सुनसरीको कर्फ्यू हटाउन बोलाइयो सर्वदलीय बैठक 

काठमाडौं । सुनसरीको भुटाहामा दुई पक्षबीचको झडपपछि विभिन्न स्थानमा लगाइएको कर्फ्यू हटाउनेबारे निर्णय लिन आज सर्वदलीय बैठक बस्दैछ ।

बिज्ञापन

जिल्ला प्रशासन कार्यालय सुनसरीले कर्फ्यू हटाउनेबारे निर्णय लिन आज बिहान साढे १० बजे बस्ने गरी सर्वदलीय र सर्वपक्षीय बैठक बोलाएको सहायक प्रमुख जिल्ला अधिकारी बेद राज फुयालले जानकारी दिए ।

बिज्ञापन

‘हामीले साढे दश बजेका लागि सर्वदलीय र सर्वपक्षीय बैठक बोलाएका छौं । बैठकपछि कर्फ्यू हटाउनेबारे उपयुक्त निर्णय लिइने छ’ फुयालले भने । शुक्रबार दिउँसोे इनरुवा नगरपालिका, हरिनगर, देवानगञ्ज, भोक्राहा नरसिंह र कोशी गाउँपालिका क्षेत्रमा कर्फ्यू लगाएको स्थानीय प्रशासनले अपराह्न ५ बजेदेखि ती स्थानीय तहमा कर्फ्यू अनिश्चितकालीन लगाएको हो ।

फुयालका अनुसार अहिले त्यहाँको अवस्था सामान्य रहेको छ । बिहिबार माध्यमिक शिक्षा परीक्षाको क्रममा हरिनगर गाउँपालिका–१ मा रहेको बालकृष्ण माविमा एक युवकलाई कुटपिट गरेको विषयलाई लिएर दुई समूहबीच विवाद बढेको थियो ।

बिज्ञापन

शुक्रबार दिनभरजसो तनावग्रस्त बनेको सुनसरीमा अवस्था नियन्त्रणमा लिन प्रहरीले ३१ राउण्ड हवाई फायर गरेको थियो । स्थिति नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीतर्फ १५ जना प्रहरी र चार सशस्त्र प्रहरी तथा प्रदर्शनकारीतर्फका १० जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अष्ट्रेलियामा सेकुवा बेच्दै आएका उपसचिव बल्ल निलम्बित

ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता

स्थानीय तहको भ्रष्टाचार र ढिलासुस्तीको उजुरी अब मुख्यसचिवले हेर्ने

दरबन्दी कटौती भएर फाजिलमा पर्ने हजारौं कर्मचारीलाई प्रदेश र स्थानीय तहमा खटाइने

मुख्य सचिवको अध्यक्षतामा बसेको पहिलो बैठकका निर्णय विवादमा

एक्सट्रिम इनर्जी: मधुमेह र मुटुरोगको जोखिम बढ्ने चिकित्सकको चेतावनी, बजारमा खुलेआम बेचिँदै ‘विष’

पूर्व–पश्चिम राजमार्गमा ‘ल्याण्डमार्क’ पुल निर्माण जारीः रतुवा पुलको भौतिक प्रगति ५० प्रतिशत सम्पन्न

सरकारको ठूलो निर्णय: चालु आर्थिक वर्षभर नयाँ कर्मचारी भर्ना रोक, लोकसेवाको विज्ञापन नखुल्ने

बिशेष