ढोका थुनेरै बजेट लेखनमा जुट्यो अर्थ मन्त्रालय,माग्यो सुझाव

अर्थ मन्त्रालयले आगामी आर्थिक बर्ष ०८१ /०८२ का लागि बजेट मस्यौदा लेखनको काम सुरु भएको छ । आगामी १५ जेठमा बजेट ल्याउनु पर्ने भएका कारण उक्त बजेटका लागि अर्थ मन्त्रालयले अत्यावश्यक बाहेकका भेटघाट बन्द गरेको छ । अर्थ मन्त्रालयको ढोका नै थुनेर बजेट लेखनको काम चलिरहेको छ ।

बिज्ञापन

साथै अर्थ मन्त्रालयले बजेट तथा कार्यक्रमका लागि विभिन्न संघ, संस्था, बुद्धिजीवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, सञ्चारजगत तथा आम नागरिकहरुलाई आगामी वैशाख मसान्तभित्र बजेटमा सुझाव पेश गर्न भनेको छ । मन्त्रालयले अर्थको वेबसाइटमा रहेको बजेट सजेसनमा गएर वा इमेल पठाएर सुझाव दिन मन्त्रालयले आग्रह गरेको छ ।

बिज्ञापन

बजेट लेखनका लागि अर्थ मन्त्री बर्षमान पुनले सहसचिव धनिराम शर्मा नेतृत्वमा बजेट मस्यौदा लेखन समिति गठन गरेका थिए । धनीरामले पाँचौ पटक बजेट लेखन गर्दै छन् । उनी सम्मिलित समितिमा सहसचिवहरु रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा सदस्य छन् ।

समितिले गठन भएको भोलिपल्टै शनिबार अर्थमन्त्री पुनबाट आवश्यक निर्देशन लिएर बजेट लेखनको काम थालिसकेको छ ।

बिज्ञापन

२०७२ मा जारी नेपालको संविधानमा हरेक वर्ष १५ जेठमा गणतन्त्र दिवसका दिन पारेर अर्थमन्त्रीले संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने व्यवस्था छ ।सोही बजेट लेखन र निर्माणका लागि भन्दै अर्थ मन्त्रालयले अत्यावश्यक बाहेकका भेटघाट बन्द गरेको छ भने आगामी वैशाखभित्र विज्ञ,वुद्धिजीविहरुलाई सुझाव पेश गर्न समेत भनिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

आचारसंहिता लाग्नु अघि सिंहदरबारमा मध्यरातीसम्म काम : अगाडि बढ्यो महाप्रवन्धक नियुक्ति प्रक्रिया

प्रधानमन्त्री रोजगार कार्यक्रम खारेज

खेलकुद मन्त्रीले बुझाए राजीनामा,सञ्चारमन्त्री छलफलमै

यूएईका श्रम काउन्सेलर सिंहदरबार फिर्ता,नयाँ नियुक्तिका लागि मन्त्रालयले माग्यो आवेदन

५८ शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस

निर्वाचन आचारसंहिता लागू : सरकारी नियुक्ति सरुवा, बढुवामा आजदेखि लगाम

आठ सहसचिवहरुको सरुवा

८ सहसचिवहरूको सरुवा

बिशेष