पाँच बर्षमै २३५ कर्मचारी निलम्बित,सूचीमा थपिए अर्का उपसचिव

उपसचिव ताराप्रसाद सापकोटाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्धा चलाएको छ । जनार्दन शर्मा अर्थमन्त्री हुँदा उनकै कृपाले विराटनगर भन्सारको हाकिमको जिम्मेवारी सम्हाल्न पुगेका थिए सापकोटा ।

बिज्ञापन

उनै सापकोटाले व्यापारीहरुसँग मिलेर ८४ लाख ५५ हजार ६ सय ५ रुपैयाँ राजस्व छली भएको आरोप लगाउँदै अख्तियारले विशेषमा मुद्धा चलाएको हो ।

बिज्ञापन

अख्तियारले राजस्व चुहावट, सरकारी कागजात नोक्सान एवं गलत प्रतिवेदन दिने कार्य गरी भ्रष्टाचार गरेको अभियोगमा विराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार अधिकृत सापकोटासहित ४ जनाविरुद्ध न्यून बिजकीकरण गरी गुणस्तर फरक पारी कानुन बमोजिम लिनुपर्ने राजस्व नलिएको भन्दै अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले सापकोटासहित भन्सार अधिकृत नवकुल शर्मा, देव इन्टरनेशनल प्रालि, प्रालिका सञ्चालकहरू शेरबहादुर बस्नेत र भन्सार एजेन्ट प्रतिनिधि सरनकुमार खरेलविरुद्ध मंगलवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

बिज्ञापन

उनीहरू चीनबाट आयात गरेको सामानको प्रज्ञापनपत्र नम्बर ७२६ मिति २०७९ पुस २० मा दर्ता गरेपछि सिस्टमबाटै डिलिट गरी अनियमितता गरेको भन्दै आयोगमा उजुरी परेको थियो । तत्कालीन प्रमुख भन्सार अधिकृत सापकोटा र शर्माले विराटनगर भन्सार कार्यालयमा जाचँपासको लागि देव इन्टरनेशनल प्रालिले ल्याएको सामानको जाचपाँस गर्ने क्रममा अनियमितता गरेका आयोगको दाबी छ । उनीहरूले न्यून बिजकीकरण गरी गुणस्तर फरक पारी प्रचलित कानून बमोजिम लिनुपर्ने राजस्व रकम समेत नलिई तथा छोड्ने कोशिश गरेका थिए ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

१४ उपसचिव,८ अधिकृतसहित ५० कर्मचारी सम्मानित

बीमा प्राधिकरणको अध्यक्षका आकाक्षी : पूर्व गृहसचिवदेखि डेपुटी गभर्नरसम्म

पाँच रोपनी सरकारी जग्गा मिचेर सञ्चालित लोयल्टी एकेडेमीमा चल्यो प्राधिकरणको डोजर

आठ बर्षपछि कसले पाउँदैछन् सर्वाेत्कृष्ट पुरस्कार ?

२० सामाजिक सञ्जालले वुझाए ९३ करोड कर

६१ स्थानीय तह अझैं बजेट बिहिन,४० पालिका मधेश प्रदेशकै

संघीयता कार्यान्वयनमा देखिएका चुनौती समाधान गर्दै जानुपर्दछ : मन्त्री न्यौपाने

काठमाडौंका नदी किनार नक्कली सुकुम्बासीको कब्जामा, यी हुन पहिचान भएका ४५ हुकुम्बासी

बिशेष