एक वर्षमा सातवटा परीक्षा उत्तीर्ण

झापा दमककी मोबिना खातुन एक वर्षमा लोकसेवा आयोगको सातवटा परीक्ष पास गर्ने इस्लाम समुदायबाट पहिलो महिला हुन् ।

बिज्ञापन

लोक सेवा आयोगको परीक्षामा एक वर्षभित्रै ७ वटा परीक्षामा उत्तीर्ण गर्ने उनी हाल कृषि विकास बैङ्कमा कार्यरत छिन् । कृषि विकास बैंक राजविराजमा व्यवसाय अधिकृतको रुपमा कार्यरत मोबिनाले ०७८–७९ मा लोकसेवा आयोगमा सातवटा परीक्षा दिएकी थिइन् ।

बिज्ञापन

पहिलोपटक नेपाल बैंक लिमिटेडको सहायक पदमा परीक्षा पास गरेकी उनले लगातार बैंककै परीक्षा दिइरहिन् । उनले कनिष्ठ सहायक (नेपाल बैंक लिमिटेड), सहायक (राष्ट्रिय वाणिज्य बैंक लिमिटेड), वरिष्ठ सहायक (राष्ट्रिय वाणिज्य बैंक लिमिटेड), सहायक प्रबन्धक (राष्ट्रिय वाणिज्य बैंक लिमिटेड), व्यवसाय सहायक (कृषि बैंक लिमिटेड) मा नाम निकाल्न सफल भइन् ।

उच्च शिक्षा अध्ययन गरेको समयमा बुबाले बैङ्कमा व्याज तिर्न, पैसा जम्मा गर्न बैङ्क पठाउने गर्थे । उनले भनिन्, ‘बैङ्कभित्र प्रवेश गरेपछि सधैँ आनन्द लाग्थ्यो । यसैगरी बैङ्क क्षेत्रमै प्रवेश गर्न पाए कस्तो हुन्थ्यो होला भन्दै सधैँ कल्पना गर्थेँ ।’

बिज्ञापन

 

बैङ्कप्रति आकर्षित उनले क्याम्पस तहमा बिबिएस अध्ययन सुरु गरिन् । बैंकर्स बन्ने अठोट बोकेर बिबिएस अध्ययन सुरु गरेकी उनको त्यसै बीचमा विवाह भएर झापाको दमक आएको सुनाइन् ।पहिलो पटक नेपाल बैङ्क मोरङको विराट चोक शाखामा कार्यरत उनले जति नै खर्च गरेर अध्ययन गरे पनि इन्ट्रेसको विषय नभए सफल बन्न कठिन हुने बताइन् । ‘मैले लोकसेवाबाट खुल्ने सबै परीक्षाको लागि सधैँ तयारी गर्थेँ, परीक्षाका लागि आवेदकहरू भरिरहन्थेँ । अनलाइन कक्षाहरु लिने गर्थेँ । त्यसै अनुसारको सिलेवस खोजेर अध्ययन गर्थेँ’, विगत सम्झिँदै उनले थपिन्, ‘घरपरिवारको कामको सहजताका लागि बिहान ३ बजेदेखि पढ्ने रुटिन थियो । व्यापारिक परिवार भएकाले दायित्व पनि धेरै थियो । तर, समय आफै व्यवस्थापन गरेर पढ्ने वातावरण तयार गरेको थिएँ ।’

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

गृहका १४ सहसचिव र ९ उपसचिवको सरुवा,फेरिए १४ जिल्लाको सिडियो

रसुवा विपद् र जलवायु–सहिष्णु विकासको आवश्यकता

बाढी विस्थापित साढे सात हजारलाई अस्थायी आवासको प्रवन्ध गर्ने जिम्मेवारी सहसचिव जोशीको काँधमा

बाढीका कारण ५३ सरकारी संरचना ध्वस्त,१६० कर्मचारी वेपत्ता,तीन मृत

स्टन्टको आरोपपछि गृहमन्त्रीको प्रष्टीकरण : ‘पुराना नेता जस्तो मन्त्रालयको कुर्सीमा मात्रै बस्ने म परिनँ’

मुस्ताङ भन्सारमा विवादित कर्मचारीको ‘टिम’, कर्मचारीको ‘सेटिङ’ले अर्थमन्त्री बदनाम

अशक्तको घरमा प्रजिअ : घरमै नागरिकता पाइन अस्मिताले

लिखतसम्बन्धी कसुरमा कम्युटर अपरेटर पक्राउ

बिशेष