कर्मचारीले दलको फेभरमा काम गर्न थालेपछि सार्वजनिक प्रशासन बिग्रियो: पूर्वसचिव नेपाल

काठमाडौं । पूर्वसचिव खेमराज नेपालले कर्मचारीहरूले दलगतरुपमा विभाजित भएर काम गर्न थालेपछि सार्वजनिक प्रशासन बिग्रिएर गएको टिप्पणी गरेका छन् । उनले निजामती कर्मचारीहरूले दलीय संगठनमा बस्न नहुने र पार्टीको फेभरमा पर्न नमिल्ने दाबी गरे ।

बिज्ञापन

पूर्वसचिव नेपालले भने, ‘निजामती कर्मचारीलाई स्थायी सरकार भनिन्छ ।। त्यो कुनै दलको हुनुहुदैन । तर हाम्रा कर्मचारी ट्रेड युनियनका नाममा बाँडिएर दलविशेषका भएर बसेका छन् । उनीहरु आफ्नो पार्टीको लाइनमा चलेका छन्,’ उनले भने, ‘कर्मचारीले दलको फेभरमा काम गर्न थालेपछि सार्वजनिक प्रशासन राम्रो हुने कुरै हुदैन ।’

बिज्ञापन

उनले संघीयता कार्यान्वयन र जनतामा विश्वास बढाउनका लागि तीन तहका सरकारले मिलेर जनताका समस्या समाधानमा केन्द्रीत हुनुपर्ने बताए । ‘नागरिकहरु समस्या पर्दा काठमाडौं किन धाइरहेका छन्, सिहंदरबार भित्रै किन पस्न चाहन्छन् रु त्यसलाई मात्र हेरेर सम्बोधन गरिदियो भने नेपालको रुप फेरिन्छ,’ उनले भने, ‘गाउँ गाउँमा सिंहदरबार भनियो तर अहिले पनि चप्पल नलगाएका मान्छेहरु सिंहदरबारको गेटमा आउनुपरेको छ । यसको मूल्यांकन ग¥यो भने पनि स्पष्ट रुपमा थाहा हुन्छ कि अधिकार तल गएको छैन । अधिकार सिंहदरबार भित्रै छ ।’

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

महाप्रवन्धकको नियुक्ति प्रक्रिया रोक्न सर्वाेच्चको अन्तरिम आदेश

मन्त्रिपरिषद्का तीन निर्णय : राष्ट्रपतिको जापान भ्रमण स्वीकृत, प्रहरीको भत्ता बढ्यो

अन्तर्राष्ट्रिय सम्बन्धमा आधुनिक साम्राज्यवाद र शक्ति राजनीति

नेपाल प्रहरीका लागि रासन सुविधा वृद्धि गर्ने मन्त्रिपरिषद्को निर्णय

इन्जिनियर,शाखा-लेखा अधिकृत,निर्देशक,उपकुलपतिसम्म १९ विरुद्ध भ्रष्टाचार मुद्धा

यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णयहरु

अर्थका परिपत्रले रोकिएका विकास बजेट धमाधम फुकुवा : शहरीकै २० अर्ब ‘रिलिज’

जापान कामदार पठाउँदा सरकारी कर्मचारी संग्लग्न एनजिओको सिण्डिकेट,सर्वाेच्चको झड्का

बिशेष