्डको अध्यक्ष नियुक्तिका लागि मन्त्रीपरिषदमा पठाउनेछ । ती ३ नामबाट एकजनालाई मन्त्रीपरिषद बैठकले अध्यक्ष पदमा नियुक्ति गर्नेछ । अध्यक्षबाट रमेश हमालको कार्यकाल सकिएपछि बोर्ड सञ्चालक समितिले अध्यक्षका लागि आवेदन माग गरेको हो । त्यसको अन्तिम म्याद ३० फागुन थियो ।