सिंहदरबारका कर्मचारीमा सरुवा त्रास

मन्त्री फेरिएसँगै कर्मचारी भकुण्डो हुने कुनै नौलो बिषय रहेन । प्रधानमन्त्री प्रचण्डको पुर्नगठित मन्त्रीमण्डलमा सहसचिवहरु भकुण्डो बनाउने खेलो अर्थ मन्त्रालयबाट शुरु भएको छ । केही दिन नाडी छामिसकेपछि अर्थबाट दुई सहसचिव बाहिरिएका छन् भने तीन सहसचिवले अर्थमा इन्ट्री पाएका छन् ।

बिज्ञापन

पाँच जना सहसचिवको सरुवा हुँदा आन्तरिक राजश्व विभागका महानिर्देशक भूपाल बराल दुई महिनामै विभागबाट निकालिएका छन् । उनी अर्थबाट बाहिरिएर वनतिर पुगेका छन् भने वनमा रहेका शिवलाल तिवारीले अर्थमा इन्ट्री पाएका छन् । यस्तै राजश्व विभागमै रहेका अर्जुन प्रसाद भट्टराईलाई सरुवा गरेर सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा पुगेका छन्।

बिज्ञापन

अर्थ मन्त्रालयमा ३ सहसचिव आएका छन्। नेपाल पर्यटन तथा होटेल व्यवसाय प्रतिष्ठानका सहसचिव ढुण्डी प्रसाद निरौला, वन तथा वातावरण मन्त्रालयका शिव लाल तिवारी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव नारायण प्रसाद सापकोटाको अर्थ मन्त्रालयमा सरुवा भएको हो । उनीहरुको जिम्मेवारी भने तोकिन बाँकि छ । अर्थको सचिव कृष्णहरि पुष्कर नै रेड जोनमा छन् ।
यस्तै अर्थमा अहिले सहसचिवहरु उत्तर कुमार खत्री, डा टोकराज पाण्डे, नारायण प्रसाद रिसाल, महेश आचार्य, जनकराज शर्मा, श्रीकृष्ण नेपाल र धनिराम शर्माका अलवा रितेश शाक्य, इश्वरीप्रसाद अर्याल लगायत छन्।

आन्तरिक राजश्व विभागकै दुई सहसचिव पद रिक्त छ । नयाँ बजेट लेखनका काम शुरु गर्ने समय भएको कारण बर्षमान पुन बजेट लेखनको कोर टिम बनाउन खोज्दैछन् ।

बिज्ञापन

मन्त्रालय अन्तर्गत आन्तरिक राजस्व विभाग र भन्सार विभागको मुख्य आकर्षण हुने भएकाले केहि सहसचिवहरुले लबिङ सुरु गरेका हुन् ।

अहिले अर्थका सचिव, सहसचिव,विभागीय प्रमुखहरु समेत कुन बेला सरुवा हुने हो भन्ने त्रासमा काम गरिरहेका छन । अर्थमात्र होइन मन्त्री फेरिएसँगै सिंहदरबारभित्रका अधिकांश मन्त्रालयका सचिवदेखि सहसचिवसम्मका कर्मचारीहरुमा अहिले सरुवाको त्रास छाएको छ ।
अघिल्लो सातादेखि नै आधा दर्जन सचिवहरुको सरुवा हुने हल्ला व्यापक चलिरहेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

४२ उपसचिवको सरुवा,११ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर (सूचीसहित)

सामान्य प्रशासनमन्त्रीको १ सय दिन : निजामती विद्येयकको मस्यौदा तयार पार्नेदेखि सरुवा अनिवार्य अनलाइन प्रणालीसम्म

विपद प्राधिकरणमा निमोठिँदै ‘मेरिटोक्रेसी’

कम्पनी रजिष्ट्रारमा २० कर्मचारीको दरबन्दी कटौती प्रस्ताव

प्रमुख प्रशासकीय अधिकृत,इञ्जिनियर,लेखापालसहित चार विरुद्ध भ्रष्टाचार मुद्धा

पर्यटन मन्त्रीले गरे ५ संस्थामा २५ जनालाई नियुक्ति

कर्मचारीको उपचार गर्न सिंहदरबारभित्रै निजामती अस्पतालको इकाइ,७ हजार कर्मचारी लाभन्वित

संवैधानिक परिषद्को बैठक बस्दै, रिक्त १५ पदमा होला त नियुक्ति ?

बिशेष