गृहका ९ उपसचिवको सरुवा :-४ जनालाई पठाइयो अध्यागमन

गृह मन्त्रालयले ९ जना उपसचिवहरुको सरुवा गरेको छ । मन्त्रालयले बुधबारको निर्णय अनुसार ९ उपसचिवको सरुवा गरेको हो ।सरुवाका सूची अनुसार ४ उपसचिवलाई अध्यागमनमा खटाइएको छ भने २ जना अध्यागनबाट गृह मन्त्रालयमा तानिएको छ । यस्तै एक उपसचिवलाई इलाका प्रशासन कार्यालयमा खटाइएको भने एकको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरणमा पदस्थापन गरिएको छ ।
सरुवाको सूची अनुसार विजया कुमारी प्रसाईलाई इलाका प्रशासन कार्यालय साँखुमा पठाइएको छ भने सीता परियारलाई इलाका प्रशासन कार्यालय साखँुबाट गृहबाट अध्यागमन कार्यालय त्रिअबीमा पठाइएको छ ।

बिज्ञापन

यस्तै शिवराज सेढाईलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरणको निर्देशकको रुपमा पदस्थापन गरिएको गृहले जनाएको छ ।
भोजपुरमा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत मनिता श्रेष्ठलाई अध्यागमन कार्यालय त्रिभुवन विमानस्थलमा बरिष्ठ अध्यागमन अधिकृतको रुपमा खटाइएको छ भने त्यहाँ कार्यरत झंकनाथ ढकाललाई गृहमा ल्याइएको छ ।

बिज्ञापन

यस्तै,रेवतीरमण शर्मालाई जिल्ला प्रशासन कार्यालय सप्तरीको सहायक प्रमुख जिल्ला अधिकारीबाट सरुवा गरेर अध्यागमन कार्यालय,तातोपानी सिन्धुपाल्चोकमा पठाइएको छ ।
पुष्कर राना जिल्ला प्रशासन कार्यालय जाजरकोटबाट अध्यागमन कार्यालय त्रिभुवन विमानस्थल कार्यालयमा पठाइएको छ । मोहन न्यौपानेलाई जिल्ला प्रशासन कार्याल्य अछाममा खटाइँदा कृष्णप्रसाद गैरे अध्यागमनबाट गृहमा तानिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’ सञ्चालनमा

सचिव पराजुलीको अख्तियारमा पोष्टिङ,नेपाल ट्रष्टमा दवाडी,तीन निकाय अझैं सचिवविहिन

स्थानीयदेखि प्रदेशका ४१ कार्यालयका ९३ करोड बजेट फुकुवा

चौथोदेखि दशौं तहका १७५ कर्मचारीको सरुवा (सूचीसहित)

पिक आवरमा प्रणालीमा समस्या,८५ सय ठेक्का प्रभावित

स्थानीय सेवाका चौथौंदेखि आठौं तहका ११६ कर्मचारीको सरुवा

मुख्यसचिवसहित पाँच सचिव सञ्चालक रहेको अस्पतालमै यस्तो गडबडी

सचिव दरबन्दी कटौतीमा परेको नेपाल ट्रष्टमा दुवाडीको सरुवा

बिशेष