सामान्य प्रशासनलाई ५ अर्ब ६३ करोडको सिलिङ

राष्ट्रिय योजना आयोगले आगामी आर्थिक बर्षका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई ५ अर्बको ६३ करोडको बजेटको सिलिङ तोकिदिएको छ । आयोगले आम्दानी र खर्च गर्न सक्ने क्षमतालाई आँकलन गरेर आगामी आवको लागि सम्बन्धित मन्त्रालयलाई बजेटको सिलिङ तोकिएको हो ।

बिज्ञापन

आयोगले आवका सबैभन्दा धेरै गृह मन्त्रालयले १ खर्ब ९५ अर्ब रुपैयाँको सिलिङ पाएको छ ।योजना आयोगका अनुसार शिक्षा मन्त्रालयले २ खर्ब,भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई १ खर्ब ३१ अर्ब,शहरी विकासलाई ४६ अर्ब,उर्जाका लागि २८ अर्ब बजेट सिलिङ तोकिएको छ ।

बिज्ञापन

यस्तै,स्वास्थ्य मन्त्रालयलाई ५२ अर्ब,कृषि मन्त्रालयलाई ५१ अर्ब बजेट सिलिङ तोकिएको छ । अर्थका लागि ४० अर्ब,पर्यटन मन्त्रालयलाई ८ अर्ब बजेट सिलिङ तोकिएको छ ।
चालु आर्थिक बर्षमा ५ अर्ब ६७ करोड ९८ लाख बजेट पाएको सामान्य प्रशासन मन्त्रालयले चालु आर्थिक बर्षका लागि ५ अर्ब ६३ करोड बजेट सिलिङ पाएको हो ।
उत्त, बजेटमध्ये मन्त्रालयका लागि ७८ करोड ९ लाख,अतिरिक्त समूह – ११ करोड ५० लाख,सङ्घीय शासन प्रणाली व्यवस्थापन कार्यक्रम – २५ लाख,जिल्ला समन्वय समितिको कार्यालय – एक अर्ब २३ करोड ९० लाख,बहुक्षेत्रीय पोषण कार्यक्रम – ८ करोड,तराई मधेस समृद्धि कार्यक्रम – २ करोड ५४ लाख,प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम – ५१ करोड,निजामती किताबखना – १८ करोड ७५ लाख,स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान – १० करोड ७५ लाख,नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान– २१ करोड ५० लाख,निजामती कर्मचारी अस्पताल विकास समिति – २३ करोड बजेट प्रस्ताव गरेको छ ।

चालु आर्थिक बर्षमा मन्त्रालयको बजेट खर्च निराशाजनक देखिएको छ । मन्त्रालयले चालुतर्फ १७ प्रतिशत हाराहारी र पुँजीगततर्फ ३ प्रतिशत खर्च गरेको देखिन्छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

१० जना कर्मचारी एमाले महाधिवेशन प्रतिनिधि चयन,बर्खास्त गर्न माग गर्दै मन्त्रालयमा उजुरी

महानिर्देशकको मुद्धा ‘हेर्न नमिल्ने’मा,लम्बियो हिरासत बसाई

सहसचिव डंगोल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक नियुक्त

शाखा अधिकृतको अण्डरमा कसरी बस्लान सातौं- आठौं तहका कर्मचारी ?

बढुवाको मुखैमा कलानिधिमाथि भ्रष्टाचार मुद्धा चल्दा सचिव हुने पालो पुष्करको

जाँचबुझ आयोगमा तीन दिनदेखि बयान दिइरहेछन् काठमाडौंका एक महिने सिडियो

प्रधानमन्त्रीको काँधमा सात मन्त्रालय,शृंखलाबद्ध सात विवाद

कल्याणपुरका प्रशासकीय अधिकृत सम्पर्कविहीन, कामकाज प्रभावित

बिशेष