यस्तो छ शिक्षा मन्त्रालयले इन्टर्न राख्न तयार गरेको कार्यविधि

नव नियुक्त शिक्षामन्त्री सुमना श्रेष्ठले प्रशिक्षार्थी कर्मचारी भर्ती गर्ने गरी जारी गरेको कार्यविधिको सत्तारुढ दलकै सांसददेखि कर्मचारीहरुले विरोध गरिरहेका छन् ।

बिज्ञापन

मन्त्री श्रेष्ठले उच्च शैक्षिक संस्थामा अध्ययनरत तथा उच्च शैक्षिक उपाधिको लागि प्रतिक्षारत विद्यार्थीलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा अन्तर्गतका निकायबाट सम्पादन हुने कार्य तथा सेवाका विषयमा इन्टर्नसीप कार्यक्रममार्फत् व्यावहारिक सीप र कार्य अनुभव दिलाउन आवश्यक व्यवस्था गर्न वाञ्छनीय भएको भन्दै प्रशिक्षार्थी सम्बन्धी कार्यविधि २०८० तयार पारेसँगै उक्त कार्यविधिको विरोध भइरहेको छ ।

बिज्ञापन

उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीले प्रशिक्षार्थी कर्मचारीको रूपमा मन्त्रालयमा काम गर्न पाउने गरी मन्त्री श्रेष्ठले कार्यविधि जारी गरेकी थिईन् ।
यसरी कर्मचरीहरु इन्र्टनमा लिँदा सरकारी सूचनाको गोपनीयता भङ्ग हुने तर्क गरिदैछ । भइरहेका कर्मचारीलाई अविश्वास गर्दै ल्याउँदा ७४ हजार निजामतीको मनोबल गिर्ने तर्क समेत एकाथरी गर्दैछन भने अर्काेथरी चाहिँ ‘यो अन्तर्राष्ट्रिय अभ्यास भएका कारण डराउनुपर्ने कुनै कारण नरहेको बताउँछन् ।

शिक्षा मन्त्रालयका कर्मचारीहरु नै यो कार्यविधि कार्यन्वयनमा गए आफ्नो भूमिका खोसिने त्रासमा छन् ।

बिज्ञापन

मन्त्रालय वा सम्बन्धित निकायमा इन्टर्नलाई खटाउँदा नेपाल सरकारलाई कुनै आर्थिक दायित्व नपर्ने गरी खटाउनुपर्ने कार्यविधिमा उल्लेख छ।

प्रशिक्षार्थी-इन्टर्न-सम्बन्धी-कार्यविधि

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

मुस्ताङ भन्सारमा नक्कलीहरु छपक्कै

‘हामीलाई आजै थुन्नोस् भनेकै हो’

शाखा अधिकृत र उपसचिव तहका माग आकृति फाराम पठाउन परिपत्र,१२ असोजसम्म समयसीमा

सीडीई सरुवा चलखेलमा मुछिएका डिजी तानिए मन्त्रालयमा

खारेज भएका कार्यालय धमाधम ब्यूँताइदैं,विभागहरु पूरानै मन्त्रालयमा सारिँदै

उपसचिवको सरुवामा उस्तै मनपरी : मन्त्रालयमा कार्यरत कर्मचारीको विभागबाट सरुवा,कहाँबाट लिने रमाना ?

३७ शाखा अधिकृतको सरुवा : २५ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिृकत फेरिए

४२ उपसचिवको सरुवा : फेरिए १५ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत

बिशेष