तराईमा तस्करको सञ्जाल छैन:- आइजीपी अर्याल

सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याललेले तराईमा तस्करको सञ्जाल नभएको बताएका छन्।

बिज्ञापन

बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै महानिरीक्षक अर्यालले तराईमा तस्करको सञ्जाल नभएको बताएका हुन्। उनले कोही व्यक्ति विशेषले गरेको भएपनि सञ्जालकै रुपमा भने तस्करी नभएको उल्लेख गरे ।

बिज्ञापन

‘अहिले तराईमा तस्करको सञ्जाल छैन। व्यक्ति विशेषले हाम्रो समाज, राजनीतिक कार्यकर्ता, स्थानीय निकायमा व्यक्ति विशेषले भ्रष्टाचार गर्ला। तस्करी गर्ला। सञ्जालको रुपमा तस्करी नभएको कुरा जिम्मा लिएरै अवगत गराउन चाहेँ। फेला परे सञ्जाललाई हामी तुरुन्तै काट्छौँ। त्यसका लागि समाज र त्यो ठाउँको राजनीतिक नेतृत्वले पनि सहयोग गर्नुपर्ने आवश्यकता देखेको छु।’ उनले भने।

सरकारले राष्ट्रिय गौरवको आयोजनाकै रुपमा लिएर सीमानामा सशस्त्र प्रहरी बलको पोष्ट राख्नुपर्ने बताए। उनले भने– ‘बोर्डर आउटपोष्ट स्टार्टटेजिक पोइन्टमा हुनुपर्छ। त्यसको लागि जग्गा प्राप्ति गर्नलाई र भवन बनाउनलाई नेपाल सरकारले एउटा नीति बनाएर, एउटा राष्ट्रिय गौरवको योजना नै बनाएर जान सकियो भने सजिलो हुन्छ। बोर्डरमा सशस्त्र प्रहरीलाई जग्गा दिने प्रवृत्ति अलि कम भएको छ। टाइट भएको छ अहिले त्यसैले नभएको जाति भन्ने परेको छ। त्यसको लागि हामीले जनताको मन पनि जित्नुपर्नेछ। सुरक्षा पनि दिनुपर्नेछ। अहिले तराईमा तस्करको सञ्जाल छैन। व्यक्ति विशेषले हाम्रो समाज, राजनीतिक कार्यकर्ता, स्थानीय निकायमा व्यक्ति विशेषले भ्रष्टाचार गर्ला। तस्करी गर्ला। सञ्जालको रुपमा तस्करी नभएको कुरा जिम्मा लिएरै अवगत गराउन चाहेँ।’

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रास्वपा निर्वाचनमा गुटबन्दीको असर : पदाधिकारीमा असिमबाहेक सबै संस्थापन पक्षका

निजामतीमा राजीनामाको लहर : ९ दिनमै ७१ कर्मचारीको राजीनामा

कमलपोखरीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बाहिनी अभ्यास सम्पन्न

रास्वपा केन्द्रीय सदस्यमा पराजित भए श्रममन्त्री

महानिर्देशकले टेरेनन् बालेन सरकारको निर्देशन

गृहमन्त्रीको अम्लेटमा माछाको काँडा,सहायक सिडियोको खानामा सङ्खे कीरा

स्थानीय सरकार: खर्चमा अघि, आयमा पछि

गृहको रिर्पोट कार्ड : कासमूमा मनाङ अब्बल,सबैभन्दा कमजोर धनुषा र काठमाडौं

बिशेष