इलाम २ उपनिर्वाचन : १३ जनाले गराए उम्मेदवारी दर्ता

काठमाडौं । आउँदो वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनका लागि हालसम्म १३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार मनोनयन दर्ताको लागि तोकिएको समयमा १३ जनाले दर्ता प्रमाणपत्र बुझेका छन् ।

बिज्ञापन

शनिबार १० बजेबाट सुरु भएको निर्वाचन प्रक्रियामा जनमत पार्टीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पहिलो क्रममा मनोनयन दर्ता गराएको छ । जनमत पार्टीका उम्मेदवार प्रेमकुमार थाम्सुहाङले सुरुमै मनोनयन दर्ता गराएका हुन् ।

बिज्ञापन

मनोनयनअघि चर्चामा नै नआएको नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले दोस्रो क्रममा मनोनयन दर्ता गरेको छ । नेमकिपाबाट मोरङका श्यामबहादुर दर्जीले उम्मेदवार दर्ता गराएका हुन् ।

जनमत पार्टी र नेमकिपाले इलाम–२ मा अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिएका थिएनन् । तेस्रोमा डाकप्रसाद गौतमले मनोनयन दर्ता गराएका छन् । गौतमले यसपटक भने स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

बिज्ञापन

एकीकृत समाजवादीका तर्फबाट जितबहादुर राईले उम्मेदवारी दर्ता गराए । मुख्य प्रतिस्पर्धीका रुपमा रहेका कांग्रेसका डम्बर खड्काले पनि केन्द्रीय नेताहरुसहित स्थानीय कार्यकर्ताको साथ लिएर मनोनयन दर्ता गराए । जिल्ला सभापति समेत रहेका खड्का गत निर्वाचनमा सुवासचन्द्र नेम्वाङसँग पराजित भएका थिए ।

एमालेका तर्फबाट सुहाङ नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन् । उनी दिवगंत नेता सुवासचन्द्र नेम्वाङका छोरा हुन् । उनले दलबलसहित निर्वाचन कार्यालयमा पुगेर उमेदवारी दर्ता गराएका । उनलाई माओवादी केन्द्रले पनि साथ दिएको छ ।यता, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले मनोनयनपत्र दर्ता गराएका छन् ।

रास्वपाका उपसभापति एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीसहितको टोलीसँग मुख्य निर्वाचन अधिकृतको कार्यालय इलाममा पुगेर लिम्बुले मनोनयन पत्र दर्ता गराए । दर्ता प्रक्रिया अझै नसकिएकाले प्रतिस्पर्धी बढ्न सक्ने आकलन गरिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सांसदहरूलाई स्वकीय सचिव नियुक्तिको बाटो खुल्यो

प्रमुख प्रशासकीय अधिकृतलाई जिल्ला नछाड्न परिपत्र

सरकारले रोक्यो नयाँ स्थायी पदपूर्ति

नयाँ दरबन्दीमा कडाइदेखि विदा पुनरवलोकन गर्ने कार्यदलसम्म : यस्ता छन सचिव बैठकका २२ निर्णय

सहसचिवको संयोजकत्वमा सार्वजनिक बिदा पुनरवलोकन कार्यदल गठन

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री र सचिवबीच छलफल

कर छलीदेखि जनस्वास्थ्यसम्मः ‘एक्सट्रिम–म्याक्स टाइगर’ प्रकरणमा सरकारी निकायकै संरक्षण

बारम्बार तेल चोरी हुने विराटनगर डिपोमा बिनी श्रेष्ठको नजर

बिशेष