ढोका थुनेरै बजेट लेखनमा जुट्यो अर्थ मन्त्रालय,माग्यो सुझाव

अर्थ मन्त्रालयले आगामी आर्थिक बर्ष ०८१ /०८२ का लागि बजेट मस्यौदा लेखनको काम सुरु भएको छ । आगामी १५ जेठमा बजेट ल्याउनु पर्ने भएका कारण उक्त बजेटका लागि अर्थ मन्त्रालयले अत्यावश्यक बाहेकका भेटघाट बन्द गरेको छ । अर्थ मन्त्रालयको ढोका नै थुनेर बजेट लेखनको काम चलिरहेको छ ।

बिज्ञापन

साथै अर्थ मन्त्रालयले बजेट तथा कार्यक्रमका लागि विभिन्न संघ, संस्था, बुद्धिजीवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, सञ्चारजगत तथा आम नागरिकहरुलाई आगामी वैशाख मसान्तभित्र बजेटमा सुझाव पेश गर्न भनेको छ । मन्त्रालयले अर्थको वेबसाइटमा रहेको बजेट सजेसनमा गएर वा इमेल पठाएर सुझाव दिन मन्त्रालयले आग्रह गरेको छ ।

बिज्ञापन

बजेट लेखनका लागि अर्थ मन्त्री बर्षमान पुनले सहसचिव धनिराम शर्मा नेतृत्वमा बजेट मस्यौदा लेखन समिति गठन गरेका थिए । धनीरामले पाँचौ पटक बजेट लेखन गर्दै छन् । उनी सम्मिलित समितिमा सहसचिवहरु रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा सदस्य छन् ।

समितिले गठन भएको भोलिपल्टै शनिबार अर्थमन्त्री पुनबाट आवश्यक निर्देशन लिएर बजेट लेखनको काम थालिसकेको छ ।

बिज्ञापन

२०७२ मा जारी नेपालको संविधानमा हरेक वर्ष १५ जेठमा गणतन्त्र दिवसका दिन पारेर अर्थमन्त्रीले संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने व्यवस्था छ ।सोही बजेट लेखन र निर्माणका लागि भन्दै अर्थ मन्त्रालयले अत्यावश्यक बाहेकका भेटघाट बन्द गरेको छ भने आगामी वैशाखभित्र विज्ञ,वुद्धिजीविहरुलाई सुझाव पेश गर्न समेत भनिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

तीन मन्त्रालय गाभेर खर्च घटाउने सरकार, लम्सालको सचिवालयमा ३९ जनाको ‘जम्बो दरबार’

मन्त्रिपरिषद्का ६ निर्णय : चार सहसचिव सचिवमा बढुवा, शेयर कारोबारमा पुँजीगत लाभकर घटाउने

पराजुली सचिवमा बढुवा

चार सहसचिवको जिम्मेवारी हेरफेर : कल्पना महानिर्देशक,कप्रमा सुबेदी

A Literary Bridge Across the Himalayas: The Undying Diamond Heart

२ पालिकाको उपाध्यक्षसहित १० जनप्रतिनिधिको पद रिक्त

छोराको क्युआरमा घुस हाल्न लगाउने राइविरुद्ध भ्रष्टाचार मुद्दा दायर

निजामती नियमावली विपरित सरुवा मापदण्ड : चितवन र बर्दिया दुर्गम,लाङटाङ सुगम

बिशेष