शक्ति र सोर्सफोर्सका आधारमा बजेट निर्माण हुँदैन : अर्थसचिब

काठमाडौं । अर्थ मन्त्रालयका सचिव कृष्णहरी पुष्करले यसपालीको बजेट निर्माणको प्रक्रिया पूरै परिवर्तन भएको बताएका छन् ।

बिज्ञापन

आइतबार सिहंदरबार बसेको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिंदै उनले अघिल्ला वर्षको बजेट निर्माणमा सम्बन्धित मन्त्रालयबाट परियोजना नै नआइ शक्तिको आधारमा बनाइने प्रबृत्ति रहेको भन्दै यस वर्षबाट त्यो प्रवृत्ति अन्त्य गरेको दावी गरे ।

बिज्ञापन

‘बजेट निर्माणको प्रक्रियामा यसपालीदेखि पूरै परिवर्तन भएको अवस्था छ । पहिला अर्थमन्त्रालयबाट पनि बिभिन्न खालको सोर्स फोर्समा शक्तिको आधारमा सम्बन्धित मन्त्रालयबाट प्रोजेक्ट नै नआइ, प्राविधिक प्रक्रिया पूरा नभइ आउने फाइलहरु यसपालीबाट पूरै बन्द भएको छ ।’उनले भने,‘जुनसुकै योजना वा परियोजना यसपाली दर्ता गर्ने हो भने त्यसको लागि प्राविधिक पक्ष पूरा गरेर सम्बन्धित मन्त्रालयबाट आउनुपर्छ ।’

बजेटका लागि आउने प्रस्तावका लागि आफ्नै प्रक्रिया रहेको उल्लेख गर्दै उनले भने,‘योजना आयोगमामार्फत अर्थात सम्बन्धित मन्त्रालयलाई योजना आयोगले दिएको सिलिङभित्र रहेर नै काम गर्नुपर्ने कामहरुमा भने विकृति हुँदैन् । ’

बिज्ञापन

उनले संघीयता आएको यत्तिको वर्ष भइसक्दा पनि बन्नुपर्ने संयन्त्रहरु अहिलेसम्म पनि बन्न नसकेको गुनासो गरे।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बेलौतीको प्रज्ञापनपत्र बनाएर भारतीय व्यापारीले पास गरे ६ ट्रक केरा,राजश्वको राडारमा को को तानिँदै ?

मन्त्रिपरिषद्को निर्णयको विरोधमा सचिव,हकारे अर्थमन्त्रीले

सबैभन्दा धेरै कमाइ हुने कार्यालय : पहिलो सञ्चय कोष, दोश्रो उड्डयन प्राधिकरण

वीरगञ्जमा ‘छुट–जग्गा सेटिङ’ काण्ड : सर्भेक्षक र सहयोगी १ लाख घुससहित रंगेहात समातिए

नापी सर्भेक्षक र कार्यालय सहयोगी १ लाख घुससहित पक्राउ

पञ्जीकरण विभागको वेबसाइट ह्याकरमुक्त, डेटा सुरक्षित

सुरेन्द्रले छाडेको ठाउँमा कँडेल,आजै शपथ

राहादनी विभागबाट ८ विचौलिया पक्राउ,कर्मचारीसँगको नेक्सस खोज्दै प्रहरी

बिशेष