निवर्तमान शिक्षामन्त्रीले कुटे कार्यालय प्रमुख

आइतबार एउटा भिडियोले सामाजिक सञ्जाल ततायो। भिडियो थियो मधेस प्रदेशका तत्कालीन शिक्षामन्त्रीले कार्यालय प्रमुखलाई कुटपिट गरेको। उक्त भिडियो सामाजिक सञ्जालमा भूसको आगो चाहिँ फैलियो।मधेश प्रदेशका निवर्तमान शिक्षामन्त्री महेशप्रसाद यादवले राजविराजस्थित पूर्वाधार विकास कार्यालयका प्रमुख प्रवीणप्रताप अधिकारीलाई कुटेपछि उक्त भिडियोले सामाजिक सञ्जाल ततायो । दुईवटा योजनाको चिठी आफूले पठाएको व्यक्तिलाई नदिएको भन्दै निवर्तमान शिक्षामन्त्री महेशप्रसाद यादवले कुटपिट गरे ।

बिज्ञापन

निवर्तमान मन्त्री यादवले कार्यालय प्रमुख अधिकारीलाई हातपात गरिरहँदा सो कार्यालयमा जनमत पार्टीबाट निर्वाचित प्रदेश सभा सदस्यद्वय सकिल अली, शम्भु साह तथा जनमत पार्टीकै तर्फबाट निर्वाचित हनुमाननगर कंकालिनी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र माझीसमेत उपस्थिति थिए । निवर्तमान मन्त्री यादवले भने हातपातको विषय अस्वीकार गरे ।

बिज्ञापन

‘प्रदेश सरकारको रेडबुकमा रहेको राजविराज नगरपालिका– १३, पिपराहीमा सामुदायिक भवन निर्माण र सोही वडाको विषहरियामा एकनाथको घरदेखि महावीर स्कुलसम्म आरसिसी ढलानको योजनाको चिठी लिन राजविराज नगरपालिका– १३ की वडासदस्य चन्द्रिका यादव आउनुभएको थियो,’ उनले भने, ‘मैले दुवै योजना सञ्चालनका लागि कोटेसनको सूचना निकालिसकेको जवाफ उहाँलाई दिएको थिएँ ।’ त्यसपछि वडासदस्य यादवले निवर्तमान शिक्षामन्त्री महेश यादवलाई फोनमा कुरा गर्न आफूलाई दिएको अधिकारीले बताए । ‘फोनमा कुराकानी भएको केहीबेरमै निवर्तमान मन्त्रीज्यू आउनुभो, मैले नमस्ते भनेँ, उहाँले हातपात गर्न थाल्नुभो,’ उनले भने ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापाले कर्मचारीमाथि दुव्र्यवहार भएको जनाकारी प्राप्त भएको र सो सम्बन्धमा बुझ्ने काम भइरहेको बताए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

मनसुनको जोखिम बढ्दै, देशभर ५४ स्थानमा सशस्त्र प्रहरीको प्रतिकार्य बेस स्थापना

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहन बस्नेतसहित १९ प्रतिवादीको मुद्दामा आज फेरि सुनुवाइ

‘मनसुनजन्य विपद् प्रतिकार्यका लागि सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च शतर्कतामा’

अर्थका दुई महत्वपूर्ण विभाग निमित्तको भरमा,६ सहसचिवको दरबन्दी रिक्त

डिभी र पिआरधारी चार अधिकृतलाई १५ दिने स्पष्टीकरण

३० शाखा अधिकृतको पदस्थापन : २५ पुगे भन्सार विभाग,५ लाई आन्तरिक राजश्व

अब कर्मचारी सरुवाको आवेदनदेखि निर्णयसम्म अनलाइनबाटै

४ कर्मचारी कारबाहीको दायरामा, मन्त्रालयद्वारा स्पष्टीकरण माग

बिशेष