यस्तो बन्यो अर्थमन्त्री बर्षमान पुनको ‘कोर टिम’,भन्सारमा निरौला,राजश्वमा तिवारी

अर्थमन्त्री बर्षमान पुनले अर्थका सहसचिवहरुलाई यता उता पारेका छन् । अगामी जेठ १५ गते सार्वजनिक गर्नु पर्ने आगामी आर्थिक वर्षको बजेट निर्माणका साथै वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणको संघारमा अर्थमन्त्री बनेका वर्षमान पुन आफ्नो नयाँ टिम निर्माण गरेका हुन ।

बिज्ञापन

जस अनुसार बजेटको संघारमा अर्थमन्त्री पुनले अर्थ मातहतका दुई महत्वपूर्ण विभागको कमाण्डरहरु हेरफेर गरेका छन् । अघिल्लो साताको क्याविनेटले ५ सहसचिवहरुको सरुवा गरेको थियो । जसमा अर्थबाट दुई सहसचिव बाहिरिएका थिए । आन्तरिक राजश्व विभागको महानिर्देशक भुपाल बराललाई वन मन्त्रालयमा खटाइएको थियो । उक्त स्थानमा शिवलाल तिवारीलाई खटाइएको छ । तिवारी वन विभागबाट हालैमात्र अर्थमा इन्ट्री मारेका सहसचिव हुन । शिवलाल अफिसर हुँदा राजश्व,उपसचिव हुँदा लेखामा काम गरेका कर्मचारी हुन ।

बिज्ञापन

त्यसैगरी भन्सार विभागको महानिर्देशक शोभाकान्त पौडेललाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा पठाएर भन्सारको महानिर्देशकका रुपमा ढुण्डी प्रसाद निरौलालाई खटाइएको छ । यद्यपि ढुण्डिले उक्त ठाउँमा जाने इच्छा देखाएका छैनन् । उनी आफू मन्त्रालयमै बसेर काम गर्ने बताउँदै आएका छन् ।

यस्तै राजश्व व्यवस्थापन महाशाखा प्रमुख रहेका रितेश कुमार शाक्यलाई बजेट तथा कार्यक्रम महाशाखामा सारिएको छ भने यस अघि बजेटमा रहेका उत्तर कुमार खत्रीलाई योजना, अनुगमन तथा मूल्याङ्कनमा पठाइएको छ । यस्तै धनिराम शर्मालाई शाक्यलेह हेर्दै आएको राजश्व व्यवस्थापन महाशाखा प्रमुखमा राखिएको छ । यस्तै रामप्रसाद अचार्य पनि मन्त्रालयमा भित्रिएका छन् ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

संकटको सडकमा समाधानको इन्जिनियर: भण्डारी नेतृत्वको डिभिजन सडक यात्रा

हरेक चुनावमा चिन्ह फेरिरहने एक उमेद्धार,यस पटक सूर्यबाट सिफारिस

सिन्धुलीबाट पूर्व मन्त्री,लेखा अधिकृतदेखि भूगोलविद्सम्म सिफारिस

 चेतनात्मक विकास र प्रकृति संरक्षण         

सहरी विकास मन्त्रालय : सुधारको परीक्षा कि पुरानै सेटिङको निरन्तरता?

भक्तपुर मालपोत कार्यालयमा बिचौलिया–सेटिङ र घुस असुलीको जालो, करोडौँको चलखेलको आरोप

किन भुत्ते भए भ्रष्टाचार नियन्त्रणका लागि खडा भएका सरकारी संयन्त्र ?

प्राविधिकतर्फका चार शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस

बिशेष