केही सचिवहरुको सरुवा :- वाणिज्यमा घिमिरे,स्वास्थ्यमा बुर्लाकोटी

सरकारले आठ जना सचिवहरुलाई यता उता पारेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले आठ जना सचिवहरुको सरुवा गरेको छ । जसमा मधेश प्रदेशका प्रमुख सचिव दिनेश कुमार घिमिरेलाई वाणिज्य सचिवको रुपमा मधेशबाट तानेको छ ।

बिज्ञापन

यस्तै हाल उपराष्ट्रपति कार्यालयका कार्यरत रहेका सचिव मधुसुदन बुर्लाकोटीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ल्याएको छ । केही साता अघिमात्र स्वास्थ्य सचिव देवकुमारी गुरागाईले अनिवार्य अवकाशमा घर गएसँगै स्वास्थ्य सचिव (प्रशासन) रिक्त थियो । सो ठाउँमा खरा स्वभावका प्रशासक बुर्लाकोटीलाई ल्याएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् स्रोतले जनाएको छ । मुकुन्द निरौलालाई उपराष्ट्रपति कार्यालयमा पुर्याइएको छ । सरुवाको सूची अनुसार युवा तथा खेलकुद मन्त्रालयमा अर्जुन पोखरेललाई पठाइएको छ भने नारायण दुवाडी  निर्वाचन आयोगमा सरुवा भएका छन्  । यस्तै प्रदेशबाट घनश्याम उपाध्याय श्रम मन्त्रालयमा ल्याइएको छ ।

बिज्ञापन

भौतिक मन्त्रालयका सचिव केशव शर्मा  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पठाइएको छ भने त्यहाँका  गोपाल सिग्देललाई भौतिकमा ल्याइएको छ । जल तथा ऊर्जा आयोगको सचिवालयकी सचिव सरिता दवाडी सिँचाइमा लगिएको छ । त्यहाँ कार्यरत सुशील चन्द्र तिवारीलाई ऊर्जा आयोगमा पठाइएको छ । यस्का अलवा उद्योगमा कृष्ण राउतलाई लगिएको छ । यस अघि तोयम रायालाई तथ्यांक कार्यालयबाट उद्योगमा लैजाने तयारी थियो । तर उनलाई प्रमुख महालेखा परीक्षक बनाइएसँगै त्यहाँ कृष्ण राउतलाई लैजाने तयारी भएको छ । यसैबीच अर्थ सचिव कृष्ण हरि पुष्करको सरुवा आगामी बजेटसम्मलाई थमौती भएको छ । पुष्करलाई यही लटमा सरुवा गर्न चर्चा चलेको भए पनि उनको सरुवा जेठसम्मका लागि टरेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ । आगामी आर्थिक वर्ष २०८१/ ८२ को बजेट तर्जुमाको प्रक्रिया शुरु भएकाले आगामी जेठ महिनासम्मका लागि उनको थमौती अर्थमै हुने भएको अर्थ स्रोतले जनाएको छ ।
मन्त्रिपरिषदको पुर्नगठनसँगै सरकारले गृह, कानुनका सचिव समेत परिवर्तन गरिसकेको छ । यो लटमा आधा दर्जन भन्दा बढी सचिवहरु यता उता पारिन लागेको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

केदारनाथ शर्मा बने भूमि व्यवस्था सचिव

चन्द्रकला पौडेल सचिवमा बढुवा

शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

अमिनविरुद्ध ३ करोड २९ लाखको भ्रष्टाचार मुद्दा

निजामती कर्मचारीले पेन्सन पाउनेले वृद्धभत्ता नपाउने

रुपन्देहीको नदीमा ३ बालक बेपत्ता, खोजीकार्यमा सशस्त्र प्रहरी

कर्मचारी समितिमा आउन डराए, पत्रकारलाई रोकौँ

अर्थ सचिवको प्रस्ताव :’मुख्य सचिव र सचिवको पदावधि घटाऔं,अतिरिक्त सचिव नराखौं’

बिशेष