ड्युटीमा खटिएका ट्राफिक जवानको बसको ठक्करबाट मृत्यु

बारामा डियुटीमा रहेका एक ट्राफिक प्रहरीको बसको ठक्करबाट मृत्यु भएको छ।

बिज्ञापन

शुक्रबार राति सवा ९ बजे जितपुर सिमरा उपमहानगरपालिस्थित अमलेखगञ्ज चोकमा गएराति डियुटीमा ट्राफिक प्रहरी जवान २९ वर्षीय मुनटुन यादवको मृत्यु भएको हो ।

बिज्ञापन

काठमाडौंबाट काँकरभिट्टा जाँदै गरेको बागमती प्रदेश ०१-००ख ६१२३ नम्बरको बसको ठक्करबाट अमलेखगन्जमा कार्यरत ट्राफिक प्रहरी जवान २९ वर्षीय मुनटुन यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक वीरेन्द्र गुरुङले जानकारी दिए।

‘राति चेकिङमा खटिएको बेला बसले ठक्कर दिँदा यादव गम्भीर घाइते भएका थिए। उनलाई तुरुन्तै उपचारको लागि वीरगञ्ज लगिएको थियो,’ प्रहरी निरीक्षक गुरुङले नेपालखबरसँग भने, ‘वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचारकै क्रममा राति नै उनको मृत्यु भएको हो।’

बिज्ञापन

ठक्कर दिने बसका चालकलाई प्रहरीले पक्राउ गरेको छ। उनले बसको ब्रेक नलागेका कारण यादवलाई ठोक्किएको बयान दिएका छन्।

मृतक यादवको शव पोष्टमार्टको लागि वीरगन्जस्थित नारायणी अस्पतालमा राखिएको इन्सपेक्टर गुरुङले जानकारी दिए।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

७ मन्त्रालय,तीन निकायका ६२२ दरबन्दी कायम

२४ उपसचिवको सरुवा : ९ लाई प्रमुख प्रशासकीय अधिकृत,५ पुगे मालपोत

आर्या होटलमा मेरो भोगाइ : “म काम सिक्न गएको थिएँ, तर त्यहाँ मैले सम्मानभन्दा बढी अपमान पाएँ”

सकारात्मक सोच र दूरदर्शी नेतृत्वबिना समृद्धि सम्भव छैन

कम्युटर अपरेटरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

बरण्डाका सहसचिवलाई साता दिनको ‘टास्क’

बासुदेव गृह तानिए,ईश्वरी राती नै हाजिर भए

चिकित्सकमाथि आक्रमणपछि सरकारको कडा सन्देश : उपचार सेवा नरोकिने, दोषीमाथि कानुनी कारबाही अघि बढ्यो

बिशेष