भ्रष्टाचार मुद्धामा शाखा अधिकृतसहित सात जनालाई सफाई

विशेष अदालतले भ्रष्टाचार मुद्धामा पालिकाका तत्कालीन अध्यक्ष,प्रमुख प्रशासकीय अधिकृतसहित सात जनालाई सफाई दिएको छ ।

बिज्ञापन

अख्तियारले राजस्व चुहावट गरेको आरोपमा काभ्रेपलाञ्चोक जिल्ला तेमाल गाउँपालिकाका तत्कालिन अध्यक्ष सलाम सिं लामा,तत्कालिन प्रमुख प्रशासकीय अधिकृत शर्मिला लामिछाने, ए एण्ड डिबि कन्ष्ट्रक्सन प्रालिका संचालक अनिश बल र आधिकारिक प्रतिनिधि बिज कुमार दोङ, दुवाकोट कन्स्ट्रक्सन प्रालि, भक्तपुरका संचालक राम चन्द्रप्रसाद प्रधानाङ्ग, सालीनदी कन्ष्ट्रक्सन एण्ड सप्लायर्स प्रालिका संचालक वेद नारायण दंगाल, सालीनदी कन्ष्ट्रक्सन एण्ड सप्लायर्स प्रा लि र दुवाकोट कन्स्ट्रक्सन प्रा लिका आधिकारिक प्रतिनिधि सत्यमान लामा उपर कानुनबामोजिम सजायको मागदाबी गर्दै ३ पुस २०७९ मा मुद्दा दायर गरेकोमा विशेषले उनीहरुलाई सफाइ दिएको हो ।

बिज्ञापन

लामाले कर्मचारी र व्यवसायीहरूसँग मिलेमतो गरेर नदीजन्य पदार्थ उत्खनन्सम्बन्धी ठेक्कामा कबोल अंक र सम्झौता अंक फरक पारी राजस्व चुहावट गरेको भन्ने अख्तियारको उजुरी थियो । अख्तियारले विभिन्न बगरको नदीजन्य पदार्थ उत्खननको ठेक्कामा २ करोड ५७ लाख अनियमितता भएको भन्दै मुद्दा दायर गरेकोमा गाउँपालिका पूर्वअध्यक्षसहित सात जनाले सफाइ पाएका छन्। बिशेष अदालतले उनीहरुलाई बिहीबार सफाइ दिएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पोखराका तत्कालीन प्रमुख मालपोत अधिकृत अधिकारीविरूद्ध दोस्रो भ्रष्टाचार मुद्दा

ओली सरकारका सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता कारागार चलान

अख्तियार प्रवक्तामा सुरेश न्यौपाने

गृह प्रशासनका अनुभवी रिजाललाई भूमि व्यवस्थाको कप्र महाशाखाको जिम्मेवारी

डिजिटल युगको लोकतन्त्रमा ऐतिहासिक दलहरू ‘सच्चिने कि सक्किने’ मोडमा : उपमहासचिव भण्डारी

गृहको रिर्पोट कार्ड : कार्यसम्पादनमा मनाङ अब्बल,सबैभन्दा कमजोर पर्सा र काठमाडौं

प्रधानमन्त्री मातहतकै सतर्कता केन्द्र ‘सुत्केरी’, अनुसन्धान होइन गोष्ठीमै रमाइलो

कर्णालीमा २८ प्रतिशत कर्मचारी अभाव

बिशेष