सचिवमा सिफारिस खरेलको नाम प्रधानमन्त्री कार्यालयद्धारा ‘रिजेक्ट’

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले राष्ट्रिय मानवअधिकार आयोगको सचिवमा नियुक्तिका लागि सिफारिस गरिएका कायममुकायम सचिव मुरारीप्रसाद खरेललाई अस्वीकार गरेको छ ।

बिज्ञापन

सामन्यता अयोगले सचिव बढुवा सिफारिस गरेपछि मन्त्रिपरिषद्ले अस्वीकार गर्दैन। तर, मानव अधिकार आयोगको सिफारिस शंकास्पद देखिएपछि प्रधानमन्त्री कार्यालयले त्यसलाई अस्वीकृत मात्र गरेको छैन । पारदर्शी ढंगले सिफारिस गरेर पठाउन पत्रै काटेको छ । आयोगले झण्डै ३३ महिनादेखि कायममुकायम सचिवको समेत जिम्मेवारी सम्हालिरहेका मुरारी खरेललाई सचिव बढुवाका लागि सिफारिस गरेको थियो । सामान्यतया कायममुकायम पद बढीमा ६ महिनाका लागि दिइन्छ, तर उनी तीन बर्ष पुग्न लाग्यो कामूका रुपमा काम गरिरहेको ।

बिज्ञापन

यस अघि नै आयोगका पदाधिकारीहरु नै सचिव नियुक्तिको सबालमा विभक्त भएका थिए । आयोग अध्यक्ष तपबहादुर मगर, सदस्यहरू डा सूर्यप्रसाद शर्मा ढुंगेल, मनोज दुवाडी र लिली थापाले खरेललाई सचिव बनाउने पक्षमा छन् भने मिहिर ठाकुरले त्यसको विपक्षमा ।

सचिव हुने लाइनमा मुरारीप्रसाद खरेल, यज्ञप्रसाद अधिकारी र डा टीकाराम पोखरेल गरी तीन जना उम्मेदवार रहेकोमा आयोगले खरेललाई सिफारिश गरेको थियो ।

बिज्ञापन

आयोगले खरेलको नाम एकल सिफारिस गरेर पठाएसँगै प्रधानमन्त्री कार्यालयले अस्वीकृत गर्दै सिफारिस गर्दा पारदर्शी, विवादरहित, योग्यता प्रणालीको अनुकूल र कानूनबमोजिम नभएको भन्दै अर्को सिफारिस गर्न पत्र काटेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

आठ सहसचिवको आन्तरिक जिम्मेवारी हेरफेर

कर्मचारीलाई प्रोत्साहन भत्ता खुवाउने बाटो खुल्यो : ‘कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षक’मा रकमान्तर गर्न परिपत्र

१ लाख ६० हजार घुससहित पक्राउ परे अमिन,अख्तियारले लग्यो विशेषमा मुद्धा

कार्यालय सहयोगीदेखि दशौं तहसम्मका गरी १५५ कर्मचारीको सरुवा

विद्युत पोलकै कारण सडक आयोजना अलपत्र, राज्यलाई करोडौँको थप भार : महानिर्देशक जैसी

कासमूमा ७५ प्रतिशत अंक कटाउने कर्मचारीलाई मात्र प्रोत्साहन भत्ता

नयाँ सरकार बनेको चार महिनामै सिंहदरबारबाट महिला सचिव तितरबितर

मध्यराति भागेर ज्यान जोगाए कर्मचारी र सुरक्षाकर्मी, तातोपानी भन्सारमा ३२ करोडको एक्सरे मेसिन पनि प्रभावित

बिशेष