भ्रष्टाचार मुद्दा लागेका सांसदको निलम्बन फुकुवा

भ्रष्टाचार मुद्दा लागेका काँग्रेस सांसदको निलम्बन फुकुवा भएको छ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको पद फिर्ता भएको हो ।

बिज्ञापन

मनाङवाट प्रतिनिधि सभामा निर्वाचित भएका गुरुङलाई स्वत निलम्वन हुने भनि गरेको ,संघीय संसद र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्र बदर हुने आदेश सर्वोच्चले शुक्रबार गरेको हो ।
न्यायाधीशद्धय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासले २०७९ पुस ८ देखि भ्रष्टाचार मुद्दाका कारण स्वत निलम्वन रहेको भनि संसद सचिवलयवाट जारी भएको सुचना र अख्तियारवाट सोही दिन भएको निर्णय नेपालको स‌विधान अनुकुल नभएको सर्वोच्चको दावी छ ।

बिज्ञापन

संसद सचिवालयले गरेको निलम्बनविरुद्ध गुरुङले दायर गरेको रिटमा सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलासले निलम्बन फुकुवा गर्न अन्तरिम आदेश दिएको हो ।

भ्रष्टाचार मुद्दा बोकेरै चुनाव लडेका गुरुङलाई संसद सचिवालयले १२ पुस २०७९ मा पदमुक्त गरेको थियो । त्यसविरुद्ध उनी सर्वोच्च पुगेका थिए ।अदालतले उनको पक्षमा निर्णय सुनाएसँगै अब संसद बैठकमा सहभागी हुने बाटो खुलेको छ । सर्वोच्चको फैसला संघीय संसदमा लिखित रुपमा पुगेपछी गुरुङ अब बस्ने बैठकहरुमा सहभागी हुन पाउने छन् ।

बिज्ञापन

यसअघि विशेष अदालतले उनलाई भृकुटीमण्डपस्थित फनपार्कको जग्गा भाडामा लगाउँदा भ्रष्टाचार गरेको भन्दै दोषी ठहर गरेको थियो । सोही आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संसद सचिवालयलाई पत्र लेखेर मनाङबाट निर्वाचित सांसद गुरुङलाई पदमुक्त गर्न भनेको थियो ।
भ्रष्टाचार मुद्धामा दोषी ठहर काँग्रेसका सांसदको मुद्धा बदर भयो । सांसद पद कायम भयो । उसो हो भने अख्तियार र विशेषबाट भ्रष्टचारी ठहर भएका कर्मचारीले जागिर खान वा लोकसेवा लड्न पाउँछन कि पाउँदैनन् ? यसैलाई नजिर मान्न सकिन्छ कि सकिँदैन ?

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ मा लेखिएको छ, ‘कुनै राष्ट्रसेवक दफा २८ को उपदफा (१) को खण्ड (ग), दफा ३० को उपदफा (३) तथा दफा ३१ बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निजउपर दफा ३६ बमोजिम मुद्दा दायर भएकोमा त्यस्तो राष्ट्रसेवक सो मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहनेछ ।’

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ओली पक्राउविरुद्ध रसुवामा एमाले कार्यकर्ताको प्रदर्शन

आयल निगमको कार्यकारी निर्देशक भट्टले बिदाको दिन चलाएको सरकारी कार डिभाइडरमा लगेर ठोके

सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन ‘सरकारको स्पिरिटअनुसार काम गर्नुहोस,नसके राजीनामा दिनुहोस’

प्रधानमन्त्रीको निजी सचिवमा सहसचिव परियार,यस्तो बन्यो सचिवालय टिम

गृहमन्त्री गुरुङको सक्रियता : एकाबिहानै पूर्व प्रधानमन्त्री र पूर्व गृहमन्त्री पक्राउ

पूर्वप्रधानमन्त्री ओली पक्राउ : जेनजी प्रदर्शनमा गोलीकाण्डबारे फौजदारी अनुसन्धान सुरु

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

नयाँ-सार्वजनिक शासन: जटिलताबाट सम्भावनामा रुपान्तरण 

बिशेष