ड्युटीमा खटिएका ट्राफिक जवानको बसको ठक्करबाट मृत्यु

बारामा डियुटीमा रहेका एक ट्राफिक प्रहरीको बसको ठक्करबाट मृत्यु भएको छ।

बिज्ञापन

शुक्रबार राति सवा ९ बजे जितपुर सिमरा उपमहानगरपालिस्थित अमलेखगञ्ज चोकमा गएराति डियुटीमा ट्राफिक प्रहरी जवान २९ वर्षीय मुनटुन यादवको मृत्यु भएको हो ।

बिज्ञापन

काठमाडौंबाट काँकरभिट्टा जाँदै गरेको बागमती प्रदेश ०१-००ख ६१२३ नम्बरको बसको ठक्करबाट अमलेखगन्जमा कार्यरत ट्राफिक प्रहरी जवान २९ वर्षीय मुनटुन यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक वीरेन्द्र गुरुङले जानकारी दिए।

‘राति चेकिङमा खटिएको बेला बसले ठक्कर दिँदा यादव गम्भीर घाइते भएका थिए। उनलाई तुरुन्तै उपचारको लागि वीरगञ्ज लगिएको थियो,’ प्रहरी निरीक्षक गुरुङले नेपालखबरसँग भने, ‘वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचारकै क्रममा राति नै उनको मृत्यु भएको हो।’

बिज्ञापन

ठक्कर दिने बसका चालकलाई प्रहरीले पक्राउ गरेको छ। उनले बसको ब्रेक नलागेका कारण यादवलाई ठोक्किएको बयान दिएका छन्।

मृतक यादवको शव पोष्टमार्टको लागि वीरगन्जस्थित नारायणी अस्पतालमा राखिएको इन्सपेक्टर गुरुङले जानकारी दिए।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

१५ शाखा अधिकृत उपसचिवमा बढुवा

सचिव बढूवाको लाइनमा रहेका अर्काे सहसचिव पनि निलम्बित

एकै पटक २१ वटा सरकारी कार्यालयबाट तलब बुझ्ने पत्रकार अख्तियारको फन्दामा

इतिहासकै कमजोर डिजी घिमिरे अनिवार्य अवकाशमा, नयाँ महानिर्देशकको दौडमा चार सहसचिव

यी हुन खारेजी वा मर्ज हुन लागेका सरकारी कार्यालय

१३ करोड राख्ने बैंक खोज्दै विभाग

निजामती सेवा पुरस्कारका लागि नाम सिफारिस गर्न मन्त्रालयको परिपत्र

आफन्त भर्ति र सवारी दुरुपयोग गर्ने ऊर्जा आयोगका सहसचिव पौडेल भ्रष्टाचार मुद्दा लागेपछि निलम्बित

बिशेष