पहाड,उपत्यका र मधेशको प्रशासन हाक्न अब्बल हुमकला बर्ष व्यक्ति २०८० को सूचीमा

शिलापत्रले २०८० का वर्ष व्यक्ति सहित समाचार निर्माता घोषणा गरेको छ । शीलापत्र बर्ष व्यक्ति २०८० सकारात्मक वा नकारात्मक पक्षका कारण यस वर्ष चर्चामा रहेका १५ जना पात्रलाई बर्ष व्यक्तिको रुपमा छनौंट गर्न भनेको छ । उक्त सूचीमा छ, सहसचिव हुकमला पाण्डको नाम ।

बिज्ञापन

रचनात्मक क्षमताले होस् वा आफ्नो सक्रिय भूमिकाले वर्षलाई सकारात्मक प्रभाव पार्ने पात्रहरूको नामावली छनौंट गर्दा सहसचिव पाण्डेको नाम समेत उक्त सूचीमा समावेश गरेको हो । पाँच दशको इतिहासमा २०८० सालमा पहिलो महिला प्रमुख जिल्ला अधिकारीको रुपमा सुनसरी खटिएकी थिइन पाण्डे । सोही समयमा त्यहाँ धार्मिक दंगा भड्कने स्थितिमा थियो तर प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको संयमताका कारण उक्त दंगा टरेको विश्लेषण समेत गर्ने गरिएको छ । त्यही कारण उक्त अनलाइनले बर्ष व्यक्ति अर्थात समाचार निर्माताका रुपमा सहसचिव पाण्डेको नाम समावेश गरेको छ ।
उसो त,पाण्डे कुशल प्रशासकको रुपमा परिचित छन् । प्रध्यापन पेशाबाट मोडिएर निजामती सेवातिर सिफ्ट भएकी हुन हुमकला । निजामती क्षेत्रमै कार्यरत सहसचिव (श्रीमान) यामलाल भुषालको प्रेरणाले उनको पाइला शिक्षण पेशाबाट निजामतीतिर यूटर्न भयो । प्रध्यापक बन्ने हुटहुटी बोकेर अर्घाखाँचीबाट काठमाडौं खाल्डो भित्रिएकी थिइन हुमकला । समयले उनलाई एउटा कलेजको प्रध्यापक,लेक्चररमा सीमित राखेन । उनी सिङ्गो जिल्लाको अभिभावक,निजामती क्षेत्रकै लागि आइडल बन्न पुगेकी छिन् ।

बिज्ञापन

नेपाली भाषाविज्ञान र शिक्षा दुई विषयमा एकैसाथ स्नातकोत्तर गर्दै स्नातकोत्तर गर्दै थिइन । हुमकलाले भाषा विज्ञानमा क्याम्पममै सर्वोत्कृष्ट अंक ल्याइन् । सर्वोत्कृष्ट अंक ल्याएपछि हुमकलाको करिअरमा अर्को इँटा थपियो । त्रिचन्द्र क्याम्पसमा उनले अध्यापन गर्ने मौका पाइन् । त्यो सफलताले हुमकलालाई शिक्षकबाट ‘लेक्चचर’ बनाएको थियो । तर, समयले उनको सपनालाई एउटा विद्यालय वा क्याम्पसको सीमित घेरामा खुम्चिन दिएन । शिक्षण पेशाबाट यूटर्न भएर निजामती सेवामा लागिन ।

सेक्सन अफिसरबाट निजामती सेवामा पाइला राखेकी हुमकलाले निजामतीमै १७ बर्ष यात्रा पार गरिसकेकी छिन् । पहिलो पोष्टिङ प्रधानमन्त्री कार्यालय,शहरी विकास,अर्थ हुँदै महिला मन्त्रालय, अख्तियार लगायत विभिन्न महत्वपूर्ण क्षेत्रमा कार्यरत हुमकलाको जागरे यात्रा उत्तिकै रोचक छ । शहरीमै हुँदा दक्षिण कोरियाबाट कृषिमा स्नातकोत्तर पार लगाएर स्वदेश फर्किइन र ०६८ सालमा उपसचिव,०७५ सालमा सहसचिवमा नाम निकालेकी हुन । सहसचिवमा पदोन्नति भएसँगै काठमाडौं उपत्याकाभित्रको भक्तपुर जिल्ला,काभ्रेपलाञ्चोक जिल्ला कमाण्ड गरिसकेकी उनी माघ १६ गतेदेखि सुनसरी जिल्ला कमाण्ड गरिन । शान्तिसुरक्षाको दृष्ट्रिकोणले अन्य जिल्लाका तुलनामा सुनसरी जिल्ला चुनौतिपूर्ण मानिन्छ यो जिल्लालाई ।

बिज्ञापन

काभ्रेपलाञ्चोक र भक्तपुर जिल्ला प्रशासन हाँक्दा कार्यसम्पादनमा अब्बल दह्रिएकी हुमकलाले सुनसरी जिल्ला प्रशासनको कमाण्डमा पनि चुकिनन् । हुमकला अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,बाग्मती प्रदेशमा कार्यरत छिन् । जहाँ बस्यो त्यही अब्बल कार्यसम्पादन गरेर निस्किने हुमकलासहित ९२ दिनमा १४ पटक हिमाल आरोहण गर्न सफल तेन्जेन शेर्पा,काठमाडौंका मेयर वालेन साह,रिगल आममाफी प्रकरणकासँग जोडिएकी भारती मानन्धर,रवि केसी तथा सीपी घर्ती (जाजरकोट भूकम्पमा काम गरेका मेयर),उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने,पुष्पकमल दाहाल प्रचण्ड,नारायणकाजी श्रेष्ठ लगायतको सूची शिलापत्रले सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।