दुर्गमबाट सरुवा हुन अधिकृतले लगाए सरकारी निवासमै आगो

दार्चुलाको मार्मा गाउँपालिकाका प्रशासकीय अधिकृत रोशन अधिकारीले आफ्नो दुर्गमबाट सरुवा गराउने उदेश्यले सरकारी निवासमै आगो लगाएको खुलेको छ । गत ५ चैतमा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

बिज्ञापन

अधिकारीले फागुन २४ गते राती आफुमाथी आक्रमणको प्रयास भएको भन्दै र आफ्नो निवासमा आगो लगाएर नजिकै रहेको इलाका प्रहरी कार्यालय लटिनाथमा पुगेका थिए ।प्रमुख प्रशासकीय अधिकृत माथी नै आक्रमणको प्रयास भएको भन्दै उक्त घट्नाको चौतर्फी बिरोध समैत भएको थियो ।

बिज्ञापन

घट्ना लगत्तै २५ गते जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा अनुसन्धान टाेली घटनास्थलमा पुगेर लगातार ४ दिनसम्म अनुसन्धान गरि फर्किएको थियो । अधिकारी शुक्रबार डेढ लाख धरौटीमा छुटेका छन् । उनीपिरुद्ध आपराधिक उपद्रह मुद्दा दायर भएको थियो।

अधिकृतको तालिम सकिएपछि पहिलो पोष्टिङका रुपमा उनको गत भदौमा मार्मा सरुवा भएको थियो । वैदेशिक रोजगारसम्बन्धि छात्रवृत्तिमा उनले स्नातकोत्तर गर्ने अवसर पाएका थिए । त्यसका लागि उनले काठमाडौं सरुवा मागे । तर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेन । गाउँपालिकाले पनि सरुवाका लागि सहमति नदिदा उनी समस्यामा परे ।

बिज्ञापन

काठमाडौं घर भएका अधिकारी दार्चुलाको पनि सदरमुकामबाट आठ घन्टा टाढाको गाउँमा बस्न सकेनन् । त्यसपछि उनले सरकारी निवासमा आफैं तोडफोड गरी आगजनी गरे । गाउँपालिका बाट स्थानीय दर्ता नभई संचालन गरिएका क्रसर उद्योग र अवैध मदिरा विक्रिवितरण बन्द गर्नेबारे फागुन २४ गते प्रमुख प्रशासकीय अधिकृतले पत्राचार आधारमा उनि माथी आक्रमणको प्रयास गरिएको भन्दै गलत प्रचार गरिएको थियो । तर प्रमुख प्रशासकीय अधिकृत अधिकारी आफैले घट्ना गराएको भेटिएपछि प्रहरीले उनलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

२६ नासु,७ कम्युटर अपरेटर र ६ खरिदारको सरुवा

सचिव बढुवाका लागि तीन बरिष्ठ सहसचिवको नाम सिफारिस

सम्पत्ति विवरण बुझाउन एक महिना म्याद थप

रेष्टुरेन्टबाट ९ लाख घुससहित नापी अधिकृत पक्राउ

नियमित कार्यालय नआएको भन्दै गाउँपालिका अध्यक्षले प्रशासकीय अधिकृतको हाजिरी काटे

भरतपुरबाट अवैध अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न भारतीय नागरिक पक्राउ

सरुवा सूची गुपचुप : सामान्य प्रशासनको भूमिकामाथि उठ्यो गम्भीर प्रश्न

अख्तियारमा एक बर्षमा ३३ हजार उजुरी,४९ प्रतिशत स्थानीय तह सम्बन्धित

बिशेष