‘बैंकहरुको बढ्दो खराब कर्जाले ठूलो समस्या निम्त्याउन सक्छ’

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकहरुको बढ्दो खराब कर्जाले ठूलो समस्या निम्त्याउन सक्ने बताएका छन् । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

बिज्ञापन

बैंकहरुको बढ्दो खराब कर्जा चिन्ताको विषय भएको बताउँदै उनले भने, ‘चालू आर्थिक वर्षको ६ महिनामा बैंकहरुको मुनाफा उल्लेख्य मात्रामा घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा ३३ अर्ब मुनाफा देखिएकोमा अहिले २८ अर्ब मात्रै नाफा कमाएका छन् । पछिल्लो समय बैंकहरुको खराब कर्जा बढिरहेको छ । यो चिन्ताको विषय पनि हो ।’

बिज्ञापन

बैंकहरुको यसरी नाफा घट्दा सरकारको राजस्वमा समेत यसले असर गर्ने उनले बताए । ‘मुनाफाको असर राजस्वमा परेको छ । जसरी हामीले सरकारलाई राजस्व तिरिरहेका छौँ त्यो घट्दो छ । अहिले बैंकहरुको खराब कर्जा ३.६२ प्रतिशतमा पुगेकाले त्यसले भोलीका दिनमा निकै समस्या बन्न सक्छ’, उनले भने ।

एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेको केसीले हाल उच्चगतिमा वृद्धि भइरहेको विदेशी मुद्रा सञ्चितिबाट उत्साहित बन्न समेत बैंकहरुलाई बढ्दो खराब कर्जाले नदिएको बताए । त्यसको लागि नेपाल राष्ट्र बैंक, नेपाल सरकार र बैंकिङ क्षेत्र एकैठाउँमा बसेर समस्या समाधान गर्न अगाडी बढ्नु पर्ने उनले जोड दिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

बिशेष