सचिवमा सिफारिस खरेलको नाम प्रधानमन्त्री कार्यालयद्धारा ‘रिजेक्ट’

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले राष्ट्रिय मानवअधिकार आयोगको सचिवमा नियुक्तिका लागि सिफारिस गरिएका कायममुकायम सचिव मुरारीप्रसाद खरेललाई अस्वीकार गरेको छ ।

बिज्ञापन

सामन्यता अयोगले सचिव बढुवा सिफारिस गरेपछि मन्त्रिपरिषद्ले अस्वीकार गर्दैन। तर, मानव अधिकार आयोगको सिफारिस शंकास्पद देखिएपछि प्रधानमन्त्री कार्यालयले त्यसलाई अस्वीकृत मात्र गरेको छैन । पारदर्शी ढंगले सिफारिस गरेर पठाउन पत्रै काटेको छ । आयोगले झण्डै ३३ महिनादेखि कायममुकायम सचिवको समेत जिम्मेवारी सम्हालिरहेका मुरारी खरेललाई सचिव बढुवाका लागि सिफारिस गरेको थियो । सामान्यतया कायममुकायम पद बढीमा ६ महिनाका लागि दिइन्छ, तर उनी तीन बर्ष पुग्न लाग्यो कामूका रुपमा काम गरिरहेको ।

बिज्ञापन

यस अघि नै आयोगका पदाधिकारीहरु नै सचिव नियुक्तिको सबालमा विभक्त भएका थिए । आयोग अध्यक्ष तपबहादुर मगर, सदस्यहरू डा सूर्यप्रसाद शर्मा ढुंगेल, मनोज दुवाडी र लिली थापाले खरेललाई सचिव बनाउने पक्षमा छन् भने मिहिर ठाकुरले त्यसको विपक्षमा ।

सचिव हुने लाइनमा मुरारीप्रसाद खरेल, यज्ञप्रसाद अधिकारी र डा टीकाराम पोखरेल गरी तीन जना उम्मेदवार रहेकोमा आयोगले खरेललाई सिफारिश गरेको थियो ।

बिज्ञापन

आयोगले खरेलको नाम एकल सिफारिस गरेर पठाएसँगै प्रधानमन्त्री कार्यालयले अस्वीकृत गर्दै सिफारिस गर्दा पारदर्शी, विवादरहित, योग्यता प्रणालीको अनुकूल र कानूनबमोजिम नभएको भन्दै अर्को सिफारिस गर्न पत्र काटेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कुलमानलाई सर्वाेच्चको धक्का,विद्युत प्राधिकरण हितेन्द्रदेव शाक्य पुनर्स्थापित

पौडेल सचिवमा बढुवा

सापकोटा सचिवमा बढुवा

‘दिनैदिनै हाकिम पठाइदिनुहोस्’:- पाख्रीबास मेयरको व्यंग्यात्मक चिठी

सरल भईकन सरस राजेन्द्र गोपालका कविताहरू

४५ जेनजी शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर,३१ वेवारिसे ठहर

सामुदायिक वन उपभोक्ता समूहको रकम हिनामिना,अख्तियारले बनायो ४ जनालाई प्रतिवादी

करारका कर्मचारीलाई मंहगी भत्ता उपलव्ध गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन

बिशेष