गरिमा क्यापिटल लिमिटेड र नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रालिबीच व्यवसायिक साझेदारी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । गरिमा क्यापिटल लिमिटेडको कमलपोखरीस्थित प्रधान कार्यालयमा बुधबार सम्पन्न सम्झौतामा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराई र नेक्सजेन म्यानेजमेन्ट सोलुसनका तर्फबाट अध्यक्ष रमेश कुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।
बिज्ञापन
सम्झौताअनुसार गरिमा क्यापिटलले नेक्सजेन म्यानेजमेन्ट सोलुसनका ग्राहकवर्गहरुलाई पूँजीबजार सँग सम्बन्धित सेवाहरु आवश्यकताअनुसार प्रदान गर्नेछ । यो व्यवसायिक सम्झौताले हरेक नेपाली नागरिक तथा व्यवसायिक संस्थाहरुलाई पूँजीबजारमा सहज, सुरक्षित, र भरपर्दो रूपमा सेवाहरु प्राप्त गर्न सहयोग पुर्याई नेपालको आर्थिक आत्मनिर्भरता र समृद्धिमा टेवा पुग्ने विश्वास गरिएको छ ।
बिज्ञापन
नेक्सजेन म्यानेजमेन्ट सोलुसन नेपाल सरकार कम्पनी रजिष्ट्रारबाट इजाजत प्राप्त कम्पनी हो। पूर्व बैंकर लगायत विज्ञ व्यक्तिहरु संलग्न कम्पनीले सम्पत्ती व्यवस्थापनलगायत व्यवसायिक परामर्शको कार्य गर्दै आएको छ ।