केही सचिवहरुको सरुवा :- वाणिज्यमा घिमिरे,स्वास्थ्यमा बुर्लाकोटी

सरकारले आठ जना सचिवहरुलाई यता उता पारेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले आठ जना सचिवहरुको सरुवा गरेको छ । जसमा मधेश प्रदेशका प्रमुख सचिव दिनेश कुमार घिमिरेलाई वाणिज्य सचिवको रुपमा मधेशबाट तानेको छ ।

बिज्ञापन

यस्तै हाल उपराष्ट्रपति कार्यालयका कार्यरत रहेका सचिव मधुसुदन बुर्लाकोटीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ल्याएको छ । केही साता अघिमात्र स्वास्थ्य सचिव देवकुमारी गुरागाईले अनिवार्य अवकाशमा घर गएसँगै स्वास्थ्य सचिव (प्रशासन) रिक्त थियो । सो ठाउँमा खरा स्वभावका प्रशासक बुर्लाकोटीलाई ल्याएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् स्रोतले जनाएको छ । मुकुन्द निरौलालाई उपराष्ट्रपति कार्यालयमा पुर्याइएको छ । सरुवाको सूची अनुसार युवा तथा खेलकुद मन्त्रालयमा अर्जुन पोखरेललाई पठाइएको छ भने नारायण दुवाडी  निर्वाचन आयोगमा सरुवा भएका छन्  । यस्तै प्रदेशबाट घनश्याम उपाध्याय श्रम मन्त्रालयमा ल्याइएको छ ।

बिज्ञापन

भौतिक मन्त्रालयका सचिव केशव शर्मा  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पठाइएको छ भने त्यहाँका  गोपाल सिग्देललाई भौतिकमा ल्याइएको छ । जल तथा ऊर्जा आयोगको सचिवालयकी सचिव सरिता दवाडी सिँचाइमा लगिएको छ । त्यहाँ कार्यरत सुशील चन्द्र तिवारीलाई ऊर्जा आयोगमा पठाइएको छ । यस्का अलवा उद्योगमा कृष्ण राउतलाई लगिएको छ । यस अघि तोयम रायालाई तथ्यांक कार्यालयबाट उद्योगमा लैजाने तयारी थियो । तर उनलाई प्रमुख महालेखा परीक्षक बनाइएसँगै त्यहाँ कृष्ण राउतलाई लैजाने तयारी भएको छ । यसैबीच अर्थ सचिव कृष्ण हरि पुष्करको सरुवा आगामी बजेटसम्मलाई थमौती भएको छ । पुष्करलाई यही लटमा सरुवा गर्न चर्चा चलेको भए पनि उनको सरुवा जेठसम्मका लागि टरेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ । आगामी आर्थिक वर्ष २०८१/ ८२ को बजेट तर्जुमाको प्रक्रिया शुरु भएकाले आगामी जेठ महिनासम्मका लागि उनको थमौती अर्थमै हुने भएको अर्थ स्रोतले जनाएको छ ।
मन्त्रिपरिषदको पुर्नगठनसँगै सरकारले गृह, कानुनका सचिव समेत परिवर्तन गरिसकेको छ । यो लटमा आधा दर्जन भन्दा बढी सचिवहरु यता उता पारिन लागेको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

‘कर्मचारीलाई संसदमा बोलाएर राजनीतिक थुतुनेसँग भिडाउन मिल्दैन’ : पूर्वसचिव उपाध्याय

सांगीतिक श्रृंखला ‘आवाज’को तेस्रो संस्करण साउन २९ गते

अघि बढ्यो सचिव बढुवा प्रक्रिया : यी हुन बढुवाका लाइनमा रहेका बरिष्ठहरु

चार सहसचिवको आन्तरिक सरुवा,एडिबीको कार्यकारी निर्देशकमा धनीराम

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

३०- ५५ को प्रावधानमा अर्थ मन्त्रालयको सहमति

गृहको नयाँ ओएनएम : ९५ दरबन्दी थपेर ४ हजार ६ सय ११ कायम

अब २५ जिल्लामा उपसचिव,५२ जिल्लामा सहसचिव सिडियो

बिशेष